5 years ago
November 5, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा फाइनल प्रवेशको लागि आज (बिहिबार) बलियो मुम्बई इन्डियन्सको सामना गर्दैछ । नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुने उक्त खेलको विजेता फाइनलमा पुग्नेछ ।

दिल्लीलाई चार पटकको च्याम्पियन मुम्बईलाई हराउन सहज भने पक्कै हुने छ । लिग चरमा १४ खेलमा ८ मा जित र ६ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको दिल्लीलाई शीर्षस्थानको मुम्बईमाथि जित निकाल्न उत्कृष्ट प्रर्दशन गर्नुपर्ने हुन्छ । दिल्ली लिग चरणको दुबै खेलमा मुम्बईसँग पराजित भएको थियो । तर दिल्लीले उक्त नतिजाबाट पाठ सिक्दै पहिलो पटक फाइनलमा पुग्न खोज्ने छ ।
दिल्लीले लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराएको थियो । उक्त खेलमा ओपनर पृथ्वी शा र शिखर धवनले १.५ ओभरमा १९ रनको साझेदारी गरेका थिए । शा ९ रनमा बोल्ड आउट हुँदा धवनले ५४ रन जोडेका थिए । धवन लयमा देखिदा शा कमजोर प्रर्दशनबाट गुज्रि रहेका छन् ।
दिल्लीको बेन्चमा वैकल्पिक ओपनरको रुपमा रहेका अजिंक्या रहाणेलाई दिल्लीले मध्यक्रम बलियो बनाउन बेंगलोरविरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गराएको थियो । रहाणेले ६० रनको विजयी इनिङ खेलेका थिए । जसले गर्दा रहाणेले तेस्रो नम्बरमानै ब्याटिङ गर्ने सम्भावना देखिन्छ । शा को विकल्प नहुँदा खराब प्रर्दशनका बाबजुद पनि दिल्लीले उनलाई खेलाउने देखिन्छ ।

यसले उनको मनोबल सकरात्मक प्रभाव पार्ने हुँदा आलोचकलाई ब्याटको रनमार्फत जवाफ दिन खोज्ने छन् । चौथो र पाँचौ नम्बरमा श्रेयस ऐर र ऋषभ पन्त गर्ने छन् । पन्त मुम्बईका जस्प्रित बुमराह देखि भने सजग हुन आवश्यक देखिन्छ । बुमराहले ३० बलमा ३२ रन खर्चेर पन्तलाई ५ पटक आउट गरेका छन् । छैटौं नम्बरमा मार्कस स्टोइनिसले सम्हाल्ने छन् ।
स्टोइनिसले फिनिसरको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । दुबईको बाउन्ड्री ठूलो हुँदा दिल्लीले अफस्पिनर अक्षर पटेल र रविचन्द्रन आश्विनलाई खेलाउने छ । मध्यक्रममा यी दुई स्पिनरको ८ ओभर निकै महत्वपूर्ण हुने छ । दिल्लीले तीनै तीव्र गतिका बलर विदेशी खेलाडी खेलाउने सम्भावना देखिन्छ ।
भारतीय तीव्र गतिका बलर कमजोर प्रर्दशन हुँदा बेंगलोरविरुद्ध तीनै विदेशी खेलाडी खेलाएको थियो । आजको खेलमा पनि दिल्ली त्यहि रणनीतिमा उत्रने देखिन्छ । कागिसो रबाडा, एनरिच नोर्किया र ड्यानियल साम्सलाई खेलाउने छ । रबाडाले २५ र नोर्कियाले १९ गरि यी दुई जोडीले कुल ४४ विकेट लिएका छन् ।

रबाडाको डेथ ओभर र नोर्कियाको पवार प्ले अफमा उच्च प्रर्दशन गर्न सक्नुपर्छ । ड्यानियल साम्सले ४ ओभरमा ४० रन खर्चिदा विकेट लिन सकेका थिएनन् । तर सुरुवाती दुई ओभरमा १० रन खर्चिदै दबाबमा राखेका थिए । जसले गर्दा साम्स प्रशिक्षक रिकी पोन्टिङको रोजाईमा पर्ने सम्भावना देखिन्छ । बेंगलोरविरुद्ध उतारेको प्लेइङ ११ लाईनै निरन्तरता दिन सक्छ । साम्सलाई नखेलाएको खण्डमा शिम्रन हेटमायरलाई मौका दिन सक्ने झिनो सम्भावना रहन्छ ।
नेपाली लेगस्पिनर सन्दीप लामिछाने भने दिल्लीको प्लेइनिङ ११ मा अटाउने सम्भावना देखिदैन । रबाडा, नोर्किया र स्टोइनिस पहिलो रोजाईमा खेल्ने छन् । चौथो विदेशी खेलाडीमा साम्स वा हेटमायर मध्य एकको सम्भावना रहन्छ । जसले गर्दा यस अघि लिग चरणका सबै खेलमा बेन्चमा बसेका सन्दीप मुम्बईविरुद्ध पनि डग आउटमै बस्ने छन् ।
दिल्लीलाई लेग स्पिनरको आवश्यक नभएको भने होईन । दिल्लीले खेलाउने दुबै अफ स्पिनर हुन् । तर लेग स्पिनर सन्दीपलाई खेलाउँदा दिल्लीको सन्तुल केहि कमजोर बन्न पुग्छ । कमजोर भारतीय तीव्र गतिको बलिङ हुँदा पनि सन्दीप बेन्चमानै बस्नु परेको छ ।
मुम्बईविरुद्ध दिल्लीको सम्भावित प्लेइङ ११ : पृथ्वी शा, शिखर धवन, अजिंक्या रहाणे, श्रेयस ऐर (कप्तान), ऋषभ पन्त (विकेटकिपर), मार्कस स्टोइनिस, अक्षर पटेल, ड्यानियल साम्स, रविचन्द्रन आश्विन, कागिसो रबाडा र एनरिच नोर्किया ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]