default_image

5 years ago

November 5, 2020

मुम्बईलाई हराउँदै पहिलो पटक फाइनलमा पुग्ने दिल्लीको लक्ष्य

158 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ ः ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

चार पटकको च्याम्पियन मुम्बई दिल्लीलाई हराउँदै छैटौं पटक आइपिएलको फाइनलमा पुग्न चाहन्छ । चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै दिल्ली आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने सोचका साथ मैदान प्रवेश गर्नेछ ।

मुम्बई १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंकका साथ शीर्ष स्थानमा लिग चरण अन्त्य गरेको थियो । दिल्ली १४ खेलमा ८ मा जित र ६ मा हार सहित १६ अंक जोड्दै साथ दोस्रो स्थानका साथ क्वालिफायर खेलेको हो । लिग चरणको दुबै खेलमा मुम्बई विजयी भएको थियो । मुम्बई लिग चरणमा दिल्लीलाई ९ विकेट र ५ विकेटले विजयी भएको थियो ।

आजको विजेता आइपिएलको फाइनलमा पुग्ने छ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि पुनः अवसर पाउने छ । शुक्रबार तेस्रो स्थानमा रहेको सनराइजर्स हैदराबाद र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच एलिमिनेटरमा प्रतिस्पर्धा हुने छ । विजेता पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने छ । जसको विजेता फाइनलमा प्रवेश गर्ने छ । आइपिएलको फाइनल मंगलबार दुबईमा हुने छ ।

जारी सिजनमा उपाधिको प्रमुख दाबेदार दिल्लीले सुरुवात उत्कृष्ट गरेको थियो । तर लिग चरणका अन्तिम पाँच खेल मध्य चार खेलमा लगातार पराजित भएपछि एक समय प्ले अफमा स्थान बनाउन अंक गणीतिय सम्भावना सम्म पुग्नु परेको थियो ।

अन्तिम खेलमा बेंगलोरलाई ६ विकेटले हराउँदै प्ले अफमा स्थान पक्का गर्न सफल भयो । त्यसअघि दिल्ली मुम्बईसँग ९ विकेट, हैदराबादसँग ८८ रन, कोलकातासँग ५९ रन र पन्जाबसँग ५ विकेटले पराजित हुन पुगेको थियो । दिल्ली उक्त चार हारलाई छोडेर इतिहास रच्न चाहन्छ ।

दिल्लीलाई ओपनर पृथ्वी शा को खराब लयले चिन्ता थपेको छ । शाले पछिल्ला ६ खेलमा कुल ३० रन बनाएका छन् । दुई खेलमा खाता खोल्न नसक्दा एक खेलमा मात्रै दोहोरो अंकका रन जोडेका छन् । शा को स्थान लिने दिल्लीमा अर्को वैकल्पिक ब्याट्सम्यान छैनन् । जसले गर्दा उनलाईनै निरन्तरता दिनुपर्ने बाध्यता छ । शालाई उत्कृष्ट प्रर्दशन गर्नै पर्ने दबाब छ ।

बेंगलोरविरुद्ध अर्का ओपनर शिखर धवन र तेस्रो नम्बरमा ब्याटिङ गरेका अजिंक्या रहाणेले अर्ध शतक प्रहार गरेका थिए । जुन दिल्लीको लागि सकरात्मक पक्ष हो । दुई अनुभवी ब्याट्सम्यानले क्वालिफायरको दबाबमा सम्हालिदै उच्च प्रर्दशन गर्न सक्छन् । कप्तान श्रेयस ऐर र विकेटकिपर ऋषभ पन्तको पनि पछिल्लो खेलमा प्रर्दशन राम्रो छैन ।

पन्तले यस सिजनमा अपेक्षा अनुसार प्रर्दशन गर्न सकेका छैनन् । पन्तले जारी सिजनमा एक इनिङमा ४० रन माथिको प्रर्दशन गर्न सकेका छैनन् । जसले गर्दा पन्तलाई उच्च प्रर्दशन गर्न आवश्यक र दबाब दुबै देखिन्छ । दिल्ली पन्तको स्वभाविक सट र प्रर्दशनको प्रतिक्षामा छ ।

