default_image

5 years ago

November 6, 2020

दिल्लीले मुम्बईसँग हार्नुको चार कारण

166 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) को पहिलो क्वालिफायरमा बिहिबार राती मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुन पुग्यो ।

मुम्बई दिल्ली हराउँदै आइपिएलमा छैटौं पटक फाइनलमा प्रवेश गर्न सफल भयो । जितको लागि २ सय १ रनको विशाल विजयी लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४३ रनमा समेटियो । दिल्लीका मार्कस स्टोइनिस ६५ रन र अक्षर पटेलले ४२ रन बनाउन बाहेक अन्यले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । शीर्षक्रमका तीन ब्याट्सम्यान शिखर धवन, पृथ्वी शा र अजिंक्या रहाणे शून्यमा आउट भएका थिए ।

दिल्लीले फाइनल प्रवेशका लागि थप एक मौका पाउने छ । शुक्रबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले आइतबार फाइनल प्रवेशका लागि दिल्लीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।

दिल्लीको हारमा मार्कस स्टोइनिस, अक्षर पटेल र स्पिनर रविचन्द्रन आश्विनको प्रर्दशन एक सकारात्मक पक्ष रह्यो । तर दिल्लीले फाइनलमा स्थान बनाउन आगमी खेलमा उत्कृष्ट पूनरागमन गर्न आवश्यक देखिन्छ । जसको लागि टोलीको प्लेइङ –११ मा फेरबदल जरुरि छ ।

बिहिबार प्रायः सबै समय मुम्बई खेलमा हाबी बन्यो । एक समय सूर्यकुमार यादव र काइरन पोलार्ड आउट हुँदा १२.२ ओभरमा १०१–४ को अवस्थामा रहँदा दिल्ली खेलमा फर्किने संकेत देखाएको थियो । तर हार्दिक पान्ड्या र ईशान किशनले उत्कृष्ट अन्त्य गर्दै विशाल योगफलमा पुर्याए । दिल्लीले मुम्बईसँग हार्नुका प्रमुख चार कारण यस प्रकार छन् ।

४. बुमराहको घातक बलिङ

मुम्बईलाई सानदार जित दिलाउन तीव्र गतिका बलर जस्प्रित बुमराहले आफ्नो टि२० करियरकै उत्कृष्ट प्रर्दशन गरे । उनले ४ ओभरमा १ मेडन सहित १४ रन खर्चेर ४ विकेट लिए । पहिलो ओभरमै दुई ब्याट्सम्यान गुमाएको दिल्लीलाई उक्त लक्ष्य पूरा गर्न त्यसपछिका ब्याट्सम्यानलाई उत्कृष्ट प्रर्दशन गर्नुपर्ने हुन्थ्यो ।

बुमराहले दोस्रो ओभरको दोस्रो बलमा योर्करमा शिखर धवनलाई पनि शून्यमै आउट गरेपछि दिल्लीको जित कठिन बनेको थियो । कप्तान श्रेयस ऐरमाथि केहि आशा गरिएको थियो । ऐरलाई पनि चौथो ओभरको पाँचौ बलमा १२ रनमा क्याच आउट गराएपछि दिल्ली २०–४ को अवस्थामा पुगेको थियो । दिल्लीलाई झिनो आशा मार्कस स्टोइनिसले देखाएका थिए ।

बुमराहले १६ औं ओभरको पहिलो बलमा बोल्ड आउट गर्दै मुम्बईको जित सहज बनाएका थिए । बुमराहले कुनैपनि समय दिल्लीका ब्याट्सम्यानलाई आफ्नो बलमा खुलेर खेल्न दिएनन् । बुमराहनै मुम्बईको जितमा प्लेयर अफ द म्याच चुनिए ।

३. दिल्लीका तीव्र गतिका बलरको कमजोर प्रर्दशन

दिल्ली तीन तीव्र गतिका बलरका साथ मैदान प्रवेश गरेको थियो । तर दिल्लीका तीव्र गतिका बलरको प्रर्दशन सम्झन लायक रहेन । स्पिनर रविचन्द्रन आश्विनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेलले ३ ओभरमा २७ रन खर्चेका थिए । समग्रमा यी दुई स्पिनरले ७ ओभरमा ५६ रन खर्चे । तर दिल्लीका अन्य तीन तीव्र गतिका बलरले १४ ओभरमा १ सय ३६ रन खर्चिदा एक विकेट मात्रै लिन सके ।

