default_image

5 years ago

November 3, 2020

राजस्थान बाहिरिनुको प्रमुख तीन कारण

121 views

0 Bookmark

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा उत्कृष्ट सुरुवात गरेपनि कमजोर अन्त्य गरेपछि राजस्थान रोयल्स पुछारमा रहेर लिग चरणबाटै बाहिरिएको छ ।

पहिलो संस्करणको च्याम्पियन राजस्थान यस सिजनमा १४ खेलमा ८ मा हार र ६ मा जित सहित १२ अंक जोड्दै पुछारमा रहेर आफ्नो यात्रा अन्त्य गर्यो । स्टिभ स्मिथको कप्तानीमा रहेको राजस्थान सुरुवाती दुई खेलमा उत्कृष्ट जित निकालेको थियो । पहिलो खेलमा चेन्नईलाई १६ रनले हराउँदा पन्जाबमाथि रोमान्चक ४ विकेटको जित दर्ता गर्यो । पन्जाबले प्रस्तुत गरेको २ सय २४ रनको विशाल लक्ष्य तीन बल अगाडि पूरा गर्दै सनसनीनै मच्चाएको राजस्थानले त्यसपछि भने लगातार चार खेलमा जित निकाल्न सकेन ।

कोलकातासँग ३७ रन, बेंगलोरसँग ८ विकेट, मुम्बईसँग ५६ र दिल्लीसँग ४६ रनले पराजित भएको थियो । हैदराबादलाई ५ विकेटले हराउँदै खेलमा फर्किने संकेत देखाएको थियो । तर दिल्लीसँग १३ रन र बेंगलोरसँग ७ विकेटले पराजित हुँदै प्ले अफ कठिन बनेको थियो । चेन्नईलाई ७ विकेटले हराउँदा हैदराबादसँग ८ विकेटले हार्न पुग्यो । तर अन्य टोलीको नतिजा आफूअनुकु आउँदा प्ले अफको सम्भावना कायमै रहेको थियो ।

मुम्बईलाई ८ विकेट र पन्जाबलाई ७ विकेटले पराजित गर्दै प्ले अफको सम्भावना कायमै राखेको थियो । तर जित्नै पर्ने अन्तिम खेलमा कोलकातासँग ६० रनले पराजित भएपछि अघिल्लो चरण समाप्त हुन पुग्यो । समग्रमा राजस्थान लिग चरणबाटै बाहिरिनुका प्रमुख तीन कारण यस प्रकार छन् ।

३. बलिङमा आर्चरले साथ नपाउनु

यस सिजनको आइपिएलमा राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चर बाहेक अन्य खेलाडीको प्रर्दशन कमजोर रह्यो । आर्चरले कुल २० विकेट लिए । इकोनमी ६.५५ रह्यो । तर अन्य बलरको प्रर्दशन निकै कमजोर रह्यो । कार्तिक त्यागिले ९ खेलमा १० विकेट लिए । उनको इकोनमी ९.६१ रह्यो । जयदेव उनादकटले ७ खेलमा ४ विकेट लिए । उनादकटको इकोनमी ९.९१ रह्यो ।

अंकित राजपुतले ६ खेलमा २ विकेट लिए । इकोनमी झन्डै १२ को रह्यो । बरुण आरोनले ३ खेलमा विकेट लिन सकेनन् । टम करनले ५ खेलमा ३ विकेट लिएका थिए । आर्चरको चार ओभर छोड्ने हो भने अन्य कुनैपनि तीव्र गतिका बलरले खेलमा पकड जमाउन सकेनन् । दुई स्पिनर श्रेयस गोपाल र राहुल टेवाटियाले १०–१० विकेट लिए ।

आर्चरलाई साथ दिने अन्य एक तीव्र गतिको राम्रो बलर भएको भए नतिजा सायद अकै आउन सक्थ्यो । तर राजस्थानमा त्यसो हुन सकेन । राजस्थानले हारेका ८ खेल मध्य ५ खेल लक्ष्य पछ्याउँदा थिए । तीन हार राजस्थानले योगफल बचाउन नसक्दा थियो । राजस्थान बेंगलोरसँग लिग चरणको पहिलो खेलमा ८ विकेटले पराजित भएको थियो । उक्तक्रममा १ सय ५५ रनको लक्ष्य बेंगलोरले ५ बल अगाडि २ विकेटको क्षतिमा पूरा गरेको थियो । आर्चरले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए । यो एक उदाहरण मात्रै हो । यसरीनै आर्चरले खेलमा साथ पाउन सकेनन् । आर्चरले राम्रो साथ पाउँथे भने राजस्थानले प्ले अफमा स्थान बनाउन सक्थ्यो ।

