5 years ago
November 2, 2020
एजेन्सी– अष्ट्रेलियन अलराउन्डर शेन वाटसनले इन्डियन प्रिमियर लिग (आइपिएल) बाट सन्न्यासको घोषणा गरेका छन् ।

वाटसनले चेन्नईको अन्तिम खेलपछि ड्रेसिङ रुममा अन्य सहकर्मीमाझ आइपिएलबाट सन्न्यास लिएको घोषणा गरेको बुझिएको छ । आइपिएलमा दुई पटकका ‘मोष्ट भ्यालुएबल प्लेयर अवार्ड’ विजेता वाटसन आइपिएल इतिहासका एक सर्वाधिक सफल अलरान्डर हुन् । उनले यस सिजन चेन्नई सुपर किंग्सबाट खेल्दै औसत प्रर्दशन गरेका थिए ।
वाटसनले आफ्नो आइपिएल करिअरमा अन्तिम खेल आइतबार किंग्स इलेभेन पन्जाबविरुद्ध खेले । वाटसनले सन् २००८ मा राजस्थान रोयल्सबाट दिल्लीविरुद्ध डेब्यु गरेका थिए । वाटसनले सन् २००८ राजस्थान रोयल्स र २०१८ मा चेन्नई सुपर किंग्सबाट आइपिएल उपाधि जितेका थिए ।
सन् २००८ र सन् २०१३ मा प्रतियोगिता ‘मोष्ट भ्यालुएबल’ खलाडी चुनिएका थिए । ३९ वर्षिय वाटसनले आइपिएलमा कुल १ सय ४५ खेल खेलेका छन् । जसमा ३ हजार ८ सय ७४ रन बनाएका छन् । स्ट्राइक रेट १ सय ३७ छ । जसमा चार शतक सामेल छ । कुल ९२ विकेट लिँदा एउटा ह्याट्रिक उनको नाममा छ ।

सन् २००८ को सेमिफाइनलमा राजस्थान रोयल्सलाई फाइनलमा पुर्याउन वाटसनले दिल्लीविरुद्ध २९ बलमा ५२ रन जोड्नुको साथै १० रन खर्चेर ३ विकेट लिएका थिए । सन् २००८ मा राजस्थान रोयल्सले उपाधि जित्दा उत्कृष्ट प्रर्दशन गरेका उनले कुल ४ सय ७२ रन बनाउनुको साथै १७ विकेट लिएका थिए ।
वाटसनले सन् २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । सन् २०१६ र २०१७ मा वाटसनले रोयल च्यालेन्जर्स बेंगलोरबाट आइपिएल खेलेका थिए । बेंगलोरले ४ करोड भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । तर प्रर्दशन कमजोर रहेको थियो ।
सन् २०१८ मा भने वाटसन चेन्नइमा पुगेका थिए । चेन्नईलाई तेस्रो पटक उपाधि जिताउँन फाइनलमा उनले हैदराबादविरुद्ध ५७ बलमा १ सय १७ रनमा अविजित रहँदै ‘प्लेयर अफ द फाइनल चुनिएका’ थिए । उक्त सिजनमा उनले कुल ५ सय ५५ रन बनाउँदै उच्च प्रर्दशन गरेका थिए । सन् २०१९ को फाइनलमा मुम्बईविरुद्ध ५९ बलमा ८० रन जोडेपनि चेन्नईले एक रनले हारेको थियो ।
यस सिजनमा वाटसनले चेन्नईबाट कुल ११ खेलमा २ सय ९९ रन बनाए । चेन्नई पहिलो पटक लिग चरणबाट बाहिरिन पुग्यो । वाटसनले आगमी दिनमा प्रशिक्षकको रुपमा काम गर्ने इच्छा राखेको बुझिएको छ । विश्वकप विजेता वाटसनले अष्ट्रेलियाबाट ५९ टेष्ट,१ सय ९० ओडिआई र ५८ टि२० आई खेलेका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]