default_image

5 years ago

November 3, 2020

मुम्बईलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा

179 views

0 Bookmark

एजन्सी – सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफमा पुगेको छ ।

मंगलबार राती हैदराबादले मुम्बईलाई १० विकेटले पराजित गर्दै प्ले अफमा स्थान बनाउँदा कोलकाता नाइट राइडर्स भने लिग चरणबाटै बाहिरिएको छ । जितका लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १७.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । हैदराबादको सानदार जितमा कप्तान डेभिड वार्नर ५८ बलमा १० चौका र छक्का १ सहित ८५ रनमा अविजित रहे । अर्का ओपनर ऋद्धिमान शाह ४५ बलमा ७ चौका र १ छक्का सहित ५८ रनमा अविजित रहे ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । मुम्बईका काइरन पोलार्ड २५ बलमा २ चौका र ४ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिए ।

तेस्रो ओभरको तेस्रो बलमा तीव्र गतिका बलर सन्दीप शर्माले कप्तान रोहित शर्मालाई कप्तान डेभिड वार्नरबाट ४ रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाएका थिए । पाँचौ ओभरको चौथो बलमा सन्दीपलेनै अर्का ओपनर क्विन्टन डी ककलाई २५ रनमा बोल्ड आउट गरे । डी ककले १३ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए ।

तेस्रो विकेटका लागि इशान किशन र सूर्यकुमार यादवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । तर १२ औं ओभरको पहिलो बलमा शहबाज नदीमले विकेटकिपर ऋद्धिमान शाहबाट यादवलाई ३६ रनमा क्याच गराउँदै खेलमा फर्काएका थिए । यादवले २९ बलमा ५ चौका प्रहार गरे । नदीमले दुई बलपछि क्रुनाल पान्ड्यालाई केन विलियम्सनबाट शून्यमा क्याच आउट गराएपछि मुम्बई ८१–४ को कमजोर अवस्थामा पुगेको थियो ।

राशिद खानले १३ औं ओभरको पहिलो बलमा सौरभ तिवारीलाई शाहबाट एक रनमा क्याच आउट गराएका थिए । सन्दीपले १७ औं ओभरको तेस्रो बलमा किशनलाई ३३ रनमा बोल्ड आउट गरे । किशनले ३० बलमा १ चौका र २ छक्का प्रहार गरे । नाथन कुल्टर नाइल एक रनमा आउट भए । अन्तिम ओभरको तेस्रो बलमा जेसन होल्डरले पोलार्डलाई फुलटस बलमा बोल्ड आउट गरेका थिए । जेम्स प्याटिनसन ४ रनमा अविजित रहे ।

हैदराबादका सन्दीप शर्माले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । शहबाज नदीमले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।

समान १४ अंक भएपनि नेटरनरेटको आधारमा हैदराबादले कोलकातालाई पछि पार्दै अन्तिम चारमा रहेर प्ले अफमा स्थान बनाएको । समान १४ अंक भएपनि नेटरनरेटको आधारमा हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहँदै प्ले अफमा पुग्दा कोलकाता पाँचौं स्थानमा रहेर बाहिरियो ।

पहिलो क्वालिफायरमा शीर्षस्थानको मुम्बई इन्डियन्स र दोस्रो स्थानको दिल्ली क्यापिटलसबीच प्रतिस्पर्धा हुने छ । एलिमिनेटरमा तेस्रो स्थानको हैदराबाद र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुने छ ।

आइपिएल २०२० को पूर्ण अंक तालिका

मुम्बई १४ खेलमा ९ मा जित र ४ मा हार सहित १८ अंकका साथ शीर्षस्थानमा रह्यो । दिल्ली १४ खेलमा ८ मा जित र ६ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा लिग चरण अन्त्य गर्यो । सनराइजर्स हैदराबाद १४ खेलमा समान ७ मा जित र हार सहित १४ अंकका साथ तेस्रो स्थानमा रह्यो । रोयल च्यालेन्जर्स बेंगलोर १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ चौथो स्थानमा रह्यो ।

कोलकाता १४ खेलमा ७ मा हार र ६ मा जित सहित १४ अंक भएपनि नेट रनरेटको कारण पाँचौ स्थानमा रहँदै बाहिरिएको छ । किंग्स इलेभेन पन्जाब १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ छैटौं स्थानमा रहँदै बाहिरियो । चेन्नई १४ खेलमा ६ मा जित र ८ मा हार सहित १२ अंकका साथ सातौं स्थानमा रहेर पहिलो पटक लिग चरणबाटै बाहिरिनु पर्यो । राजस्थान १४ खेलमा ६ मा जित र ८ मा हार बेहोर्दै १२ अंकका साथ पुछारमा रहँदैे बाहिरियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.