default_image

5 years ago

October 31, 2020

बेंगलोरलाई हराउँदै हैदराबाद शीर्ष चारमा

158 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५२ औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ५ विकेटले पराजित गर्दै अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ ।

शनिबार राती सम्पन्न खेलमा हैदराबादले बेंगलोरलाई हराउँदै प्ले अफको सम्भावना कायमै राखेको हो । जितका लागि पछ्याएको १ सय २१ रनको विजयी लक्ष्य हैदराबादले १४.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

हैदराबादका ओपनर ऋद्धिमान शाहले ३२ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३९ रनको योगदान दिए । डेभिड वार्नर ८, मनिष पान्डे २६ र केन विलियम्सन ८ रनमा आउट भए । अभिषेक शर्मा ८ रनमा आउट हुँदा जेसन होल्डर २६ रनमा अविजित रहे । बेंगलोरका युजभेन्द्र चहलले २ विकेट लिदा वासिन्टन सुन्दर, नवदीप सैनी र इसुरु उडानले एक एक विकेट लिए ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो । बेंंगलोरका कुनैपनि ब्याट्सम्यान हैदराबादको कसिलो बलिङ सामु खुलेर खेल्न सकेनन् ।

बेंगलोरले सुरुवात देखिनै कमजोर प्रर्दशन गरेको थियो । सन्दीप शर्माले तेस्रो ओभरको पाँचौ बलमा ओपनर देवदत्त पाडिक्कललाई ५ रनमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाए । शर्माकै पाँचौ ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई केन विलियम्सनले उत्कृष्ट क्याच लिदै ७ रनमा पेभिलिएन फर्काएका थिए ।

शहबाज नदीमको ११ औं अन्तिम बलमा एबी डी भिलियर्स २४ रनमा अभिषेश शर्माबाट क्याच आउट हुन पुगे । डी भिलियर्सले २४ बलमा १ चौका र १ छक्का प्रहार गरे । १२ औं ओभरको चौथो बलमा जोश फिलिपे ३२ रनमा क्याच आउट हुन पुगेपछि बेंगलोर समस्यामा परेको थियो । राशिद खानको बलमा मनिष पान्डेबाट क्याच आउट हुनुअघि फिलिपेले ३१ बलमा ४ चौका प्रहार गरे ।

१८ औं ओभरको पहिलो बलमा वासिन्टन सुन्दरलाई टि नटराजनले २१ रनमा आफ्नै बलमा क्याचआउट गरेका थिए । सुन्दरले १८ बलमा २ चौका प्रहार गरे । क्रिस मोरिस ३ र इसुरु उडाना शून्यमा आउट भए । गुरक्रित मानसिंह १५ रनमा अविजित रहे ।

सन्दीप शर्माले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । टि नटराजन, राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए । हैदराबादले अन्तिम खेल अब मंगलबार मुम्बई इन्डियन्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा नेट रनरेटको आधारमा प्ले अफमा पुग्न सक्ने सम्भावना रहेको छ । बेंगलोरले सोमबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ । प्ले अफमा पुग्न दुवैलाई जित्नै पर्ने हुन्छ ।

आइपिएलको अंक तालिका

मुम्बई १३ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । हैदराबाद १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

किंग्स इलेभेन पन्जाब १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौ स्थानमा छ । राजस्थान १३ खेलमा ६ मा जित र ७ मा हार बेहोर्दै १२ अंकका साथ छैटौं स्थानमा छ । कोलकाता १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ सातौं स्थानमा छ । चेन्नई १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंक जोड्दै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.