default_image

5 years ago

November 3, 2020

आइपिएल २०२० को प्लेअफ समिकरण पूरा

137 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को प्ले अफ समिकरण पूरा भएको छ । मंगलबार राती लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्सलाई १० विकेटले हराएसँगै प्ले अफ समिकरण पूरा भएको हो ।

आइपिएल २०२० मा मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बेंगलोरले प्ले अफमा स्थान बनाएका छन् । कोलकाता नाइट राइडर्स, किंग्स इलेभेन पन्जाब, चेन्नई सुपर कंग्स र राजस्थान रोयल्स लिग चरणबाट बाहिरिने चार टोली बनेका छन् ।

आइपिएलको शीर्ष स्थानमा मुम्बई १४ खेलमा १८ अंकका साथ रह्यो । दिल्ली १४ खेलमा १६ अंकका साथ दोस्रो स्थानमा रह्यो । फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा बिहिबार मुम्बई र दिल्लीबीच प्रतिस्पर्धा हुने छ । दिल्ली र मुम्बईबीचको पहिलो क्वालिफायर बिहिबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा हुने छ । विजेता टोली सोझै फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले पुन फाइनल प्रवेश गर्न प्रतिस्पर्धा गर्न अवसर रहने छ ।

एलिमिनेटर खेलमा तेस्रो स्थानको हैदराबाद र चौथो स्थानको बेंगलोरबीच शुक्रबार शेख जायद स्टेडियम आबूधाबीमा प्रतिस्पर्धा हुने छ । जसको विजेताले पहिलो क्वालिफायरको पराजित हुने टोली मुम्बई वा दिल्ली मध्य एक सँग फाइनल प्रवेशको लागि आबूधाबीमा आइतबार दोस्रो क्वालिफायर खेल्ने छ । फाइनल मंगलबार दुबईमा हुने छ ।

मुम्बई लगातार दोस्रो तथा समग्र पाँचौं पटक उपाधि जित्ने सोचमा हुने छ । दिल्ली पहिलो पटक फाइनलमा पुग्दै उपाधि जित्न चाहन्छ । बेंगलोर पनि पहिलो उपाधि जित्न चाहन्छ । हैदराबादलाई दोस्रो उपाधिको अवसर छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.