5 years ago
October 31, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सनराइजर्स हैदराबादले पहिला बलिङ गर्ने भएको छ ।

शारजाह क्रिकेट स्टेडियममा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले आजको खेलमा एक परिवर्तन गरेको छ । घाईते विजय शंकरको स्थानमा अभिषेक शर्मालाई मौका दिएको छ । बेंगलोरले आजको खेलमा दुई परिवर्तन गरेको छ । नवदीप सैनी टोलीमा फर्किदा शिवम् दुबेलाई बेन्चमा राखेको छ । त्यस्तै डेल स्टेनलाई बेन्चमा राख्दै इसुरु उडानालाई खेलाएको छ ।
बेंगलोर १२ खेलमा ७ मा जित र ५ खेलमा पराजयका साथ दोस्रो स्थानमा छ । हैदराबाद १२ खेलमा ५ मा जित र ७ मा हार सहित सातौं स्थानमा छ । बेंगलोर आजको खेलमा विजयी भए प्ले अफमा पुग्ने छ । हैदराबादले प्ले अफको अंक गणितिय सम्भावनालाई कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । हैदराबाद पराजित भए औपचारिक रुपमा लिग चरणबाट बाहिरिने छ ।
बेंगलोरको प्लेइङ ११ – जोश फिलिपे, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, क्रिस मोरिस, मोहम्मद शिराज, वासिन्टन सुन्दर, गुरकिरत सिंहमान, नवदीप सैनी, इसुरु उडाना र युजभेन्द्र चहल
हैदराबादको प्लेइङ ११ – डेविड वार्नर (कप्तान), केन विलियम्सन, मनिष पान्डे, अभिषेक शर्मा, ऋद्धिमान शाह (विकेटकिपर) , अब्दुल सामद , जेसन होल्डर, राशिद खान, सन्दीप शर्मा , टि नटराजन र शहबाज नदीम ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]