default_image

5 years ago

October 30, 2020

अफ्रिदी चम्कँदा पाकिस्तानको जित

140 views

0 Bookmark

एजेन्सी– विकेटकिपर तथा अनुभवी ब्याट्सम्यान ब्रेन्डन टेलरको शतकको बाबजुद जिम्बावे पहिलो ओडिआई खेलमा घरेलु टोली पाकिस्तानसँग २६ रनले पराजित भएको छ ।

पाकिस्तानका लागि युवा तीव्र गतिका बलर शाहिन अफ्रिदिले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट हात पारे । यो जितसँगै घरेलु टोली पाकिस्तानले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि २ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको जिम्बावेले ४९.४ ओभरमा अल आउट हुँदै २ सय ५५ रनमा समेटियो । राम्रो अन्त्य गर्न नसक्दा जिम्बावे पाकिस्तानसँग पराजित हुन पुगेको हो ।

जिम्बावेका ब्रेन्डन टेलरले १ सय १७ बलमा ११ चौका र ३ छक्का सहित १ सय १२ रनको शतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । टेलर शाहिन अफ्रिदीको ४७ औं ओभरको पाँचौ बलमा वहाब रियाजबाट क्याच आउट हुन पुगेका थिए । टेलरले १ सय ७ बलमा आफ्नो करिअरको ११ औं ओडिआई शतक पूरा गरेका थिए ।

टेलरले व्यक्तिगत ५२ रनमा जीवनदान पाएका थिए । इमाद वासिमको बलमा वहाब रियाजले क्याच छोड्न पुगेका थिए । युवा ब्याट्सम्यान वेस्ले मधेभरेले ६१ बलमा ७ चौका सहित ५५ रनको योगदान दिए । पाँचौ विकेटका लागि वेस्ले मधेभरेले र ब्रेन्डन टेलरले १ सय १२ बलमा १ सय १९ रनको साझेदारी गर्दै राम्रो आधार तय गरेपनि तल्लोक्रमका ब्याट्सम्यान चल्न नसक्दा जित दिलाउन सकेनन् ।

जिम्बावेले कमजोर सुरुवात गरेको थियो । पहिलो ओभरको तेस्रो बलमै तीव्र गतिका बलर शाहिन अफ्रिदीले ब्रायन चरीलाई २ रनमा बोल्ड आउट गरेका थिए । अफ्रिदीले अर्का ओपनर तथा कप्तान चामु चिभाभालाई १३ रनमा बोल्ड आउट गरेका थिए । क्रेग इर्वाइन ६८ बलमा ६ चौका सहित ४१ रनमा आउट भए । सेन विलियम्स ४ रनमा आउट भए ।

तल्लोक्रमका सिकन्दर राजा ८, टन्डाई चिसोरो ५ र कार्ल मुम्बा १ रनमा आउट भए । पाकिस्तानको जितमा शाहिन अफ्रिदीले १० ओभरमा ४९ रन खर्चेर ५ विकेट लिए । वहाब रियाजले ९.४ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । इमाद वासिमको नाममा १ विकेट रह्यो ।

त्यसअघि रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । मध्यक्रमका ब्याट्सम्यान हरिस सोहेल ८२ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७१ रनको योगदान दिए । ओपनर इमाम उल हक रन आउट हुनुअघि ७५ बलमा ६ चौका सहित ५८ रनको योगदान दिए ।

अर्का ओपनर आविद अली २१, कप्तान बाबर आजम १९ र विकेटकिपर मोहम्मद रिजवान १४ रनमा आउट भए । तल्लोक्रममा इमाद वासिम २६ बलमा २ छक्का र १ चौका सहित ३४ रनमा अविजित रहे । तल्लोक्रममा इफ्तिखर अहमद १२ र फहिम अशरफ २३ रनमा आउट भए । जिम्बावेका टेन्डाई चिसोरो र मुराजाबानीले २–२ विकेट लिए । सिकन्दर राजा र कार्ल मुम्बाको नाममा एक एक विकेट रह्यो ।

तीन ओडिआई खेलको सिरिजमा दोस्रो खेल आइतबार हुने छ । पाकिस्तान भ्रमणमा रहेको जिम्बावेले समान तीन ओडिआई र टि२० आई सिरिज खेल्ने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.