default_image

5 years ago

November 2, 2020

बेंगलोरविरुद्ध दिल्लीमा तीन परिवर्तन

177 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को ५५ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले आज टोलीमा तीन परिवर्तन गरेको छ । दिल्लीले आजको खेलमा अजिंक्या रहाणे, अक्षर पटेल र ड्यानियल साम्सलाई खेलाउने निर्णय गरेको छ । स्पिनर प्रबिन दुबे, शिम्रन हेटमायर र हर्षल पटेललाई बेन्चमा राखेको छ ।

बेंगलोरले टोलीमा दुई दुई परिवर्तन गरेको छ । बेंगलोरका प्रमुख तीव्र गतिका बलर नवदीप सैनी पूर्णरुपमा फिट नहुँदा आज टोलीमा छैनन् । सैनी नहुँदा शहबाज अहमदलाई मौका दिएको छ । गुरक्रितमान सिंहको स्थानमा अलराउन्डर शिवम दुबेलाई मौका दिएको छ । दुई टोलीले गरि कुल पाँच परिवर्तन गरेका हुन् ।

दुवै टोलीलाई प्ले अफमा पुग्न आजको खेल जित्नै पर्ने हुन्छ । आजको विजेता टोली सिधै क्वालिफायरमा स्थान बनाउने छ । पराजित हुने टोली भने मंगलबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादको नजिता पर्खनुपर्ने हुन्छ । पराजित हुने टोली लिग चरणबाटै बाहिरिने सम्भावना पनि त्यतिनै छ । पराजित हुने टोली प्ले अफमा स्थान बनाउन सकेसम्म निकै न्यून अन्तरले हार्नुपर्छ ।

बेंगलोरको प्लेइङ ११ – जोश फिलिपे, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान) एवी डि भिलियर्स, क्रिस मोरिस, मोहम्मद शिराज, वासिन्टन सुन्दर, शिवम दुबे, शहवाज अहमद, इसुरु उडाना र युजभेन्द्र चहल

दिल्लीको प्लेइङ ११ – अजिंक्या रहाणे, शिखर धवन, ऋषभ पन्त (विकेटकिपर), श्रेयस ऐर (कप्तान), एनरिच नोर्किया, मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन,
अक्षर पटेल, कागिसो रबाडा, ड्यानियल साम्स र पृथ्वी शा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.