default_image

5 years ago

November 3, 2020

सन्दीप चम्कँदा प्लेअफ पुग्न हैदराबादलाई मध्यम लक्ष्य

150 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर सन्दीप शर्माको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई प्लेअफमा पुग्न मुम्बई इन्डियन्सले १ सय ५० रनको मध्यम लक्ष्य दिएको छ ।

लिग चरणको अन्तिम खेलमा शारजाहमा टस हारेर ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । मुम्बईलाई मध्यम योगफल सम्म पुर्याउन तल्लोक्रमका ब्याट्सम्यान काइरन पोलार्ड २५ बलमा २ चौका र ४ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए ।

तेस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर सन्दीप शर्माले कप्तान रोहित शर्मालाई कप्तान डेभिड वार्नरबाट ४ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । पाँचौ ओभरको चौथो बलमा सन्दीपलेनै अर्का ओपनर क्विन्टन डी ककलाई २५ रनमा बोल्ड आउट गरे । डी ककले १३ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।

तेस्रो विकेटका लागि इशान किशन र सूर्यकुमार यादवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । तर १२ औं ओभरको पहिलो बलमा शहबाज नदीमले विकेटकिपर ऋद्धिमान शाहबाट यादवलाई ३६ रनमा क्याच गराउँदै खेलमा फर्काएका थिए । यादवले २९ बलमा ५ चौका प्रहार गरे । नदीमले दुई बलपछि क्रुनाल पान्ड्यालाई केन विलियम्सनबाट शून्यमा क्याच आउट गराएपछि मुम्बई ८१–४ को कमजोर अवस्थामा पुगेको थियो ।

राशिद खानले १३ औं ओभरको पहिलो बलमा सौरभ तिवारीलाई शाहबाट एक रनमा क्याच आउट गराएका थिए । सन्दीपले १७ औं ओभरको तेस्रो बलमा किशनलाई ३३ रनमा बोल्ड आउट गरे । किशनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे । नाथन कुल्टर नाइल एक रनमा आउट भए । अन्तिम ओभरको तेस्रो बलमा जेसन होल्डरले पोलार्डलाई फुलटस बलमा बोल्ड आउट गरेका थिए । जेम्स प्याटिनसन ४ रनमा अविजित रहे ।

हैदराबादका सन्दीप शर्माले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । शहबाज नदीमले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । हैदराबाद विजयी भएमा प्ले अफमा पुग्ने छ भने पराजित भएमा कोलकाता नाइट राइडर्सले प्ले अफमा स्थान बनाउने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.