default_image

3 years ago

November 1, 2020

पन्जाब र प्लेअफ : जित आफ्नो भर अरुको

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५३ औं खेलमा आज चेन्नई सुपर किंग्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्दै छन् । चेन्नई यस अघिनै प्रतियोगिताबाट बाहिरि सकेको छ । चेन्नई आजको खेलमा […]

45 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५३ औं खेलमा आज चेन्नई सुपर किंग्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

दुवै टोलीले लिग चरणको अन्तिम खेल खेल्दै छन् । चेन्नई यस अघिनै प्रतियोगिताबाट बाहिरि सकेको छ । चेन्नई आजको खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ । चेन्नई १३ खेलमा ८ मा हार र ५ मा जित सहित पुछारमा छ । चेन्नई पन्जाबको प्ले अफको आशामा पूर्णविराम लगाउन खोज्ने छ ।

यता १३ खेलमा ६ म जित र ७ मा हार सहित पाँचौं स्थानमा रहेको पन्जाबलाई आजको खेलमा जित निकल्नै पर्ने हुन्छ । पन्जाब पराजित भएमा लिग चरणबाट चेन्नईसँगै बाहिरिने छ । पन्जाबलाई फराकिलो जितको आवश्यक पर्ने छ । एक टोली १४ अंकका साथ प्ले अफमा पुग्ने समिकरण बन्दा पन्जाब १४ अंक सहित आफ्नो नेटरनेटलाई पनि बलियो पार्नुपर्ने हुन्छ ।

यसअघि लिग चरणको खेलमा चेन्नईले पन्जाबलाई १० विकेटले हराएको थियो । पन्जाब उक्त हारको बदला लिन खोज्ने छ । चेन्नई उक्त जितलाई पुन निरन्तरता दिन चाहन्छ । पन्जाब फराकिलो अन्तरले विजयी हुँदा र उता अन्तिम खेलमा हैदराबादको साथैं बेंगलोर र दिल्लीबीचको खेलमा एक टोली पनि विशाल अन्तरले पराजित हुनुपर्छ । त्यस्तै कोलकाता र राजस्थानको खेलको विजेता टोलीको जितको अन्तर सामान्य हुनुपर्ने हुन्छ । जसले गर्दा पन्जाब नेट रनरेटको आधारमा शीर्ष चारमा रहँदै प्ले अफमा पुग्न सक्छ ।

चेन्नई विना दबाब मैदान उत्रने छ । चेन्नईलाई गुमाउन केहि नहुँदा सबै खेलाडी आफ्नो स्वभाविक खेल खेल्न पाउने छन् । चेन्नईले पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराएको थियो । उक्त खेलमा युवा ब्याट्सम्यान रितुराज गायकवाड ७२ रनको इनिङ खेलेका थिए ।

पछिल्ला दुई खेलमा अर्ध शतक प्रहार गरेका रितुराज पन्जाबलाई टाउको दुखाईका ब्याट्सम्यान बन्न सक्छन् । अन्तिम दुई बलमा दुई छक्का प्रहार गर्दै चेन्नईलाई जित दिलाएका रविन्द्र जडेजा चेन्नईका प्रमुख हतियार हुन् । साम करनको प्रर्दशन चेन्नईलाई महत्वपूर्ण हुने छ । कप्तान महेन्द्रसिंह धोनीबाट खेल र प्रतियोगिता दुबैमा उत्कृष्ट फिनिसिङ आशा राखिएको छ ।

पन्जाबले पछिल्ला ६ खेल मध्य ५ मा जित निकालेको छ । पन्जाब पछिल्लो खेलमा राजस्थानसँग ७ विकेटले पराजित भएको थियो । उक्त खेलमा ब्याटिङमा राम्रो प्रर्दशन गरेपनि बलिङमा चुक्दा पराजित हुन पुगेको थियो । क्रिस गेलले ९९ रनको इनिङ खेलेका थिए । कप्तान लोकेश राहुल, गेल र निकोलस पुरन राम्रो लयमा छन् । यी तीन खेलाडीको प्रर्दशन पन्जाबलाई महत्वपूर्ण हुनेछ ।

घाइते मयंक अग्रवाल टोलीमा फर्किए थप मजबुत बन्ने छ । ग्लेन म्याक्सवेलको खराब प्रर्दशन पन्जाबलाई चिन्ताको विषय हो । मोहम्मद शामी बलिङ हतियार हुन् । शामीले लगातार उच्च प्रर्दशन गर्दै आएका छन् । दबाबमा पन्जाबका खेलाडीले कस्तो प्रर्दशन गछर््न् त्यो निकै महत्वपूर्ण हुने छ । आइपिएलमा यी दुई टोलीबीच कुल २२ खेल भएको छन् । जसमा चेन्नई १३ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ ।

अंक तालिका

मुम्बई १३ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । दिल्ली १३ खेलमा ७ मा जित र ६ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ । हैदराबाद १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ चौथो स्थानमा छ ।

किंग्स इलेभेन पन्जाब १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौ स्थानमा छ । राजस्थान १३ खेलमा ६ मा जित र ७ मा हार बेहोर्दै १२ अंकका साथ छैटौं स्थानमा छ । कोलकाता १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ सातौं स्थानमा छ । चेन्नई १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंक जोड्दै पुछारमा छ ।

March 29, 2024

नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सको विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आयरल्यान्ड वल्भ्सले नेपाल ‘ए’ विरुद्धको टि२० सिरिज अन्तर्गत पहिलो खेलमा २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको वल्भ्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनायो । मध्यम सुरुवात गरेको आयरल्यान्ड वल्भ्सले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै विशाल योगफल खडा गर्यो । […]

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

Success

Thank you for your time.