default_image

5 years ago

November 5, 2020

मुम्बई विरुद्ध दिल्ली : प्रभाव छाड्नसक्ने खेलाडी

217 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को १३ औं संस्करणको पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स खेल्दैछन् । नेपाली समय अनुसार साँझ ७:४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा खेल सुरु हुनेछ ।

चार पटकको च्याम्पियन मुम्बई दिल्लीलाई हराउँदै छैटौं पटक आइपिएलको फाइनलमा स्थान बनाउने रणनीतिका साथ मैदान प्रवेश गर्ने छ । चार पटकको च्याम्पियन मुम्बईलाई निराश बनाउँदै दिल्ली आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्दै इतिहास रच्न चाहन्छ । लिग चरणमा दिल्ली दुबै खेल मुम्बईसँग पराजित भएको थियो ।

विजेता फाइनलमा पुग्दा पराजित हुने टोलीले थप एक अवसर पाउने छ । शुक्रबार तेस्रो स्थानमा रहेको सनराइजर्स हैदराबाद र चौथो स्थानको रोयल च्यालेन्जर्स बेंगलोरबीच एलिमिनेटरमा प्रतिस्पर्धा हुने छ । विजेता पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग आइतबार प्रतिस्पर्धा गर्ने छ । जसको विजेता फाइनलमा प्रवेश गर्ने छ । आइपिएलको फाइनल मंगलबार छ ।

जितका लागि टोलीका प्लेइङ ११ मा रहेका सबै खेलाडीले आ–आफ्नो तर्फबाट योगदन दिन सक्नुपर्छ । जितको लागि एक पक्षमात्र बलियो भएर हुँदैन । कुनैपनि टोली च्याम्पियन बन्न ब्याटिङ, बलिङ, फिल्डिङ, कप्तानी, रणनीति, प्लेइङ ११ देखि सबै कुरा मिलेको हुनुपर्छ । क्रिकेटमा एक खेलाडीले मात्र जित दिलाउन सक्दैन ।

क्रिकेट टोलीको खेल हो । तर एउटा खेलाडीको प्रर्दशनले जित भने सहज हुन पुग्छ । एउटा खेलाडीले खेललाई पूरै परिवर्तन गर्न सक्छ । उक्त टोलीमा रहेको प्रमुख खेलाडीको प्रर्दशनले अन्य खेलाडीको मनोबलमा समेत प्रभाव पार्ने गर्दछ । मुम्बई र दिल्लीबीचको खेलमा प्रभाव पार्न सक्ने खेलाडी यसप्रकार छन् :

कागिसो रबाडा (दिल्ली)

दक्षिण अफ्रिका युवा तीव्र गतिका बलर कागिसो रबाडा दिल्लीका प्रमुख हतियार हुन् । उनको उच्च प्रर्दशन विना मुम्बईविरुद्ध जित कठिन देखिन्छ । लगातार उच्च प्रर्दशन गर्दै आएका रबाडाले यस सिजनमा पनि आफ्नो प्रभाव जमाई रहेका छन् ।

१४ खेलमा २५ विकेटका साथ शीर्षस्थानमा छन् । इकोनमी ८.१४ रहँदा उत्कृष्ट प्रर्दशन ४–२४ छ । मुम्बईविरुद्ध पहिलो खेलमा २८ रन खर्चेर २ विकेट लिएका रबाडा दोस्रो खेलमा विकेटबिहिन बनेका थिए । डेथ ओभर स्पेलिष्ट रबाडाले उत्कृष्ट प्रर्दशन गर्न सके दिल्लीले जित सहज हुन सक्छ ।

जस्प्रित बुमराह (मुम्बई)

तीव्र गतिका बलर जस्प्रित बुमराह भारतीय क्रिकेट तथा मुम्बईका प्रमुख हतियार हुन् । मुम्बईलाई शीर्षस्थानमा रहँदै क्वालिफायर खेलाउन बुमराहको योगदान उच्च छ । बुमराहले १४ खेलमा २३ विकेट लिदै पर्पल क्यापको लागि रबाडालाई पछ्याई रहेका छन् । उच्च प्रर्दशन ४–२० रहँदा इकोनमी ७ भन्दा कम छ ।

