default_image

5 years ago

November 2, 2020

बेंगलोरलाई हराउँदै दिल्ली क्वालिफायरमा

184 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा क्वालिफायरमा पुगेको छ । सोमबार राती रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै दोस्रो स्थानमा रहँदै दिल्ली लगातार दोस्रो सिजन प्लेअफमा पुग्न सफल भएको हो ।

यो हारका बाबजुद बेंगलोर पनि प्लेअफमा पुगेको छ । कोलकाता भन्दा नेटरनरेटले अघि रहेपछि बेंगलोरले प्ले अफमा स्थान पक्का गरेको हो । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । दिल्लीको जितमा अजिंक्या रहाणेले ४६ बलमा ५ चौका र १ छक्का सहित सर्वाधिक ६० रनको महत्वपूर्ण योगदान दिए ।

दोस्रो ओभरको पाँचौ बलमा मोहम्मद शिराजले ओपनर पृथ्वी शालाई ९ रनमा बोल्ड आउट गर्दै बेंगलोरलाई पहिलो सफलता दिलाएका थिए । दोस्रो विकेटका लागि शिखर धवन र अजिंक्या रहाणेले ८८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । यी दुईबीचको साझेदारी १३ औं ओभरको चौथो बलमा शहबाज अहमदले धवनलाई शिवम दुबेबाट ५४ रनमा क्याच आउट गराउँदै तोडे । धवनले ४१ बलमा ६ चौका प्रहार गरे । कप्तान श्रेयस ऐर ७ रनमा क्याच आउट भए । ऋषभ पन्त ८ र मार्कस स्टोइनिस १० रनमा अविजित रहे ।

बेंगलोरका शहबाज अहमदले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज र वासिन्टन सुन्दरको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । बेंगलोरका लागि ओपनर तथा युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले ४१ बलमा ५ चौका सहित सर्वाधिक ५० रनको योगदान दिए ।

बेंगलोरले दिल्लीविरुद्ध मध्यम सुरुवात गरेको थियो । ओपनर जोश फिलिपे र देवदत्त पाडिक्कलले पहिलो विकेटका लागि ४।१ ओभरमा २५ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर कागिसो रबाडाको बलमा ठूलो सट खेलेका फिलिपे पृथ्वी शाबाट १२ रनमा सहज क्याच आउट हुन पुगे । फिलिपेले १७ बलमा १ चौका प्रहार गरे ।

तेह्रौं ओभरको तेस्रो बलमा स्पिनर रविचन्द्रन आश्विनले कप्तान विराट कोहलीलाई मार्कस स्टोइनिसबाट २९ रनमा क्याच आउट गराए । छक्काको धुनमा ठूलो सट खेलेका कोहली मिड विकेटमा समातिन पुगेका थिए । कोहलीले २४ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि कोहली र पाडिक्कलले ५७ रनको साझेदारी गरेका थिए । १६ औं ओभरको चौथो बलमा एनरिच नोर्कियाले देवदत्त पाडिक्कललाई बोल्ड आउट गरेका थिए । पाडिक्कल ठूलो सट खेल्ने धुनमा बिट भएपछि बोल्ड आउट हुन पुगेका थिए । दुई बलपछि क्रिस मोरिस ऋषभ पन्तबाट शून्यमा क्याच आउट भए । मोरिस टप एज लागेर पन्तबाट समातिन पुगेका थिए ।

शिवम दुबे ११ बलमा २ चौका र १ छक्का सहित १७ रनमा क्याच आउट भए । कागिसो रबाडाको १९ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका दुबे अजिंक्या रहाणेबाट क्याच आउट भएका थिए । पाँचौ विकेटका लागि दुबे र डी भिलियर्सले १८ बलमा ३३ रनको साझेदारी गरेका थिए ।

एबी डिभिलियर्स २१ बलमा १ चौका र २ छक्का सहित ३५ रनमा रन आउट भए । अन्तिम ओभरको दोस्रो बलमा दुई रन लिने प्रयासमा असफल हुँदा रन आउट हुन पुगेका थिए । इसिरु उडाना ४ रनमा क्याच आउट भए ।

एनरिच नोर्कियाले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । दिल्ली लगातार दोस्रो पटक क्वालिफायरमा पुगेको हो । गतवर्ष दिल्ली क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित हुँदै बाहिरिएको थियो । सन् २०१२ मा पनि दिल्ली प्ले अफमा पुगेको थियो । सन् २००८ र २००९ मा दिल्लीले सेमिफाइनलबाट बाहिरिएको थियो ।

मुम्बई यसअघिनै क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा फाइनलमा स्थान बनाउन बिहिबार मुम्बई र दिल्ली भिड्ने छन् । शुक्रबार तेस्रो र चौथो स्थानमा रहेका टोली एलिमिनेटर खेल खेल्नेछ । मंगलबार हैदराबाद मुम्बईविरुद्ध विजयी भएमा प्ले अफमा पुग्नेछ । पराजित भएमा कोलकाताले प्ले अफमा स्थान बनाउने छ । हैदराबाद पराजित भएमा एलिमिनेटरमा कोलकाता र बेंगलोर भिड्ने छन् ।

आइपिएलको अंक तालिका

मुम्बई १३ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली १४ खेलमा ८ मा जित र ६ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंक जोड्दै नेट रनरेटले तेस्रो स्थानमा रहँदै प्ले अफमा स्थान पक्का गरेको हो । कोलकाता १४ खेलमा ७ मा हार र ६ मा जित सहित १४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । हैदराबाद १३ खेलमा ७ मा हार र ६ मा जित सहित १२ अंकका साथ पाँचौ स्थानमा छ ।

किंग्स इलेभेन पन्जाब १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ छैटौं स्थानमा रहँदै बाहिरिएको छ । चेन्नई १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ सातौं स्थानमा रहेर बाहिरिएको छ । राजस्थान १४ खेलमा ६ मा जित र ८ मा हार बेहोर्दै १२ अंकका साथ पुछारमा रहेर बाहिरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.