default_image

5 years ago

November 3, 2020

विलियम्सको शतकमा पाकिस्तानलाई बलियो लक्ष्य

165 views

0 Bookmark

एजेन्सी – अनुभवी ब्याट्सम्यान शन विलियम्सको उत्कृष्ट शतकमा जिम्बावेले तेस्रो तथा अन्तिम एकदिवसिय खेलमा घरेलु टोली पाकिस्तानलाई २ सय ७९ रनको बलियो लक्ष्य
दिएको छ ।

रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७८ रन बनायो । जिम्बावेलाई बलियो योगफलमा पुर्याउन मध्यक्रमका विलियम्स १ सय ३५ बलमा १३ चौका र १ छक्का सहित १ सय १८ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेले ।

विलियम्सले १ सय २६ बलमा आफ्नो करिअरको चौथो शतक पुरा गरेका थिए । खराब सुरुवात गरेको जिम्बावेलाई विलियम्सले शतक प्रहार गर्दै बलियो योगफलमा पुर्याएका हुन् । एक समय २२-३ को अवस्थामा रहेको जिम्बावेलाई विलियम्स र टेलरको साझेदारीले उकासेको थियो ।

ओपनर ब्रायन चारी ९ रनमा आउट हुँदा कप्तान चामु चिभाभा शुन्यमा आउट भए । ब्रेन्डन टेलर ६८ बलमा ८ चौका सहित ५६ रनको योगदान दिए । वेस्ले मधेभरे ३१ बलमा ४ चौका सहित ३३ रनमा आउट भए । तल्लोक्रममा सिकन्दर राजा ३६ बलमा ४ चौका र १ छक्का सहित ४५ रनमा बोल्ड आउट भए ।

पाकिस्तानका युवा तिव्र गतिका बलर मोहम्मद हसनैनले १० ओभरमा ३ मेडन सहित २६ रन खर्चेर शिर्षक्रमका प्रमुख ५ विकेट लिए । उनले एक दिवसीय खेलमा पहिलो पटक पाँच विकेट लिएका हुन् । वहाब रियाजको नाममा एक विकेट रह्यो । अन्य बलरले विकेट लिन सकेनन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.