default_image

5 years ago

November 6, 2020

बेंगलोर र हैदराबादको सम्भावित प्लेइङ–११

120 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ ।

आजको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्दा पराजित हुने प्रतियोगिताबाट बाहिरिने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगेको छ । आजको विजेता फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग खेल्ने छ । हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहेर एलिमिनेटरमा स्थान बनाएका हुन् ।जारी सिजनमा हैदराबाद पहिलो खेलमा १० रनले पराजित हुँदा दोस्रो खेलमा ५ विकेटले विजयी भएको थियो ।

हैदराबादले पछिल्ला तीन खेलमा मुम्बई, दिल्ली र बेंगलोरलाई हराउँदै प्ले अफमा स्थान बनाएको हो । बेंगलोरले पछिल्ला चार खेलमा लगातार हार बेहोरेपनि नेट रनरेटका आधारमा कोलकाता नाइट राइडर्सलाई पछि पार्दै प्ले अफमा स्थान बनाएको हो । पछिल्लो लगातार हारको कारण टोली मजबुत र जित निकाल्न बेंगलोरले आज टोलीमा केहि परिवर्तन गर्ने छ । आजको हार्ने टोली प्रतियोगिताबाट बाहिरिने हुँदा दुबै टोली उत्कृष्ट प्रर्दशन गर्न खोज्ने छन् ।

हैदराबादले पछिल्लो खेलमा उत्कृष्ट प्रर्दशन गर्दै मुम्बईलाई १० विकेटले हराएको थियो । जसक्रममा ब्याटिङ र बलिङ दुबैमा राम्रो प्रर्दशन गरेको थियो । मुम्बईविरुद्ध कप्तान डेभिड वार्नर ८५ रन र ऋद्धिमान शाह ५८ रनमा अविजित रहेका थिए । पछिल्ला तीन लगातार जितमा यी दुई ओपनरको योगदान अहम हुँदा बेंगलोरविरुद्ध ओपनिङ परिवर्तन हुने छैन । तेस्रो नम्बरमा मनिष पान्डे र केन विलियम्सन खेल्ने छन् ।

प्रियम गर्गको स्थानमा युवा ब्याट्समयान विराट सिंहलाई मौका दिन सक्छ । जसले मध्यक्रम थप मजबुत हुने छ । भारतीय घरेलु क्रिकेटमा उच्च प्रर्दशन गरेका सिंह पनि डेब्यूको पर्खाईमा छन् । तल्लोक्रममा जेसन होल्डर र अब्दुल सामदलाई खेलाउने छ । मुम्बईविरुद्ध प्लेयर अफ द म्याच चुनिएका स्पिनर शहबाज नदीम र राशिद खान स्पिनरको रुपमा खेल्ने छन् । सन्दीप शर्मा र टि नटराजन हैदराबादको तीव्र गतिको बलिङमा पहिलो रोजाईमा खेल्ने छन् ।

यता बेंगलोर पछिल्लो खेलमा दिल्लीसँग ६ विकेटले पराजित भएको थियो । दिल्लीविरुद्ध सस्तैमा आउट भएका जोश फिलिपेको स्थानमा आरोन फिन्चलाई मौका दिने छ । फिन्च र देवदत्त पाडिक्कलले ओपनिङ गर्ने छन् । तर ब्याटिङ बलियो बनाउन फिलिपेलाई बेंगलोरले तल्लोक्रममा खेलाउन सक्ने सम्भावा पनि त्यतिनै छ । तेस्रो नम्बरमा विराट कोहली र चौथो नम्बरमा एबी डिभिलियर्सले गर्ने छन् ।’

पाँचौ नम्बरमा मोईन अली वा फिलिपेको सम्भावना रहन्छ । इसुरु उडान आज बेन्चमा बस्ने सम्भावना देखिन्छ । नवदीप सैनी टोलीमा फर्किए शिवम् दुबे बेन्चमा बस्ने छन् । क्रिस मोरिस अलराउन्डरको रुपमा खेल्ने छन् । वासिन्टन सुन्दर र युजभेन्द्र चहललाई स्पिनरको रुपमा खेलाउने छ । तीव्र गतिमा मोरिस, सैनी र मोहम्मद शिराज खेल्ने छन् ।

हैदराबादको सम्भावित प्लेइङ ११ : डेभिड वार्नर (कप्तान), ऋद्धिमान शाह (विकेटकिपर), मनिष पान्डे, केन विलियम्सन, विराट सिंह/प्रियम गर्ग, अब्दुल सामद, जेसन होल्डर, शहबाज नदीम, राशिद खान, टि नटराजन र सन्दीप शर्मा ।

बेंगलोरको सम्भावित प्लेइङ ११ : देवदत्त पाडिक्कल, आरोन फिन्च, विराट कोहली (कप्तान), एबी डिभिलियर्स (विकेटकिपर), जोश फिलिपे/मोईन अली, क्रिस मोरिस, नवदीप सैनी, मोहम्मद शिराज, युजभेन्द्र चहल, वासिन्टन सुन्दर र शहबाज अहमद ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.