default_image

5 years ago

November 5, 2020

आइपिएलमा दक्षिण अफ्रिकी दबदबा

167 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा लिग चरणका खेल सकिँदा दक्षिण अफ्रिकाका खेलाडीहरुले उच्च प्रर्दशन छन् ।

यस सिजनको आइपिएलमा दक्षिण अफ्रिकाबाट १० खेलाडीले पाँच टोलीमा प्रतिनिधित्व गरेका थिए । उक्त पाँच मध्य तीन टोली प्ले अफमा पुगे । उक्त तीन टोली प्ले अफमा पुग्नुमा दक्षिण अफ्रिकी खेलाडीको प्रर्दशन महत्त्वपूर्ण र उच्च रहेको छ । यस सिजनको आइपिएलमा किंग्स इलेभेन पन्जाब, सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स बाहेक अन्य पाँच टोलीमा दक्षिण अफ्रिकी खेलाडी थिए ।

पछिल्लो दुई वर्षमा अन्तर्राष्ट्रिय स्तरमा दक्षिण अफ्रिका प्रर्दशन खस्केको पाइन्छ । त्यसैले दक्षिण अफ्रिका क्रिकेट बोर्डले अध्यक्ष, प्रशिक्षक देखि कप्तानसम्म परिवर्तन गरेको छ । पछिल्लो समय दक्षिण अफ्रिका क्रिकेट बोर्डमाथिको हस्तक्षेप र राजनीति पनि चर्चा रहँदै आएको छ । उता बोर्डमा किचलो रहँदा यता संयुक्त अरब इमिरेट्स (यूएई) चलि रहेको आइपिएलमा खेलाडीहरुले उच्च प्रर्दशन गरिरहेका छन् ।

यसले दक्षिण अफ्रिका सम्पूर्ण क्रिकेट समर्थक र शुभचिन्तकलाई खुसी र उर्जा थपेको छ । आगमी वर्ष भारतमा टि२० विश्वकप हुने हुँदा टोली निर्माणको लागि आइपिएलको प्रर्दशनले थप सहज बनाउने अनुमान गरिएको छ ।

प्लेअफमा पुगेका चार टोली मध्य हैदराबादमा मात्र दक्षिण अफ्रिकी खेलाडी छैनन् । शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्स, दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स र तेस्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरमा दक्षिण अफिकी खेलाडीको प्रदर्शन निर्णायक बन्दै आएको छ ।

दिल्ली र बेंगलोर दक्षिण अफ्रिकी खेलाडीमा बढी निर्भर देखिन्छन् । एबी डिभिलियर्स, फाफ डु प्लेसिस, क्विन्टन डीकक ब्याटिङमा चम्कँदा दुई युवा तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्कियाले बलिङमा जादुमयी प्रर्दशन गर्दै आएका छन् । क्रिस मोरिसले पनि अलराउन्ड प्रर्दशन गरेका छन् । डी भिलियर्सले राष्ट्रिय टोलीबाट आफ्नो सन्न्यास फिर्ता लिने हो भने दक्षिण अफ्रिकाको टोली थप मजबुत हुनेमा दुइमत छैन ।

सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डी भिलियर्सले आइपिएलमा उच्च प्रर्दशन गर्दै पूनरागमनको लागि कुनै ठाउँ बाँकी राखेका छैनन् । दक्षिण अफ्रिकी प्रशिक्षक मार्क बाउचरले डी भिलियर्स टोलीमा फर्किन आइपिएलमा उच्च प्रर्दशन गर्नुपर्ने तर्क राखेका थिए । पछिल्लो एक वर्षमा डी भिलियर्स दक्षिण अफ्रिका टोलीबाट पुन: खेल्ने इच्छा राख्दै आएका छन् ।

डी भिलियर्स टोलीको अझै पनि प्रमुख खेलाडी रहने सक्ने तर्कलाई उनको ब्याटबाट निस्किरहेको रनले प्रमाणित गरेको छ । उनी टोलीमा फर्किन्छन् वा फर्किदैनन् भन्ने समर्थक र शुभचिन्तकमा जिज्ञासा थप बढेको छ । डी भिलियर्सले १४ खेलमा १६३ को स्ट्राइक रेटमा ३ सय ९८ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन ७३ रहँदा चार अर्ध शतक सामेल छ ।

