default_image

5 years ago

November 2, 2020

दिल्लीलाई क्वालिफायरमा पुग्न बेंगलोरको मध्यम लक्ष्य

153 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ५५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्सलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रन बनायो । बेंगलोरका लागि ओपनर तथा युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले ४१ बलमा ५ चौका सहित सर्वाधिक ५० रनको योगदान दिए ।

बेंगलोरले दिल्लीविरुद्ध मध्यम सुरुवात गरेको थियो । ओपनर जोश फिलिपे र देवदत्त पाडिक्कलले पहिलो विकेटका लागि ४.१ ओभरमा २५ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर कागिसो रबाडाको बलमा ठूलो सट खेलेका फिलिपे पृथ्वी शाबाट १२ रनमा सहज क्याच आउट हुन पुगे । फिलिपेले १७ बलमा १ चौका प्रहार गरे ।

तेह्रौं ओभरको तेस्रो बलमा स्पिनर रविचन्द्रन आश्विनले कप्तान विराट कोहलीलाई मार्कस स्टोइनिसबाट २९ रनमा क्याच आउट गराए । छक्काको धुनमा ठूलो सट खेलेका कोहली मिड विकेटमा समातिन पुगेका थिए । कोहलीले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि कोहली र पाडिक्कलले ५७ रनको साझेदारी गरेका थिए । १६ औं ओभरको चौथो बलमा एनरिच नोर्कियाले देवदत्त पाडिक्कललाई बोल्ड आउट गरेका थिए । पाडिक्कल ठूलो सट खेल्ने धुनमा बिट भएपछि बोल्ड आउट हुन पुगेका थिए । दुई बलपछि क्रिस मोरिस ऋषभ पन्तबाट शून्यमा क्याच आउट भए । मोरिस टप एज लागेर पन्तबाट समातिन पुगेका थिए ।

शिवम दुबे ११ बलमा २ चौका र १ छक्का सहित १७ रनमा क्याच आउट भए । कागिसो रबाडाको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका दुबे अजिंक्या रहाणेबाट क्याच आउट भएका थिए । पाँचौ विकेटका लागि दुबे र डी भिलियर्सले १८ बलमा ३३ रनको साझेदारी गरेका थिए ।

एबी डिभिलियर्स २१ बलमा १ चौका र २ छक्का सहित ३५ रनमा रन आउट भए । अन्तिम ओभरको दोस्रो बलमा दुई रन लिने प्रयासमा असफल हुँदा रन आउट हुन पुगेका थिए । इसिरु उडाना ४ रनमा क्याच आउट भए ।

एनरिच नोर्कियाले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।
यस खेलको विजेता प्ले अफमा पुग्नुको साथै क्वालिफायरमा स्थान पक्का बन्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.