default_image

5 years ago

November 4, 2020

दिल्लीलाई इतिहास रच्ने अवसर

178 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स नयाँ इतिहासबाट एकमदम टाढा छ । बिहिबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा चार पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई हराउन सके दिल्ली आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने छ ।

लिग चरणको समाप्तिमा अंक तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा स्थान बनाएको दिल्लीले फाइनलमा स्थान बनाउन कुनै कसुर बाँकी राख्ने छैन । यसअघि दिल्ली चार पटक फाइनल नजिक पुगेर बाहिरिएको थियो । उपाधिको दाबेदार दिल्ली यसअघिको गल्तीको पाठ सिक्दै फाइनलमा पुग्ने सपना पूरा गर्न खोज्ने छ ।

दिल्ली सन् २००८ को पहिलो संस्करणमा सेमिफाइनलमा राजस्थान रोयल्ससँग १ सय ५ रनको फराकिलो हार बेहोर्दै बाहिरिएको थियो । सन् २००९ मा को सेमिफाइनलमा दिल्ली डेकन चार्जर्ससँग ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो । सन् २०१२ मा दिल्ली प्ले अफमा पुगेको थियो । दिल्ली पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग १८ रनले पराजित भएको थियो । दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ८६ रनले पराजित भएको थियो ।

सन् २०१९ मा दिल्ली प्लेअफमा पुगको थियो । एलिमिनेटरमा सनराइजर्स हैदराबादलाई २ विकेटले हराएको दिल्लीले क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग ६ विकेटको हार बेहोर्दै बाहिरिएको थियो । यी बाहेक अन्य संस्करणमा दिल्लीले आइपिएलमा सहभागिता जनाउन र लिग चरणबाट बाहिरिन बाहेक अन्य उपलब्धी हात पार्न सकेको थिएन ।

जारी सिजनमा उत्कृष्ट सुरुवात गरेको दिल्लीले अन्तिममा लगातार चार हार बेर्होदा प्ले अफमा स्थान बनाउन संघर्ष गर्नु परेको थियो । अन्तिम खेलमा बेंगलोलाई ६ विकेटले हराउँदै क्वालिफायरमा स्थान पक्का गर्यो ।

पहिलो पटक फाइनलमा पुग्ने लक्ष्य राखेको दिल्लीलाई पछिल्ला पाँच खेलको प्रर्दशनले सहज भने देखिदैन । अर्कोतर्फ मुम्बईले पनि लगातार राम्रो प्रर्दशन गर्दै आएको छ । विशेष त दिल्लीका प्रमुख ब्याट्सम्यानको कमजोर लय अर्को चिन्ताको विषय हो ।

ओपनर पृथ्वी शा कमजोर प्रर्दशनबाट गुज्रिदा उनको मनोबल र सट छनोटमा त्यसको प्रभाव देखिन्छ । पछिल्ला ५ खेलमा उनले क्रमश : ९, १०, ०, ० र ४ रन बनाएका छन् । पृथ्वीकै कमजोर प्रर्दशनको कारण अन्तिम खेलमा दिल्लीले अजिंक्या रहाणेलाई खेलाएको थियो । अजिक्यालाई खेलाउन तीव्र गतिका बलर हर्षल पटेललाई राखेको थियो ।

कप्तान श्रेयस ऐर र ऋषभ पन्तलाई पनि उत्कृष्ट प्रर्दशनको आवश्यक देखिन्छ । ऐरले पनि पछिल्ला खेलहरुमा संघर्ष गरि रहेका छन् । उनी पछिल्लो खेलमा बेंगलोर र हैदराबादविरुद्ध ७–७ रनमा आउट भएका थिए । मुम्बईविरुद्ध २५ रन जोडेका थिए । पन्तले जारी आइपिएलमा ४० रन भन्दा माथिको इनिङ खेल्न सकेका छैनन् ।

बेंगलोरविरुद्धको रहाणे र धवनको अर्ध शतक भने दिल्लीको लागि सकरात्मक पक्ष हो । अनुभवी रहाणेलाई खेलाउँदा दिल्लीको मध्यक्रम थप मजबुत बन्ने छ । दिल्लीले मुम्बईविरुद्ध ओपनरको रुपमा स्टोइनिस र धवनलाई खेलाउन सक्छ । स्टोइनिसले अष्ट्रेलिया तथा बिग ब्यासमा ओपनिङ गर्दै राम्रो प्रर्दशन समेत गरेका छन् । दिल्लीलाई ओपनिङ समस्या समधान गर्ने यो सबैभन्दा राम्रो विकल्प हो ।

