5 years ago
November 6, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

आजको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्ने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगेको छ । आजको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ ।
हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहेर एलिमिनेटरमा स्थान बनाएका हुन् । आइपिएलमा बेंगलोर र हैदराबादबीच हालसम्म १७ खेल भएको छन् । हैदराबाद ९ खेलमा विजयी हुँदा ७ खेलमा पराजित भएको छ । जारी सिजनमा हैदराबाद पहिलो खेलमा १० रनले पराजित हुँदा दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो । हैदराबाद र बेंगलोरबीचको खेलमा प्रभाव छाड्न सक्ने दुबै टोलीमा प्रमुख तीन तीन खेलाडी यस प्रकार छन् ।
डेभिड वार्नर (हैदराबाद)

कप्तान तथा ओपनर डेभिड वार्नर हैदराबादका प्रमुख हतियार हुन् । उनको उच्च प्रर्दशन बिना हैदराबादको जित कठिन देखिन्छ । हैदराबादले लिग चरणमा जितेका ७ खेलमा प्रयामा वार्नर नायक बनेका थिए । वार्नर जारी आइपिएलमा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् ।
वार्नरले १४ खेलमा चार अर्ध शतक सहित कुल ५ सय २९ रन बनाएका छन् । पछिल्ला चार खेलमा वार्नरले क्रमशः ८५, ८, ६६ र ३५ रन जोडेका छन् । राम्रो लयमा देखिएका वार्नर आजको खेलमा पनि टोलीको नायक बन्न सक्छन् ।
देवदत्त पाडिक्कल (बेंगलोर)

युवा ओपनर देवदत्त पाडिक्कलले आफ्नो डेब्यू प्रतियोगितामा उच्च प्रर्दशन गरि रहेका छन् । जारी आइपिएलमा १४ खेलमा ५ अर्ध शतक सहित कुल ४ सय ७२ रन बनाएका छन् । ‘इमर्जिङ प्लेयर अफ द अवार्डका’ प्रमुख दाबेदार देवदत्त पाडिक्कलले लगातार रन जोड्दै बेंगलोरलाई राम्रो सुरुवात दिलाउँदै आएका छन् । उत्कृष्ट लयमा रहेका पाडिक्कलले हैदराबादविरुद्ध पनि उत्कृष्ट इनिङ खेल्न सक्छन् ।
राशिद खान (हैदराबाद)

लेग स्पिनर राशिद खान हैदराबादका प्रमुख बलिङ हतियार हुन् । उनले जारी आइपिएलमा १९ विकेट लिदा इकोनमी ५.२८ को छ । राशिद खानले लगातार कसिलो बलिङ गर्दै विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्दै आएका छन् ।
युजभेन्द्र चहल (बेंगलोर)

लेग स्पिनर युजभेन्द्र चहल बेंगलोरका बलिङका प्रमुख हतियार हुन् । चहलको उच्च प्रर्दशन बिना बेंगलोरको जित कठिन देखिन्छ । मध्यक्रममा लगातार विकेट लिदै विपक्ष्यलाई दबाबमा राख्दै आएका चहलको प्रर्दशन बेंगलोरलाई निकै महत्वपूर्ण हुने छ ।
चहलले जारी आइपिएलमा १४ खेलमा २० विकेट लिई सकेका छन् । इकोनमी ७.१६ छ । पहिलो खेलमा हैदराबादलाई १० रनले पराजित गर्न चहलले प्लेयर अफ द म्याच प्रर्दशन गरेका थिए । उक्त खेलमा चहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका थिए ।
सन्दीप शर्मा (हैदराबाद)

हैदराबादका तीव्र गतिका बलर सन्दीप शर्माले जारी सिजनमा राम्रो प्रभाव छाडेका छन् । पहिलो पावर प्लेमा उच्च प्रर्दशन गरि रहेका शर्माले मुम्बईलाई १० विकेटले हराउन प्रमुख तीन विकेट लिएका थिए । जारी सिजनमा कुल १३ विकेट लिएका शर्माको पछिल्लो खेलहरुमा प्रर्दशन उच्च छ । उनले पछिल्ला चार खेलमा ९ विकेट लिएका छन् । उनको लय हैदराबादलाई हतियार बन्न सक्छ ।
एबी डी भिलियर्स (बेंगलोर)

बेंगलोरको मध्यक्रम र तल्लोक्रम डी भिलियर्समा निर्भर छ । डी भिलियर्सले ४ खेलमा अर्ध शतक प्रहार गर्दा तीनमा प्लेयर अफ द म्याच चुनिएका छन् । बेंगलोरको जितमा नायक बन्दै आएका डी भिलियर्सको उत्कृष्ट ब्याटिङ बिना जित कठिन देखिन्छ ।
डी भिलियर्सले १४ खेलमा ४ अर्ध शतक सहित ३ सय ९८ रन बनाएका छन् । स्ट्राइकरेट १ सय ६३ को छ । हैदराबादलाई पहिलो खेलमा पराजित गर्न डी भिलियर्सले ३० बलमा ५१ रन जोडेका थिए । डी भिलियर्सको उच्च प्रर्दशनमा बेंगलोरले क्वालिफायरमा स्थान बनाउन सक्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]