आजको खेलमा दिल्लीले शिम्रन हेटमायरलाई बेन्चमानै राख्न सक्छ । बेंगलोरविरुद्ध बलिङ बलियो बनाउन हेटमायरलाई बेन्चमा राखेर ड्यानियल साम्सलाई खेलाएको थियो । भारतीय तीव्र गतिका बलर आवेश खान, हर्षल पटेल र तुषार देशपान्डेले लगातार खराब प्रर्दशन गर्दा दिल्लीले बेंगलोरविरुद्ध तीन विदेशी तीव्र गतिका बलर खेलाउने निर्णय लिएको थियो । जसले बलिङ युनिट बलियो देखिएको थियो ।

दक्षिण अफ्रिका कागिसो रबाडा र एनरिच नोर्किकाले जारी आइपिएलमा कुल ४४ विकेट लिएका छन् । रबाडाले २५ र नोर्कियाले १९ विकेट चट्काउँदै उच्च प्रर्दशन गरेका छन् । मुम्बईविरुद्ध यी दुबै बलरलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । नोर्किया र रबाडा दिल्लीका प्रमुख हतियार हुन् ।

स्पिनरको रुपमा दुबै अफ स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेल खेल्ने छन् । यी दुबै खेलाडी तल्लोक्रममा ब्याटिङको क्षमता समेत राख्ने गर्दछन् । तर दुबईको पिचमा बलमा योगदान दिन आवश्यक देखिन्छ । मार्कस स्टोइनिस अलराउन्डरको रुपमा खेल्नेछन् । तल्लोक्रममा दिल्लीको ब्याटिङ स्टोइनिसमाथि निर्भर रहने छ ।

बेंगलोरविरुद्ध टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बेन्चमानै बस्ने सम्भावना देखिन्छ ।

मुम्बईमा भारतीय र विदेशी खेलाडी सबैले उच्च प्रर्दशन गरेका छन् । क्विन्टन डी कक, ईशान किशन, सूर्यकुमार यादवले लगातार रन बनाउँदै आएका छन् । क्विन्टन डी ककले १४ खेलमा ४ सय ४३ रन बनाएका छन् । सूर्यकुमार यादव ४ सय १० र ईशान किशनले ४ सय २८ रन बनाएका छन् । पोलार्डले १९३ को स्ट्राइक रेटमा २२ छक्का साथ २ सय २ सय ५९ रन बनाएका छन् ।

मुम्बई एक दुई खेलाडीमा निर्भर छैन । बलिङमा जस्प्रित बुमराह र ट्रेन्ट बोल्टको जोडीले उच्च प्रर्दशन गरेका छन् । बोल्टले २० र बुमराहले २३ विकेट लिएका छन् । मुम्बईको मध्यक्रम भने केहि कमजोर देखिन्छ । क्रुनाल पान्ड्याले १४ खेलमा ५ विकेट लिएका छन् । नाथन कुल्टर नाइलले ५ खेलमा ३ र जेम्श प्याटिन्सनले १० खेलमा ११ विकेट लिएका छन् । रोहित चोटबाट फर्किएको हुँदा ठूलो इनिङ खेल्न कठिन हुन सक्छ ।

यी दुवै टोलीमा भारतीय र विदेशी खेलाडी म्याच विनरको रुपमा छन् । दुबै टोली एक वा दुई खेलाडीमा निर्भर छैन । बलिङमा रबाडाविरुद्ध बुमराह र नोर्कियाविद्ध बोल्टलाई हेरिएको छ । ब्याटिङमा डी ककविरुद्ध धवन, सूर्यकुमारविरुद्ध ऐर र पोलार्डविरुद्ध पन्तलाई हेरिएको छ । जसले गर्दा क्वालिफायरमा उच्च प्रतिस्पर्धाको अपेक्षा गरिएको छ । लिग चरणको खेलमा अपेक्षा अनुसार प्रर्दशन हुन सकेको थिएन ।

मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । सन् २०१० मा फाइनलमा चेन्नईसँग पराजित हुन पुगेको थियो । खेलेका पाँच फाइनल मध्य चारमा मुम्बईले उपाधि जितेको छ । मुम्बइ अन्तिम खेलमा हैदराबादसँग १० विकेटले पराजित भएको थियो । उक्त खेलमा हार्दिक, बुमराह र बोल्टलाई बिश्राम दिएको थियो । यी प्रमुख तीन खेलाडी आज टोलीमा फर्किने छन् ।

आजको खेलमा टसले पनि प्रभाव पार्ने देखिन्छ । जारी सिजनमा मुम्बईले हारेका पाँच मध्य चार लक्ष्य पछ्याउँदा छ । जसले गर्दा पहिला ब्याटिङ गर्दा मुम्बई केहि दबाबका साथ सस्तैमा समेटिन सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.