5 years ago
November 4, 2020
एजेन्सी – इंग्ल्यान्डले यसै महिना हुने दक्षिण अफ्रिका भ्रमणको लागि आफ्नो टि२० र एक दिवसिय टोली घोषणा गरेको छ ।

इंग्ल्यान्ड समान तीन ओडिआई र टि२० आई सिरिजको लागि नोभेम्बर तेस्रो साता दक्षिण अफ्रिका भ्रमणमा निस्किने छ । ओईन मोर्गनको कप्तानीमा इंग्ल्यान्डले ओडिआई र टि२० को लागि १५-१५ सदस्य टोली घोषणा गरेको छ ।
इंग्ल्यान्डले अलराउन्डर बेन स्टोक्स, तीव्र गतिका बलर जोफ्रा आर्चर र युवा अलराउन्डर साम करनलाई एकदिवसिय खेलमा समेटेको छैन । यी तीन खेलाडीलाई विश्राम दिएको छ । युवा ब्याट्सम्यान टम ब्यान्टनलाई वैकिल्पक खेलाडीको सुचिमा राखेको छ । अनुभवी ब्याट्सम्यान जो रुटलाई टि२० टोलीमा मौका दिएको छैन ।
इंग्ल्यान्ड नोभेम्बर १६ मा दक्षिण अफ्रिका जाने छ । दक्षिण अफ्रिकासँग टि२० सिरिज खेल्नुअघि एक दिवसिय र दुई टि२० अभ्यास खेल खेल्ने छ । नोभेम्बर २१ मा एक दिवसिय अभ्यास खेल खेल्ने छ । नोभेम्बर २३ मा दुई टि२० अभ्यास खेल खेल्ने छ । एकदिवसिय कप टाउन र टि२० अभ्यास बोलान्ड पार्क पार्लमा हुने छ ।
दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको पहिलो टि२० खेल २७ नोभेम्बर र दोस्रो २९ मा हुने छ । पहिलो टि२० कप टाउन र दोस्रो पार्लमा हुने छ । तेस्रो टि२० खेल कप टाउनमा डिसेम्बर १ मा हुने छ । त्यसपछि दुबै टोलीले दुईदिन बिश्राम गर्ने छन् । पहिलो ओडिआई डिसेम्बर ४ मा कप टाउनमा हुने । दोस्रो डिसेम्बर ६ र तेस्रो तथा अन्तिम ९ मा हुने छ ।
इंग्ल्यान्डको टि२० टोली :
ओईन मोर्गन (कप्तान), जोनी बेयरस्टो, जेसन रोय, जस बटलर (विकेटकिपर), डेविड मलान, बेन स्टोक्स, साम बिलिंग्स, मोईन अली, साम करन, टम करन, जोफ्रा आर्चर, क्रिस जोर्डन, रोसी टोपली, मार्क वुड र आदिल राशिद
इंग्ल्यान्डको ओडिआई टोली :
ओईन मोर्गन (कप्तान), जोनी बेयरस्टो, जेसन रोय, जो रुट, लियाम लिभिङस्टोन, साम बिलिंग्स, जस बटलर (विकेटकिपर), मोईन अली, लुईस ग्रेगरी, टम करन, क्रिस वोक्स, आदिल राशिद, रोसी टोपली, ओली स्टोन र मार्कवुड ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]