5 years ago
November 5, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २ सय १ रनको बलियो लक्ष्य दिएको छ ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन ईशान किशन ३० बलमा ४ चौका र ३ छक्का सहित ५५ रनमा अविजित रहे । आक्रामक ब्याटिङ गरेका हार्दिक पान्ड्या १४ बलमा ५ छक्का सहित ३७ रनमा अविजित रहे ।
मुम्बईले अन्तिम पाँच ओभरमा ७८ रन जोडेको थियो । छैटौं विकेटका लागि किशन र पान्ड्याले २३ बलमा ६० रनको अविजित साझेदारी गर्दै विशाल लोगफलमा पुर्याएका थिए । ओपनर रोहित शर्मा दोस्रो ओभरको तेस्रो बलमा गोल्डेन डक आउट हुन पुगेका थिए । स्पिनर रविचन्द्रन आश्विनको बलमा एलबिडब्लू आउट हुँदै रोहितले खाता नोखोली पेभिलिएन फर्किए ।
रोहित शून्यमा आउट भएपनि दोस्रो विकेटका लागि क्विन्टन डी कक र सूर्यकुमार यादवले ६२ रनको साझेदारी गर्दै दिल्लीमाथि दबाबमा बढाएका थिए । आश्विनको आठौं ओभरको तेस्रो बलमा अघि सरेर ठूलो सट खेलेका डी कक लङअफमा शिखर धवनबाट ४० रनमा समातिन पुगे । आक्रामक सुरुवात दिलाएका डी ककले २५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
तीव्र गतिका बलर एनरिच नोर्कियाको १२ औं ओभरको पाँचौ बलमा लेग साइडमा छक्का प्रहार गर्न खोजेका सूर्यकुमार टप एज लाग्दै ड्यानियल साम्साट ५१ रनमा समातिन पुगेपछि मुम्बई केहि दबाबमा परेको थियो । यादवले ३८ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।
१३ औं ओभरको दोस्रो बलमा आश्विनले आक्रामक ब्याट्सम्यान काइरन पोलार्डलाई कागिसो रबाडाको हातबाट लङअनमा शून्यमा क्याच गराएपछि मुम्बई १०१–४ को अवस्थामा पुगेको थियो । पाँचौ विकेटका लागि क्रुनाल पान्ड्या र ईशान किशनले ३९ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए ।

दिल्लीले यी दुई खेलाडीको साझेदारी तोड्न वैकल्पिक बलर मार्कस स्टोइनिस प्रयोग गरेको थियो । स्टोइनिसले आफ्नो पहिलो बलमै क्रुनाललाई १३ रनमा साम्सबाट क्याच आउट गराए । १७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका क्रुनाल डिप प्वाइन्टमा साम्सबाट समातिन पुगेका थिए । उनले १० बलमा १ छक्का प्रहार गरे ।
दिल्लीका स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा २९ रन खर्चेर प्रमुख तीन विकेट लिए । मार्कस स्टोइनिसले १ ओभरमा ५ रन खर्चेर १ विकेट लिए । एनरिच नोर्कियाले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । कागिसो रबाडा र ड्यानियल साम्सले भने कमजोर प्रर्दशन गरे । समान ४ ओभरमा साम्सले ४४ र रबाडाले ४२ रन खर्चिदा विकेटबिहिन बने ।
दिल्लीले यस लक्ष्य सफलता पूर्वक पछ्याउन सकेमा आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने छ ।

December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]