default_image

5 years ago

November 3, 2020

जिम्बावेले पाकिस्तानलाई सुपर ओभरमा हरायो

181 views

0 Bookmark

एजेन्सी – जिम्बावे पाकिस्तानसँगको तेस्रो तथा अन्तिम ओडिआई खेलमा सुपर ओभरमा विजयी भएको छ । मंगलबार तेस्रो तथा अन्तिम खेलमा जिम्बावेले घरेलु टोली पाकिस्तानलाई सुपर ओभरमा पराजित गर्दै क्लिनस्विप हुनबाट बचेको छ । जिम्बावेको सुपर ओभरको जितसँगै तीन ओडिआई सिरिजको खेल २–१ म सकिएको छ ।

सुपर ओभरमा पाकिस्तानबाट ब्याटिङका लागि इफ्तिखर अहमद र खुशदील शाह ब्याटिङका लागि मैदान छिरेका थिए । पहिलो बलमै मुजाराबानीले इफ्तिखर शून्यमा क्याच आउट भए । दोस्रो बलमा खुशदीलले एक रन बटुले । तेस्रो बलमा फखर जमानले एक रन बटुल्दा चौथो बलमा खुशदील बोल्ड आउट भएपछि जिम्बावेले जितको लागि सामान्य ३ रन आवश्यक परेको थियो ।

जिम्बावेका ब्रेन्डन टेलर र सिकन्दर राजा ब्याटिङमा आएका थिए । शाहिन अफ्रिदीको पहिलो बलमा टेलरले एक रन बटुले । दोस्रो बल राजाले डट खाए । तेस्रो खेलमा चौका प्रहार गर्दै जित पक्का गराए । जितका लागि २ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली पाकिस्तानले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ७८ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । पाकिस्तानलाई अन्तिम दुई ओभरमा जितको लागि २० रन चाहिएको थियो ।

मुजाराबानीलाई ४९ औं ओभरको दोस्रो बलमा बाबर आजमले छक्का प्रहार गर्दै जित नजिक पुर्याएका थिए । तर यसै ओभरको पाँचौ बलमा शाहिन अफ्रिदी सिकन्दर राजा र बाबर आजम अन्तिम बलमा विकेटकिपर टेलरबाट क्याच आउट खेल रोमान्चक मोडमा पुगेको थियो । अन्तिम ओभरमा १३ रन चाहिँएको थियो । जसक्रममा अन्तिम बलमा जितको लागि पाँच रन चाहिँएको अवस्थामा मुहम्मद मुसाले रिचर्ड नगारावालाई चौका प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले १ सय २५ बलमा १३ चौका र १ छक्का सहित १ सय २५ रनको इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् । बाबरको यो ओडिआई करिअरको १२ औं शतक हो । बाबरले शतक १ सय ५ बलमा पूरा गरेका थिए । वहाब रियाज ५६ बलमा ३ चौका र ३ छक्का सहित ५२ रनमा क्याच आउट भए । कमजोर सुरुवात गरेको पाकिस्तानलाई सातौं विकेटका लागि बाबर र वहाबले ९५ बलमा एक सय रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

पहिलो ओभरको तेस्रो बलमै मुजाराबानीले उमाम उल हकलाई ४ रनमा बोल्ड आउट गरेका थिए । दोस्रो ओभरको दोस्रो बलमा फखर जमानलाई रिचर्ड नगारावाले २ रनमा एलबिडब्लू आउट गरेका थिए । युवा ब्याट्सम्यान हैदर अली १३ रनमा रिचर्डको एलबिडब्लू आउट शिकार बनेपछि पाकिस्तान ३.१ ओभरमा २०–३ को कमजोर अवस्थामा पुगेको थियो ।

मोहम्मद रिजवानलाई १० र इफ्तिखर अहमदलाई १८ रनमा डोनाल्ड तिरिपानोले बोल्ड आउट गरेपछि पाकिस्तान १७.३ ओभरमा ८८–५ को कमजोर अवस्थामा पुगेको थियो । डेब्यू खेल खेलेका खुशदील शाह ४८ बलमा ४ चौका सहित ३३ रनमा क्याच आउट भए ।

जिम्बावेको जितमा नायक बनेका मुजाराबानीले १० ओभरमा १ मेडन सहित ४९ रन खर्चेर ५ विकेट लिए । डोनाल्ड तिरोपानोले ७ ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । रिचर्ड नगारावाले ९ ओभरमा ६२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि रावलपिन्डी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७८ रन बनाएको थियो । जिम्बावेका मध्यक्रमका शन विलियम्स १ सय ३५ बलमा १३ चौका र १ छक्का सहित १ सय १८ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए ।

विलियम्सले १ सय २६ बलमा आफ्नो करिअरको चौथो शतक पुरा गरेका थिए । खराब सुरुवात गरेको जिम्बावेलाई विलियम्सले शतक प्रहार गर्दै बलियो योगफलमा पुर्याएका थिए। एक समय २२-३ को अवस्थामा रहेको जिम्बावेलाई विलियम्स र टेलरले चौथो विकेटका लागि ८४ रनको साझेदारी गर्दै इनिङ उकासेको थिए । वेस्ले मधेभरे र विलियम्सले पाँचौ विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए ।

ओपनर ब्रायन चारी ९ रनमा आउट हुँदा कप्तान चामु चिभाभा शून्यमा आउट भए । ब्रेन्डन टेलर ६८ बलमा ८ चौका सहित ५६ रनको योगदान दिए । वेस्ले मधेभरे ३१ बलमा ४ चौका सहित ३३ रनमा आउट भए । तल्लोक्रममा सिकन्दर राजा ३६ बलमा ४ चौका र १ छक्का सहित ४५ रनमा बोल्ड आउट भए । राजा र विलियम्सले छैटौं विकेटका लागि महत्वपूर्ण ९६ रनको साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए ।

पाकिस्तानका युवा तीव्र गतिका बलर मोहम्मद हसनैनले १० ओभरमा ३ मेडन सहित २६ रन खर्चेर शीर्षक्रमका प्रमुख ५ विकेट लिए । उनले एक दिवसीय खेलमा पहिलो पटक पाँच विकेट लिएका हुन् । वहाब रियाजको नाममा एक विकेट रह्यो । अन्य बलरले विकेट लिन सकेनन् ।

पहिलो खेलमा पाकिस्तान २६ रन र दोस्रोमा ६ विकेटले विजयी भएको थियो । पाकिस्तान र जिम्मबावेबीच तीन टि२० आईको सिरिज हुने छ । पहिलो खेल शनिबार, दोस्रो आइतबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.