दिल्लीले भारतीय कमजोर बलिङका कारण तीन विदेशी बलर खेलाएको थियो । कागिसो रबाडाले २५, एनरिच नोर्कियाले १९ विकेट लिदा डानियल साम्स २ खेलमा विकेट लिन सकेका छैनन् । रबाडा र नोर्कियाको प्रर्दशन दिल्लीका लागि महत्वपूर्ण हुने छ । बेंगलोरविरुद्ध विकेटबिहिन बनेपनि पावर प्लेमा उत्कृष्ट सुरुवात दिलाएका थिए ।

दुबईको बाउन्ड्री ठूलो हुँदा स्पिनर नायक बन्न सक्छन् । स्पिनरलाई प्रर्दशनको लागि सहज पनि हुने छ । त्यसैले रविचन्द्रन आश्विन र अक्षर पटेलले मध्यक्रममा ८ ओभर उत्कृष्ट निकाल्न सक्न सके दिल्लीलाई धेरै सहज हुने छ ।

मुम्बईसँग दिल्लीले जारी सिजनमा लिग चरणका दुबै खेलमा हारेको छ । दुबै पटक पहिला ब्याटिङ गर्दा हारेको थियो । पहिलो खेलमा ५ विकेटले पराजित हुँदा दोस्रोमा दुबईमा ९ विकेटले पराजित भएको थियो । मुम्बईले हारेका पाँच खेल मध्य ४ पहिला ब्याटिङ गर्दा छ । जसले गर्दा दिल्लीले टस जितको खण्डमा बलिङ रोज्न उपयुक्त देखिन्छ । जसले गर्दा खेलमा टसले पनि प्रभाव पार्ने देखिन्छ । लिग चरणका अन्तिम खेलमा टसले ठूलो प्रभाव पारेको थियो ।

यी दुई टोलीबीचको हेड टु हेडमा मुम्बई अगाडि छ । यी दुई टोलीबीच कुल २६ खेल भएको छ । जसमा दिल्ली १२ खेलमा विजयी हुँदा १४ खेलमा पराजित भएको छ । मुम्बई भारतीय र विदेशी दुबैले उच्च प्रर्दशन गरेका छन् । क्विन्टन डी कक, ईशान किशन, सूर्यकुमार यादवले लगातार रन बनाउँदै आएका छन् । हार्दिक पान्ड्या र काइरन पोलार्डदेखि डेथ ओभरमा बच्न आवश्यक देखिन्छ ।

बलिङमा जस्प्रित बुमराह र ट्रेन्ट बोल्टको जोडीले उच्च प्रर्दशन गरेका छन् । बोल्टले २० र बुमराहले २३ विकेट लिएका छन् । दिल्लीले मुम्बईको मध्यक्रम कमजोर बलिङको फाइदा उठाउन सक्नुपर्छ । पावर प्लेमा बोल्ट र डेथ ओभरमा बुमराहले उच्च प्रर्दशन गरि रहँदा मध्यक्रममा भने कमजोर देखिएको छ । क्रुनाल पान्ड्याले १४ खेलमा ५ विकेट लिएका छन् । नाथन कुल्टर नाइलले ५ खेलमा ३ र जेम्श प्याटिन्सनले १० खेलमा ११ विकेट लिएका छन् । त्यसैले पहिलो पावर प्लेमा रन जोड्न हतार गर्न उपयुक्त देखिदैन ।

यता नेपाली लेग स्पिनर सन्दीप लामिछाने लिग चरणका सबै खेलमा बेन्चमा बसेका थिए । आगमी खेलमा पनि बेन्चमानै बस्ने सम्भावना छ । दिल्लीसँग उत्कृष्ट भारतीय बलर छैनन् । त्यसैले बेंगलोरविरुद्धका तीन बलरलाई निरन्तरता दिन सक्छ । मार्कस स्टोइनिस अलराउन्डरको रुपमा खेल्ने छन् । साम्सलाई बेन्चमा राखे शिम्रन हेटमायरलाई मौका दिने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.