default_image

5 years ago

November 6, 2020

आइपिएलको एलिमिनेटरमा बेंगलोर र हैदराबाद भिड्दै

117 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

आजको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्ने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगि सकेको छ । आजको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहेर एलिमिनेटरमा स्थान बनाएका हुन् ।

लिग चरणको पहिलो खेलमा बेंगलोर १० रनले विजयी हुँदा दोस्रो खेलमा हैदराबादसँग ५ विकेटले पराजित भएको थियो । हैदराबाद पछिल्ला तीन खेलमा लगातार जित निकाल्दै प्ले अफमा स्थान बनाएको हो । जसक्रममा हैदराबादले मुम्बईलाई १० विकेट, बेंगलोरलाई ५ विकेट र दिल्लीलाई ८८ रनले हराएको थियो । बेंगलोर पछिल्ला चार खेलमा लगातार पराजित भएको छ ।

बेंगलोर दिल्लीसँग ६ विकेट, हैदराबादसँग ५ विकेट, मुम्बईसँग ५ विकेट र चेन्नई सुपर किंग्स ८ विकेटले पराजित भएको थियो । बेंगलोर उत्कृष्ट पूनरागमन गर्न चाहन्छ । हैदराबाद आफ्नो लयलाई निरन्तरता दिन खोज्ने छ । विराट कोहलीको नेतृत्वमा रहेको बेंगलोर र डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबादबीच कडा प्रतिस्पर्धाको आशा राखिएको छ ।

पछिल्लो खेलमा मुम्बईलाई हराएको हैदराबादको मनोबल उच्च छ । उक्त खेलमा मुम्बईले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य कुनै हैदराबादले विकेट नगुमाई पूरा गरेको थियो । जसक्रममा कप्तान डेभिड वार्नर ८५ रन र ऋद्धिमान शाह ५८ रनमा अविजित रहेका थिए । अन्तिम तीन खेलमा हैदराबादलाई लगतार जित दिलाउन यी दुई ब्याट्सम्यान नायक बन्दै आएका छन् ।

वार्नरले पछिल्ला चार खेलमा १ सय ९४ रन बनाएका छन् । शाहले पछिल्ला तीन खेलमा क्रमश : ५८, ३९ र ८७ रन जोडेका छन् । यी दुईको लय हैदराबादको मनोबल उच्च छ । तर यी दुई ब्याट्सम्यानलाई मनिष पान्डे, केन विलियम्सन र प्रियम गर्गले मध्यक्रममा राम्रो साथ दिन आवश्यक देखिन्छ ।

तल्लोक्रममा जेसन होल्डर, अब्दुल सामद, अभिषेक शर्माले उत्कृष्ट अन्त्य गर्न आवश्यक देखिन्छ । बलिङमा सन्दीप शर्माले लगातार उच्च प्रर्दशन गर्दै आएका छन् । उनले आफ्नो लयलाई निरन्तरता दिन आवश्यक देखिन्छ । मुम्बईविरुद्ध उनले तीन विकेट लिएका थिए । मुम्बईविरुद्ध प्लेयर अफ द म्याच चुनिएका शहबाज नदिमबाट हैदराबाद त्यस्तै उत्कृष्ट प्रर्दशनको अपेक्षा राख्ने छ ।

स्पिनर राशिद खान प्रमुख हतियार हुन् । उनको प्रर्दशन निकै महत्वपूर्ण हुने देखिन्छ । योर्करका लागि परिचित टि नटराजनले डेथ ओभरमा उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । हैदराबादले प्रियम गर्ग वा अभिषेक शर्मा मध्य एकलाई बेन्चमा राखेर युवा ब्याट्समयान विराट सिंहलाई मौका दिन सक्छ । विराटले भारतीय घरेलु क्रिकेटमा उच्च प्रर्दशन गर्दै आएका छन् ।

यता बेंगलोर पछिल्ला चार खेलमा लगातार हारको नजिताबाट पाठ सिक्दै हैदराबादविरुद्ध उत्कृष्ट जितका साथ क्वालिफायरमा चाहन्छ । दिल्लीविरुद्ध १२ रनमा आउट भएका जोश फिलिपेको स्थानमा आरोन फिन्चलाई मौका दिन सक्छ । युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले लगातार राम्रो प्रर्दशन गर्दै आएका छन् । उनलाई अन्य ब्याट्सम्यानले राम्रो साथ दिन आवश्यक देखिन्छ ।

कप्तान विराट कोहलीबाट बेंगलोर ठूलो इनिङ चाहन्छ । आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्सको प्रर्दशन बेंगलोरलाई निकै महत्वपूर्ण हुने छ । उनको उच्च प्रर्दशन बिना बेंगलोरको जित कठिन पर्ने छ । बेंगलोरलाई कमजोर बलिङ भने चिन्ताको विषय हो । दिल्लीविरुद्ध घाइते नवदीप सैनी आज टोलीमा फर्किने सम्भावना छ । सैनी फर्किदा शिवम् दुबे बेन्चमा बस्ने छन् । स्पिनर युजभेन्द्र चहल उसका बलिङ हतियार हुन् । क्रिस मोरिसको प्रर्दशन बेंगलोरलाई निकै महत्वपूर्ण हुने छ । स्पिनर वासिन्टन सुन्दरले लगातार कसिलो बलिङ गर्दै आएका छन् । इसुरु उडानाको स्थानमा मोईन अलीलाई मौका दिन सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.