अलराउन्डर मार्कस स्टोइनिसले १ ओभरमा ५ रन खर्चेर १ विकेट लिएका थिए । प्रमुख तीन तीव्र गतिका बलरलेनै खराब प्रर्दशन गरेपछि कुनैपनि टोलीको जित कठिन बन्न पुग्छ । यी तीन तीव्र गतिका बलर एकले उत्कृष्ट प्रर्दशन गर्थे भने मुम्बईले उक्त विशाल लक्ष्य बनाउन सक्ने थिएन ।

रबाडाले ४२ रन खर्चिदा विकेट लिन सकेनन् । एनरिच नोर्कियाले एक विकेट लिदा ५० रन खर्चे । ड्यानियल साम्सले ४४ रन खर्चिदा विकेट लिन सकेनन् । दिल्लीले हार्नुको एक कारण यी तीन तीव्र गतिका बलरको खराब प्रर्दशन हो ।

२. किशन र पान्ड्याको उत्कृष्ट अन्त्य

एक समय मुम्बई १२.२ ओभरमा १०१ –४ को अवस्थामा थियो । जुन अवस्थामा दिल्लीले थप दुई विकेट चाडैंनै लिन सकेको भए मुम्बई थप दबाबमा पर्ने थियो । दबाबमा ठूलो सट खेल्दा अन्य विकेट आउने सम्भावना हुन्थो । तर कु्रनाल पान्ड्या र किशनले १६.१ ओभरमा १४०–५ को अवस्थामा पुर्याए । जुन अवस्थामा हार्दिक पान्ड्यान र ईशान किशन ब्याटिङमा थिए ।

यी दुईनै मुम्बईका अन्तिम ब्याट्सम्यान थिए । तर छैटौं विकेटका लागि हार्दिक र इशानले २३ बलमा ६० रन जोड्दै विशाल योगफलमा पुर्याएका थिए । यी दुबै ब्याट्सम्यान त्यस समयमा आउट भएको भए मुम्बई १ सय ७० को आसपासमा रोकिने अनुमान गरिएको थियो । जुन लक्ष्य पछ्याउँदा दिल्लीका ब्याट्सम्यानलाई मानसिक रुपमा दबाब पनि रहने थिए ।

पान्ड्या १४ बलमा ५ छक्का सहित ३७ र किशन ३० बलमा ४ चौका र ३ छक्का सहित ५५ रनमा अविजित रहे । यी ब्याट्सम्यानको उत्कृष्ट साझेदारी दिल्लीको हारको एक कारण बन्यो ।

१. ब्याट्सम्यानको खराब प्रर्दशन

दिल्लीको हारको प्रमुख कारण भनेको शीर्षक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन हो । उक्त विशाल लक्ष्य सफलता पूर्वक पछ्याउन पहिलो पावर प्लेमा कुनै विकेट नगुमाई उत्कृष्ट सुरुवातको आवश्यक दिल्लीलाई पर्दथियो । तर ट्रेन्ट बोल्टले पहिलो ओभरमै पृथ्वी शा र अजिंक्या रहाणेलाई शून्यमा आउट गरे ।

लगत्तै दोस्रो ओभरको दोस्रो बलमा बुमराहले धवनलाई शून्यमा बोल्ड आउट गरे । जुन आइपिएल इतिहासमा पहिलो पटक शीर्षक्रममा तीन ब्याट्सम्यानले खाता खोल्न नसकेका हुन् । शीर्षक्रमका तीन ब्याट्सम्यान सुरुवाती आठ बलमा कुनै रन नजोडी आउट हुँदानै दिल्लीको जित टाढि सकेको थियो । शीर्षक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा त्यसको दबाब मध्यक्रमका ब्याट्सम्यानमा पर्ने गर्दछ । उक्त दबाब कम गर्न सट खेल्ने क्रममा कप्तान ऐर क्याच आउट हुन पुगे ।

स्टोइनिसले दबाबमा उच्च प्रर्दशन गरेपनि अन्य प्रमुख ब्याट्सम्यान मुम्बई सामु निरिह बने । स्टोइनिस र अक्षर दुबै अलराउन्डरको रुपमा खेलेका थिए । प्रमुख ब्याट्सम्यानका रुपमा खेलेका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । जुन दिल्लीको हारको प्रमुख कारण बन्यो । शीर्षक्रमका ब्याट्सम्यानले राम्रो सुरुवात दिन सकेको भए दिल्ली पहिलो पटक फाइनलमा पुग्न सक्थ्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.