5 years ago
November 5, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७:४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

मुम्बई १८ अंकका साथ शीर्ष र दिल्ली १६ अंकका साथ दोस्रो स्थानका साथ क्वालिफायर खेलेका हुन् । लिग चरणको दुबै खेलमा दिल्ली मुम्बईसँग पराजित भएको थियो । पहिलो खेलमा मुम्बईले दिल्लीलाई ५ विकेट र दोस्रो खेलमा ९ विकेटले हराएको थियो ।
मुम्बई लिग चरणको नतिजालाई निरन्तरता दिन चाहन्छ भने दिल्ली उक्त हारको बदला लिदै पहिलो पटक फाइनलमा प्रवेश गर्न सोचमा छ । मुम्बई रोहित शर्मा र दिल्ली श्रेयस ऐरको कप्तानीमा मैदान प्रवेश गर्ने छ । मुम्बई छैटौं र दिल्ली पहिलो पटक फाइनलमा पुग्ने रणनीति र तयारीका साथ दुबई स्टेडियममा प्रवेश गर्ने छन् ।
उपाधिका दाबेदार यी दुई टोलीबीच कडा प्रतिस्पर्धा आशा गरिएको छ । आइपिएलमा हालसम्म दिल्ली र मुम्बईबीच कुल २६ खेल भएको छ । दिल्ली १२ खेलमा विजयी हुँदा १४ खेलमा पराजित भएको छ । पछिल्ला पाँच खेलमा दिल्ली तीन खेलमा पराजित भएको छ । दिल्लीले मुम्बईविरुद्ध हालसम्म बनाएको उच्च योगफल २ सय १३ रन र सबैभन्दा कम ६६ रन छ ।

मुम्बईले दिल्लीविरुद्ध बनाएको सबैभन्दा उच्च योगफल २ सय १८ रहँदा कम ९२ रन छ । दिल्ली र मुम्बईबीचको हालसम्मको नतिजा छोटकरीमा यस प्रकार छ ।
सन् २०२० नतिजा
दिल्ली १६२–४ (२०)
मुम्बई १६६–५ (१९.४)
मुम्बई ५ विकेटले विजयी
दिल्ली ११०–९ (२०)
मुम्बई १११–१ (१४.२)
मुम्बई ९ विकेटले विजयी
२०१९ : दिल्ली ३७ रनले विजयी, मुम्बई ४० रनले विजयी
२०१८ : दिल्ली ७ विकेट र ११ रनले विजयी
२०१७ : मुम्बई १४ रन र १ सय ४६ रनले विजयी
२०१६ : दिल्ली १० रनले विजयी, मुम्बई ८० रनले विजयी
२०१५ : दिल्ली ३७ रनले विजयी, मुम्बई ५ विकेटले विजयी
२०१४ : दिल्ली ६ विकेटले विजयी, मुम्बई १५ रनले विजयी
२०१३ : मुम्बई ४४ रनले विजयी, दिल्ली ९ विकेटले विजयी
२०१२ : दिल्ली ७ विकेट र ३७ रनले विजयी
२०११ : मुम्बई ८ विकेट र ३२ रनले विजयी
२०१० : मुम्बई ९८ रन र ३९ रनले विजयी
२००९ : दिल्लीको ७ विकेट र ४ विकेटले जित
२००८ : मुम्बई २९ रनले विजयी, दिल्ली ५ विकेटले विजयी
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]