default_image

5 years ago

November 4, 2020

सन्दीपले बिग ब्यासमा नयाँ टोलीबाट खेल्ने

247 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अर्को महिना देखि सुरुहुने अष्ट्रेलियाको चर्चित बिग ब्यास लिग टि२० प्रतियोगिता २०२०/२१ मेलबर्न स्टार्सबाट नखेल्ने भएका छन् ।

यसअघिका दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नविकरण भएको छैन । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि सन्दीपले नयाँ टोलीबाट बिग ब्यास लिग खेल्ने बताएका छन् । तर टोली भने अझै टुङ्गो लागेको छैन ।

नयाँ टोलीसँगको सम्झौता भने अन्तिम चरणमा पुगेको र केहि दिनमा सार्वजनिक हुन सक्ने बुझिएको छ । ‘कुन टोलीबाट खेल्ने अझै निश्चित भएको छैन । मेलबर्न स्टार्सबाट यो सिजन हुँदैन । अरुनै टोलीबाट हुने भएकोले पनि समय लागेको हो । अन्य टोलीमा कुरा भइरहेको छ । त्यसको लागि समय मिलाई रहेका छौं । फाइनल भने अझै भएको छैन । यो हप्ता सम्म सम्झौता हुनसक्छ’, शिवाकोटीले हाम्रो खेलकुदसँग भने ।

सन्दीपले सन् २०१८ मा स्टार्सबाट ८ खेलमा ११ विकेट लिएका थिए । सन् २०१९ मा १३ खेलमा १५ विकेट लिएका छन् । मेलबर्न स्टार्स बाहेक अन्य टोलीले विदेशी खेलाडीको सम्झौता नविकरण र नयाँ खेलाडी अनुबन्ध थालि सकेका छन् ।

यस सिजनमा सन्दीपले होबार्ट हुरिकेन्स, सिड्नी थन्डर, सिड्नी स्कर्चर्स र पर्थ स्कोचर्स मध्य एक टोलीबाट खेल्ने सम्भावना देखिन्छ । हालसम्म एडिलेड स्टकर्सले अफगानिस्तानका राशिद खानँगको सम्झौंता नविकरण गरेको छ । त्यस्तै ब्रिसबेन हिटले अफगानिस्तानकै युवा स्पिनर मुजिब उर रहमान, इंग्ल्यान्डका टम ब्यान्टन, लुईस ग्रेगरीलाई अनुबन्ध गर्दा दक्षिण अफ्रिका एबी डि भिलियर्सलाई फुकुवा गरेको छ ।

होबार्ट हुरिकेन्सले इंग्ल्यान्डका डेविड मलानलाई अनुबन्ध गरिसकेको छ । मेलबर्न रेनेगेड्सले अफगानिस्तानका नुर अहमद, अलराउन्डर मोहम्मद नाबी र दक्षिण अफ्रिका अनुभवी स्पिनर इमरान ताहिरलाई टोलीमा अनुबन्ध गरेको छ । मेलबर्न स्टार्सले भने विदेशी खेलाडी हालसम्म अनुबन्ध गरेको छैन ।

पर्थ स्कर्चर्सले इंग्ल्यान्डका लियाम लिभिङस्टोन र जेसन रोयलाई अनुबन्ध गरेको छ । सिड्नी सिक्सर्सले इंग्ल्यान्डका टम करन र जेम्स भिन्सलाई अनुबन्ध गरेको छ । सिड्नी थन्डरले न्युजिल्यान्डका एडम मिल्ने र इंग्ल्यान्डका एलेक्स हक्सलाई टोलीमा समेटेको छ ।
यसअघिका दुबै संस्करणमा सन्दीपले पूरै खेल भने खेल्न पाएका थिएनन् ।

नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता जुधेको हुँदा उनले पूरै खेल खेल्न पाएका थिएनन् । यस पटक पनि उक्त समस्या दोहोरिने सम्भावना देखिन्छ । नेपालको अन्तर्राष्ट्रिय खेल जनवरी २०२१ मा हुने सम्भावना रहेकाले पनि बिग ब्यासमा सन्दीपले पूरा समय खेल्न नपाउन सक्छन् । अघिल्लो सिजन स्टार्सका लागि लिग चरणमा पूरा खेलेका सन्दीप प्लेअफ र फाइनलमा भने उपस्थित हुन सकेका थिएनन् । यसपटक बिग ब्यास ३ डिसेम्बर २०२० देखि ६ फेब्रुअरी २०२१ सम्म हुने तालिका छ ।

सन्दीप हाल संयुक्त अरव इमिरेट्स (यूएई) मा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सको टोलीमा रहेका छन् । लिग चरणका पूरै खेलमा सन्दीपले दिल्लीको बेन्चमै बिताएका छन् ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.