5 years ago
October 29, 2020
एजेन्सी– बंगलादेशका स्टार अलराउन्डर तथा पूर्व कप्तान सकीब अल हसनमाथि लागेको एक वर्षको अन्तर्राष्ट्रिय प्रतिबन्ध आज सकिँदै छ ।

गतवर्ष सकीबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा एक वर्षको प्रतिबन्ध लगाएको थियो । जुन प्रतिबन्ध आजदेखि सकिने छ । हाल सकीब अमेरिकामा परिवारका साथ छन् । सकीब आगमी महिना बंगलादेश फर्किने सम्भावना छ । ३३ वर्षिय सकीब वर्तमान समयमा विश्व क्रिकेटका एक सर्वोत्कृष्ट अलराउन्डर हुन् । सकीब त्यो बेला प्रतिबन्धमा परेका जुन समय उनले खेलाडीको सेबा र सुविधालाई लिएर बंगलादेश क्रिकेट बोर्डविरुद्ध आन्दोलनको नेतृत्व गरि रहेका थिए ।
सकीब बंगलादेश क्रिकेट इतिहासकै सर्वाधिक सफल खेलाडी मानिन्छन् । टि२० कप्तान महमूदुल्लाह सकीब टोलीमा फर्किन लाग्दा निकै खुसी देखिछन् । ‘हाम्रो केटा घरबाट पूनरागमन गर्दै छ । म धेरै खुसी छु । हामीलाई थाहाँ छ सकीब बंगलादेश क्रिकेटका केहिवर्ष यतादेखिकै सर्वोत्कृष्ट खेलाडी थिए’, महमूदूल्लाहले इएसपिएनक्रिकइन्फोसँग भनेका छन् ।
बंगलादेश क्रिकेट बोर्डले नोभेम्बर तेस्रो सातातिर पाँच टोलीबीच टि२० प्रतियोगिता गर्ने सम्भावना छ । त्यस प्रतियोगितामार्फत सकीब टोलीमा फर्किने उच्च सम्भावना छ । महमूदुल्लाह सकीब टोलीका लागि फिट हुनेमा कुनै शंका नभएको बताउछन् । ‘सकीब च्याम्पियन खेलाडी हुन् । मलाई लाग्छ उनलाई लयमा फर्किन धेरै समय लाग्दैन । मलाई विश्वास छ सकीब मैदान फर्किदा वितिक्कै आफ्नो लय समाउने छन् । सबैभन्दा ठूलो कुरा उनको अभाव अव हुन पाउँने छैन । सकीबले सधै ब्याट र बल दुबैबाट महत्वपूर्ण योगदान पुयाउँछन् ।’
सकीबको प्रतिबन्ध सकिँदा विकेटकिपर मुश्फिकुर रहिम पनि निकै खुसि र उत्साहितका साथ स्वागत गर्दै ट्वीट गरेका छन् । ‘अब च्याम्पियन फिल्डमा उत्रन पर्खिन सकिदैन । सकीबसँग ड्रेसिङ रुममासँगै बस्न आतुर छु । करिअरमा देशको लागि हामीलेसँगै थुप्रै खेलमा विजयी साझेदारी गरेका छम्, स्वागत छ सकीब ।’
बंगलादेशले अब अन्तर्राष्ट्रिय खेल आगमी जनवरीमा वेस्टइन्डिजसँग खेल्ने सम्भावना छ । कोरोना महामारीको कारण बंगलादेशले हालसम्म ८ टेष्ट खेल स्थगित गर्नुको साथै केहि ओडिआई र टि२० सिरिज पनि गुमाएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]