5 years ago
November 2, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ५५ औं खेलमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरले आफ्नो लिग चरणको अन्तिम खेल खेल्दै छन् । खेल नेपाली समय अनुसार खेल साँझ ७ः४५ मा शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुने छ ।

दुवै टोलीलाई प्ले अफमा पुग्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको विजेता टोली सिधै क्वालिफायरमा स्थान बनाउने छ । पराजित हुने टोली भने मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादको नजिता पर्खनुपर्ने हुन्छ ।
दिल्ली र बेंगलोर दुबै जितका साथ क्वालिफायरमा स्थान पक्का गराउन चाहन्छन् । पराजित हुने टोली लिग चरणबाटै बाहिरिने सम्भावना पनि त्यतिनै छ । पराजित हुने टोलीको हारको अन्तर निकै झिनो हुनुपर्ने हुन्छ । उता चौथो स्थानमा लिग चरण अन्त्य गरेको कोलकाता नाइट राइडर्स आजको खेलमा हारको अन्तर फराकिलो चाहन्छ ।
हैदराबाद मुम्बईसँग पराजित भएमा आज हार्ने टोली र कोलकाता दुबै प्ले अफमा पुग्ने छन् । अन्यथा नेट रन रेटमा निर्भर रहुनपर्ने समिकरण बनेको छ । तर दिल्ली र बेंगलोर दुवै टोलीको पछिल्लो लय खराब छ । दिल्ली चार र बेंगलोर तीन खेलमा लगातार पराजित भएका छन् ।
उपाधिको दाबेदार दिल्लीले सुरुवात उत्कृष्ट गरेपनि अन्त्यमा लगातार हार बेहोरेपछि समस्यामा परेको हो । पछिल्लो खेलमा दिल्ली मुम्बईसँग ९ विकेटले पराजित भएको थियो । हैदराबादसँग ८८ रन, कोलकातासँग ५९ र किंग्स इलेभेन पन्जाबसँग ५ विकेटले पराजित भएको थियो ।
पछिल्ला चार खेलमा दिल्लीले ब्याटिङ र बलिङ दुबै कमजोर गरेको छ । चार खेलमा दिल्लीले एक पटक मात्रै १ सय ५० माथिको योगफल कटाएको छ । ती चार खेलमा दिल्लीले कुल १४ विकेट लिएको छ । त्यसैले आज दिल्लीले ब्याट र बल दुवैमा सुधार गर्नुपर्छ ।
ओपनर शिखर धवन र पृथ्वी शाले पछिल्ला खेलमा लगातार खराब प्रर्दशन गरि रहेका छन् । शाको खराब प्रर्दशन थप चिन्ताको विषय हो । यी दुई ब्याट्सम्यानलाई पछिल्ला चार खेलको प्रर्दशन भुलेर विना दबाबमा आफ्नो स्वभाविक खेल खेल्दै उत्कृष्ट इनिङ खेल्न आवश्यक देखिन्छ ।
कप्तान श्रेयस ऐर, ऋषभ पन्त र शिम्रन हेटमायर मध्यक्रमका प्रमुख हतियार हुन् । यी तीन ब्याट्सम्यानलाई आजको खेलमा विजयी इनिङ खेल्न आवश्यक देखिन्छ । तल्लोक्रममा मार्कस स्टोइनि, अक्षर पटेल र हर्षल पटेललाई पनि राम्रो ब्याटिङ गर्न दबाब रहने छ ।
पछिल्लो खेलमा अक्षरलाई बेन्चमा राखेर लेग स्पिनर प्रविन दुबेलाई खेलाएको थियो । ३ ओभरमा २९ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । त्यसैले दुबेलाई बेन्चमा राखेर अक्षरलाई खेलाउने सम्भावना देखिन्छ । पर्पल क्यापको दौडमा रहेका दिल्लीका प्रमुख हतियार कागिसो रबाडा पछिल्ला दुई खेलमा विकेट बिहिन छन् ।
रबाडालाई पछिल्लो दुई खेलको प्रर्दशनलाई भुलेर उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ । रबाडाले जारी आइपिएलमा २३ विकेट लिई सकेका छन् । अर्का तीव्र गतिका बलर एनरिच नोर्कियालाई पावर प्लेमा उच्च प्रर्दशन गर्न आवश्वक देखिन्छ । दिल्लीले बेंगलोरको कमजोर तल्लोक्रम ब्याटिङको फाइदा उठाउन पहिलो पावर प्लेमै उत्कृष्ट सुरुवात दिलाउन आवश्यक देखिन्छ ।
पछिल्ला चार खेलमा दिल्लीले ब्याटिङमा कमजोर प्रर्दशन गरेको हुँदा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको प्लेइङ ११ मा सम्भावना देखिदैन । दिल्लीले रबाडा, नोर्किया, हेटमायर र स्टोइनिसलाई चार विदेशी खेलाडीको कोटामा खेलाउने छ ।
अर्को तिर बेंगलोर पनि पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन । बेंगलोर हैदराबाद र मुम्बईसँग ५– ५ विकेट तथा चेन्नई सुपर किंग्ससँग ८ विकेटले पराजित भएको थियो । ओपनर देवदत्त पाडिक्कल राम्रो लयमा देखिएपनि उनलाई साथ दिने ब्याट्सम्यानको कमी देखिएको छ ।
कप्तान विराट कोहलीलाई कप्तानी इनिङ खेल्न आवश्यक देखिन्छ । कोहलीले पछिल्ला दुई खेलमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । चेन्नईविरुद्ध ४३ बलमा ५० रन बनाएका थिए । त्यसैले कोहलीले आफ्नो स्ट्राइक रेटमा पनि विशेष ध्यानदिनुपर्ने हुन्छ ।
टि ट्वान्टी मा डट बलले निकै दबाब बढाउने गर्दछ । एक ब्याट्सम्यानले डट खादा अर्कोलाई समेत दबाब बढ्न जाने गर्दछ । एबी डि भिलियर्सको प्रर्दशन बेंगलोरका लागि निकै महत्वपूर्ण हुने छ । बेंगलोरका प्रमुख हतियार डी भिलियर्सको प्रर्दशन विना जित कठिन देखिन्छ ।
पछिल्लो खेलमा कमजोर ब्याटिङ गरेका गुरक्रित सिंहमानको स्थानमा शिवम् दुबेलाई मौका दिन सक्छ । तीव्र गतिमा डेथ ओभर बेंगलोरको प्रमुख समस्या हो । तल्लोक्रममा उत्कृष्ट प्रर्दशन गर्नसक्ने ब्याट्सम्यानको कमी हुँदा बेंगलोर डी भिलियर्समा धेरै निर्भर रहने छ ।
नवदीप सैनी र क्रिस मोरिसलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । स्पिनर युजचेन्द्र चहल भने बेंगलोरका बलिङ हतियार हुन् । दबाबको यस खेलमा टसले पनि निकै प्रभाव पार्ने देखिन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]