default_image

5 years ago

November 6, 2020

बेंगलोरविरुद्ध हैदराबाद : हेड टु हेड

127 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

आजको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्ने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगेको छ । आजको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ । हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहेर एलिमिनेटरमा स्थान बनाएका हुन् । लिग चरणको पहिलो खेलमा बेंगलोर १० रनले विजयी हुँदा दोस्रो खेलमा हैदराबादसँग ५ विकेटले पराजित भएको थियो ।

आइपिएलमा बेंगलोर र हैदराबादबीच हालसम्म १७ खेल भएको छन् । हैदराबाद ९ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ । एक खेलको नतिजा वर्षाको कारण बिहिन बनेको थियो । बेंगलोरले हालसम्म हैदराबादविरुद्ध बनाएको उच्च योगफल २ सय २७ रहँदा कम १ सय १३ रन छ । हैदराबादले बेंगलोरविरुद्ध बनाएको उच्च योगफल २ सय ३१ रहँदा कम १ सय ३५ रन छ । समग्रमा हालसम्मको नतिजा यस प्रकार छ ।

२०२० : बेंगलोर १० रन र हैदराबाद ५ विकेटले विजयी

२०१९ : हैदराबाद १ सय १८ रनले विजयी, बेंगलोर ४ विकेटले विजयी

२०१८ : हैदराबाद ५ रन र बेंगलोर १४ रनले विजयी

२०१७ : हैदराबाद ३५ रनले विजयी र नजिता बिहिन

२०१६ : बेंगलोर ४५ रनले विजयी, हैदराबाद १५ रन र ८ रनले विजयी

२०१५ : हैदराबाद ८ विकेटले विजयी र बेंगलोर डकवर्थ लेविस पद्धतिको आधारमा ६ विकेटले विजयी

२०१४ : बेंगलोर ४ विकेट र हैदराबाद ७ विकेटले विजयी

२०१३ : हैदराबाद सुपर ओभर र बेंगलोर ७ विकेटले विजयी

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.