5 years ago
October 31, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ५१ औं खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १ सय ११ रनको सामान्य लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १० रन बनायो । दिल्लीका कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । दिल्लीले पहिलो ओभरको तेस्रो बलमा ओपनर शिखर धवनलाई शून्यमा गुमाएको थियो । धवन ट्रेन्ट बोल्टको बलमा सूर्यकुमार यादवबाट क्याच आउट हुन पुगेका थिए ।
बोल्टलेनै तेस्रो ओभरको अन्तिम बलमा अर्का ओपनर पृथ्वी शालाई १० रनमा विकेटकिपर क्विन्टन डी ककबाट क्याच आउट गराउँदै दोस्रो सफलता दिलाए । स्पिनर राहुल चहरको ११ औं ओभरको दोस्रो बलमा कप्तान श्रेयस ऐर २५ रनमा स्टम्पिङ आउट भए । ऐरले २९ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
१२ औं ओभरको पहिलो बलमा जस्प्रित बुमराहले मार्कस स्टोइनिसलाई २ रनमा डी ककबाट क्याच आउट गराए । दुई बलपछि ऋषभ पन्त २१ रनमा एलबिडब्लू आउट हुँदा दिल्ली ६२–५ को कमजोर अवस्थामा पुगेको थियो । पन्तले २४ बलमा २ चौका प्रहार गरे । बुमराहलेनै १४ औं ओभरको अन्तिम बलमा हर्षल पटेललाई ५ रनमा एलबिडब्लू आउट गरे ।

नाथन कुल्टर नाइलको १६ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका शिम्रन हेटमायर क्रुनाल पान्ड्याबाट ११ रनमा क्याच आउट भएपछि दिल्लीबाट ठूलो योगफलको सम्भावना टाढिएको थियो ।
तल्लोक्रममा रविचन्द्रन आश्विन १२, कागिसो रबाडा १२ र प्रविन दुबेले ७ रन जोडे । मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । नाथन कुल्टर नाइल र राहुल चहरको नाममा एक एक विकेट रह्यो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]