डी भिलियर्स नहुने हो भने बेंगलोरको तल्लोक्रम र मध्यक्रम निकै कमजोर हुने देखिन्छ । जारी सिजनमा डी भिलियर्स तीन पटक प्लेयर अफ द म्याच चुनिएका छन् । राजस्थान रोयल्सविरुद्ध ७ विकेटको जित दिलाउन एबी डिभिलियर्स २२ बलमा ६ छक्का र १ चौका सहित ५५ रनमा अविजित रहेका थिए । कोलकाताविरुद्ध पनि डी भिलियर्स ३३ बलमा ६ छक्का र ५ चौका सहित ७३ र मुम्बईलाई सुपर ओभरमा हराउन २४ बलमा ५५ रनमा अविजित रहँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

बेंगलोरको बलिङ समस्यामा मल्हम लगाइरहेका क्रिस मोरिसले सुरुवाती खेल चोटका कारण खेल्न सकेनन् । मोरिसले ९ खेलमा ११ विकेट लिएका छन् । जसमा इकोनमी ६.६३ छ । मोरिसले राजस्थानविरुद्ध ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिदै सस्तैमा समेटेका थिए । तीव्र गतिका बलर डेल स्टेनले भने ३ खेलमा एक विकेटमात्रै लिन सके ।

दिल्लीलाई शीर्ष दुईमा अन्त्य गराउन दुवै तीव्र गतिका बलर कागिसो रबाडा र एनरिच नोर्किया नायक बन्दै आएका छन् । यी दुई जोडीले कुल ४४ विकेट लिएका छन् । रबाडाले कुल २५ विकेट लिएका छन् । इकोनमी ८.१४ को रहँदा उत्कृष्ट प्रर्दशन ४–२४ छ । नोर्कियाले १३ खेलमा १९ विकेट लिएका छन् । जसमा इकोनमी ७.९६ रहँदा उत्कृष्ट प्रर्दशन ३–३३ छ ।

दक्षिण अफ्रिका सीमित ओभरका कप्तान तथा विकेटकिपर क्विन्टन डी ककले मुम्बईलाई शीर्षस्थानमा रहँदै क्वालिफायर गराउँदा उच्च प्रर्दशन गरे । मुम्बईबाट जारी सिजनमा सर्वाधिक रन बनाउने खेलाडी बनेका डी ककले ४ सय ४३ रन बनाएका छन् । जसमा ४ अर्ध शतक सामेल छ । दुई पटक प्लेयर अफ द म्याच चुनिएका छन् ।

चेन्नई सुपर किंग्स लिग चरणबाटै बाहिरियो । तर फाफ डु प्लेसिसले आफ्नो आलोचकलाई ब्याटबाटै राम्रो जवाफ दिए । चेन्नईबाट सर्वाधिक रन बनाउने खेलाडी बनेका डु प्लेसिसले १३ खेलमा ४ सय ४९ रन जोडेका थिए । जसमा चार अर्ध शतक सामेल रहँदा स्ट्राइक रेट १ सय ४० रह्यो । चेन्नईबाट तीव्र गतिका बलर लुन्गी एनगिडीले ४ खेलमा ९ विकेट लिए । स्पिनर इमरान ताहिरले तीन खेलमा एक विकेटमात्रै लिन सके ।

राजस्थान रोयल्स पुछारमा रहँदै लिग चरणबाट बाहिरियो । आक्रामक ब्याट्सम्यान डेभिड मिलरले चारमात्र विदेशी खेलाडीको कोटाको कारण मौका पाउन सकेनन् । राजस्थानले मिलरलाई चेन्नई सुपर किंग्सविरुद्ध मौका दिएको थियो । तर दुर्भाग्य मिलर शून्यमा आउट हुन पुगे ।

दक्षिण अफ्रिकी खेलाडीले आइपिएल लगत्तै घरेलु मैदानमा इंग्ल्यान्डसँग समान तीन ओडिआई र तीन टि२० खेलको सिरिज खेल्दैछन् । नोभेम्बर अन्तिम देखि सुरु हुने उक्त सिरिजको लागि आइपिएलको प्रर्दशनले दक्षिण अफ्रिका टोलीको मनोबल उच्च छ । उक्त इंग्ल्यान्डसँगको सिरिजसँगै दक्षिण अफ्रिकाले विश्वकपलाई टोली निर्माणको रणनीति समेत बनाउने देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.