२. शीर्षक्रममा निर्भर ब्याटिङ

राजस्थानको जितमा शीर्षक्रमका ब्याट्सम्यानको प्रर्दशन निर्भर रह्यो । सुरुवाती दुई खेलमा जित दिलाउन सन्जु स्यामसन र स्टिभ स्मिथले अर्ध शतक प्रहार गरेका थिए । दुबै खेलमा स्यामसन प्लेयर अफ द म्याच चुनिएका थिए । लगातार चार हार हार्नुको प्रमुख कारण स्मिथ र स्यामसनको कमजोर प्रर्दशन थियो । हैदराबादलाई हराउन तल्लोक्रमका राहुल टेवाटिया र रियान परागले उच्च प्रर्दशन गरेका थिए । चेन्नईलाई ७ विकेटले हराउन मध्यक्रमका जस बटलरले ७० रननको इनिङ खेलेका थिए । मुम्बईलाई ८ विकेटले हराउन स्टोक्सले ओपनिङ गर्दै शतक प्रहार गरेका थिए ।

पन्जाबविरुद्ध पनि ओपनरहरुको उच्च प्रर्दशन थियो । समग्रमा हेर्दा राजस्थानको जितमा शीर्षक्रम ब्याट्सम्यानको बढि योगदान छ । राजस्थानको सबै हारमा शीर्षक्रमका ब्याट्सम्यानको प्रर्दशन कमजोर छ । जारी सिजनमा राजस्थानबाट तीन ब्याट्सम्यानले ३ सय भन्दा बढी रन बनाए । जस बटलर २ सय २८, सन्जु स्यामसन ३ सय ७५ र कप्तान स्टिभ स्मिथ ३ सय ११ रन जोडेका थिए । जसले गर्दा मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले उच्च प्रर्दशन गर्न सकेको भए सम्भव त राजस्थान प्ले अफमा पुग्न सक्थ्यो ।

१. स्टोक्स सुरुमा उपलब्ध नहुनु

इंग्ल्यान्डका चर्चित अलराउन्डर बेन स्टोक्स आफ्नो बिरामी बुबाको हेरचाहको लागि न्युजिल्यान्डमा रहँदा सुरुवाती आइपिएल गुमाएका थिए । स्टोक्सले सुरुवाती ६ खेल गुमाएका थिए । उक्त ६ खेल मध्य ४ मा राजस्थान पराजित भएको थियो । स्टोक्सले हैदराबादविरुद्ध पहिलो खेल खेलेका थिए । उक्त खेलमा राजस्थान ५ विकेटले विजयी हुँदै लगातार चार खेलेको हारको सिलसिला रोकेको थियो । स्टोक्सले खेलेका कुल ८ खेल मध्य चार खेलमा राजस्थान विजयी भयो । जसमा स्टोक्स दुई खेलमा लगातार प्लेयर अफ द म्याच चुनिए ।

मुम्बईले प्रस्तुत गरेको १ सय ९६ रनको विशाल विजयी लक्ष्य पछ्याउने क्रममा राजस्थानले १८.२ ओभरमै जित निकालेको थियो । जसक्रममा स्टोक्स १ सय ७ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिएका थिए । पन्जाबलाई ७ विकेटले हराउन पनि स्टोक्सले अलराउन्ड प्रर्दशन गर्दै प्लेयर अफ द म्याच चुनिएका थिए । १ सय ८५ रनको लक्ष्य राजस्थानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । जसक्रममा स्टोक्सले आक्रामक ५० रन जोड्नुको साथै २ विकेट लिएका थिए । समग्रमा स्टोक्सले ८ खेलमा २ सय ८५ रन बनाउँदा २ विकेट लिए । सायद स्टोक्स सुरुवात देखिनै आइपिएल खेल्थे भने राजस्थानको नतिजा अर्कै हुन सक्थ्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.