default_image

5 years ago

November 3, 2020

मुम्बईलाई हराउँदै प्लेअफ पुग्ने हैदराबादको लक्ष्य

175 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को लिग चरणको अन्तिम खेलमा आज सनराइजर्स हैदराबादले शीर्षस्थानको मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

मुम्बई शीर्षस्थानमा रहँदै प्लेअफका साथ क्वालिफायरमा स्थान पक्का गरेको हुँदा उसलाई प्रतिष्ठाको लडाईंमात्र हुने छ । मुम्बईले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग खेल्ने छ । तर १३ खेलमा १२ अंकका साथ पाँचौ स्थानमा रहेको हैदराबादलाई प्लेअफमा स्थान बनाउन मुम्बईविरुद्ध स्पष्ट जितको आवश्यक पर्दछ । कोलकाता १४ खेलमा १४ अंकका साथ चौथो स्थानमा छ ।

हैदराबाद विजयी भएमा नेट रनरेटको आधारमा कोलकाता लिग चरणबाट बाहिरिने छ । कोलकाता नेट रनरेट –०.२१४ र हैदराबादको ०.५५५ छ । हैदराबाद पराजित हुँदा कोलकाता प्ले अफमा पुग्ने छ । तेस्रो स्थानमा रहँदै रोयल च्यालेन्जर्स बेंगलोरले प्ले अफमा स्थान पक्का गरिसकेको छ । आजको नतिजाले प्ले अफ समिकरण पूरा हुने छ ।

हैदराबादले पछिल्ला दुई खेलमा लगातार जित निकाल्दै प्ले अफको आशा कायमै राखेको थियो । जक्रममा दिल्लीलाई ८८ रन र बेंगलोरलाई ५ विकेटले पराजित गरेको थियो । हैदराबाद मुम्बईलाई हराउदै प्ले अफमा स्थान पक्का गर्न चाहन्छ । ओपनर ऋद्धिमान शाह राम्रो लयमा देखिएका छन् । शाहले दिल्लीविरुद्ध ८७ र बेंगलोरविरुद्ध ३९ रन जोडेका थिए । कप्तान डेभिड वार्नर हैदराबादका ब्याटिङका प्रमुख हतियार हुन् । उनको प्रर्दशन हैदराबादलाई महत्वपूर्ण हुने छ ।

हैदराबादले मुम्बईलाई हराउन शीर्षक्रमका ब्याट्सम्यानको प्रर्दशनले मात्र पर्याप्त हुँदैन । मध्यक्रमका केन विलियम्सन र मनिष पान्डेलाई पनि उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । तल्लोक्रममा जेसन होल्डर, अब्दुल सामद र अभिषेक शर्माले पनि त्यतिनै उत्कृष्ट अन्त्य गर्नुपर्ने हुन्छ ।

बलिङमा सन्दीप शर्मा र टि नटराजनको तीव्र गतिको जोडीले लगातार विकेट लिदै राम्रो प्रर्दशन गर्दै आएका छन् । नटराजन योर्करका लागि सिपालु छन् । जेसन होल्डरको आगमनले हैदराबादको बलिङ युनिट थप मजबुत बनेको छ । होल्डरले खेलेका ४ खेलमा ८ विकेट लिएका छन् । राशिद खान हैदराबादका प्रमुख बलिङ हतियार हुन् । राशिदले जारी आइपिएलमा १८ विकेट लिएका छन् । उनको प्रर्दशन हैदराबादलाई निकै महत्वपूर्ण हुने छ । मुम्बईको मध्यक्रम कमजोर बनाउन राशिदको प्रर्दशन निकै महत्वपूर्ण हुने अनुमान गरिएको छ ।

उपाधिको दाबेदार मुम्बई लिग चरणको अन्तिम खेल जितका साथ अन्त्य गर्न चाहन्छ । पछिल्लो खेलमा दिल्लीलाई ९ विकेटले हराएको मुम्बईको मनोबल उच्च छ । खुट्टामा चोट बोकेका कप्तान रोहित शर्मा उपलब्ध हुने सम्भावना न्यून छ । पोलार्डले कप्तानी सम्हाल्ने छन् । ईशान किशन, क्विन्टन डी कक र सूर्यकुमार यादवको उत्कृष्ट लयको सहयोगले लगातार उच्च प्रर्दशन गर्दै आएको छ । यी तीन ब्याट्सम्यानको प्रर्दशन मुम्बईलाई महत्वपूर्ण हुने छ ।

तल्लोक्रममा काइरन पोलार्ड, हार्दिक पान्ड्या र क्रुनाल पान्ड्या हुँदा ब्याटिङमा गहिराई छ । तीव्र गतिका बलर ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह मुम्बईका प्रमुख हतियार हुन् । जारी सिजनमा उच्च प्रर्दशन गरेका बुमराहले २३ र बोल्टले २० विकेट लिएका छन् । बोल्टले पावर प्ले र बुमराहले डेथ ओभरमा लगातार उच्च प्रर्दशन गरेको हुँदा मुम्बईको बलिङ हतियार बलियो छ । स्पिनर राहुल चहरले पनि राम्रो प्रर्दशन गर्दै आएको छन् ।

मुम्बई क्वालिफायरमा पुगि सकेको हुदा आजको नतिजाले कुनै फरक नपार्ने हुँदा केहि प्रमुख खेलाडीलाई बिश्राम दिन सक्छ । डी ककलाई बिश्राम दिदै अष्ट्रेलियाका ओपनर क्रिस लिनलाई मौका दिन सक्छ । दिल्लीविरुद्ध हार्दिकलाई बिश्राम दिदै जयन्त यादवलाई मौका दिएको थियो । बोल्टलाई बिश्राम दिदै मिचेल म्याकलेनघानलाई मौका दिन सक्छ ।

बोल्ट र बुमराह मध्य एकलाई बिश्राम दिन सक्ने सम्भावना देखिन्छ । दुबैलाई बिश्राम दिदा बलिङ कमजोर बन्न जान्छ । बुमराहलाई बिश्राम दिदै धवन कुलकर्णीलाई खेलाउन सक्छ । त्यस्तै नाथन कुल्टर नाइलको स्थानमा वेस्टइन्डिजका अलराउन्डर शेर्फान रदरफोर्डलाई पहिलो खेलको मौका दिन सक्छ ।

आइपिएलमा यी दुई टोलीबीच कुल १५ खेल भएको छ । जसमा मुम्बई ८ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ । जारी सिजनमा लिग चरणको पहिलो खेलमा मुम्बईले हैदराबादलाई ३४ रनले हराएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.