5 years ago
November 3, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले शीर्षस्थानको मुम्बई इन्डियन्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

शारजाह क्रिकेट स्टेडियममा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । घाईते रोहित शर्मा आज टोलीमा फर्किएका छन् । कप्तान रोहित टोलीमा फर्किदा मुम्बईको ब्याटिङ थप मजबुत बन्ने छ । रोहित टोलीमा फर्कंदा जयन्त यादव बेन्चमा बसेका छन् ।
मुम्बईले आजको खेलमा टोलीमा तीन परिवर्तन गरेको छ । जयन्त यादवको स्थानमा रोहित टोलीमा फर्किएका छन् । प्रमुख तीव्र गतिका बलर जस्प्रित बुमराह र ट्रेन्ट बोल्ट दुवैलाई आजको खेलमा विश्राम दिएको छ । बुमराहलाई बिश्राम दिदा धवन कुलकर्णीलाई मौका दिएको छ । बोल्टलाई विश्राम दिदा जेम्श प्याटिनसनलाई मौका दिएको छ । हैदराबादले टोलीमा एक परिवर्तन गर्दै अभिषेक शर्माको स्थानमा प्रियम गर्गलाई मौका दिएको छ ।
मुम्बई शीर्षस्थानमा रहँदै प्लेअफका साथ क्वालिफायरमा स्थान पक्का गरेको हुँदा उसलाई प्रतिष्ठाको लडाईंमात्र हुने छ । १३ खेलमा १२ अंकका साथ पाँचौ स्थानमा रहेको हैदराबादलाई प्लेअफमा स्थान बनाउन मुम्बईविरुद्ध स्पष्ट जितको आवश्यक पर्दछ । कोलकाता १४ खेलमा १४ अंकका साथ चौथो स्थानमा छ ।
हैदराबाद विजयी भएमा नेट रनरेटको आधारमा कोलकाता लिग चरणबाट बाहिरिने छ । कोलकाता नेट रनरेट –०.२१४ र हैदराबादको ०.५५५ छ । हैदराबाद पराजित हुँदा कोलकाता प्ले अफमा पुग्ने छ । तेस्रो स्थानमा रहँदै रोयल च्यालेन्जर्स बेंगलोरले प्ले अफमा स्थान पक्का गरिसकेको छ । आजको नतिजाले प्ले अफ समिकरण पूरा हुने छ ।
हैदराबादको प्लेइङ ११ – डेभिड वार्नर (कप्तान), केन विलियम्सन, मनिष पान्डे, प्रियम गर्ग, ऋद्धिमान शाह (विकेटकिपर) , अब्दुल सामद , जेसन होल्डर, राशिद खान, सन्दीप शर्मा , टि नटराजन र शहबाज नदीम ।
मुम्बईको प्लेइङ ११ – काइरन पोलार्ड, क्विन्टन डी कक (विकेटकिपर), सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, रोहित शर्मा (कप्तान) , सौरभ तिवारी , नाथन कुल्टर नाइल, राहुल चहर, जेम्श प्याटिनसन र धवन कुलकर्णी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]