योर्करका लागि माहिर बुमराह पहिलो खेलमा विकेटबिहिन बनेपनि दोस्रो खेलमा १७ रन खर्चेर ३ विकेट लिएका थिए । बुमराहले ऋषभ पन्तलाई ३० बल बलिङ गर्दा ३२ रन खर्चेर ५ पटक आउट गरेका छन् । बुमराह मुम्बईका लागि पुन नायक बन्न सक्छन् ।

शिखर धवन (दिल्ली)

शिखर धवन दिल्लीका प्रमुख हतियार हुन् । धवनले १४ खेलमा २ शतक र ३ अर्ध शतक सहित कुल ५ सय २५ रन बनाएका छन् । शीर्षक्रमका धवनले उत्कृष्ट सुरुवात दिदा मध्यक्रमका ब्याट्सम्यानलाई खुलेर खेल्न सहज हुने छ ।

अर्का ओपनर पृथ्वी शा खराब लयबाट गुज्रिरहँदा धवनले जिम्मेवारीका साथ उत्कृष्ट इनिङ विना जित कठिन बन्न सक्छ । मुम्बईविरुद्ध पहिलो खेलमा ६९ रनमा अविजित रहँदा दोस्रो खेलमा शून्यमा आउट भएका थिए । पछिल्लो खेलमा बेंगलोरविरुद्ध अर्ध शतक जोडेका धवनले उच्च प्रर्दशन गरे दिल्लीले सहज जित हात पार्न सक्छ ।

क्विन्टन डी कक (मुम्बई)

दक्षिण अफ्रिकी विकेटकिपर डी ककले मुम्बईबाट ओपनिङ गर्दै राम्रो प्रर्दशन गरि रहेका छन् । जारी आइपिएलमा डी ककले १४ खेलमा ४ सय ४३ रन बनाएका छन् । डी ककले आक्रामक रुपमा रन जोडि रहेका छन् ।

लिग चरणको पहिलो खेलमा डी ककले दिल्लीविरुद्ध ३६ बलमा ५३ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए । दोस्रो खेलमा २६ रनमा आउट भएका थिए । अर्कोतर्फ डी कक विकेटकिपर मार्फत पनि खेललाई मोड्न सक्ने क्षमता राख्ने गर्दछन् ।

काइरन पोलार्ड (मुम्बई)

वेस्टइन्डिजका पोलार्ड दिल्लीलाई घातक बन्न सक्ने मुम्बईका फिनिसर हुन् । पोलार्डले एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता राख्छन् । ठूला सट खेल्न रुचाउने पोलार्डले जारी सिजनमा त्यसै अनुसार प्रर्दशन गरि रहेका छन् ।

पोलार्डले १० इनिङ मध्य ७ पटक अविजित रहेका छन् । जसमा १ सय ९३ को स्ट्राइक रेटमा ब्याटिङ गर्दा कुल २ सय ४९ रन जोडेका छन् । जसमा २२ छक्का सामेल छ । उनले १६–२० ओभरमा २० छक्का प्रहार गरेका छन् । पोलार्डले उत्कृष्ट अन्त्यका साथ विशाल योगफलमा पुर्याउन सक्छन् । मुम्बईको प्रर्दशनमा नायक बन्दै आएका छन् ।

मार्कस स्टोइनिस (दिल्ली)

अष्ट्रेलियन अलराउन्डर मार्कस स्टोइनिसको प्रर्दशनले दिल्लीलाई ठूलो प्रभाव पार्ने छ । तल्लोक्रममा ऋषभ पन्तले संघर्ष गरि रहँदा स्टोइनिसलाई उत्कृष्ट फिनिसिङ गर्नुपर्ने चुनौती छ । केहि खेलमा उनले ब्याट र बल दुबैमा उच्च प्रर्दशन गरेका छन् ।

स्टोइनिसले २ सय ४९ रन बनाउँदा ८ विकेट लिएका छन् । मध्यक्रममा बलिङ गर्ने उनी दिल्लीको सवैभन्दा राम्रो र उपयुक्त वैकल्पिक बलर हुन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.