5 years ago
November 6, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध सनराइजर्स हैदराबादविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । हैदराबादले आज टोलीमा एक परिवर्तन गरेको छ । ओपनर तथा विकेटकिपर ऋद्धिमान शाह चोटका कारण टोलीमा छैनन् । पछिल्ला तीन खेलमा उच्च प्रर्दशन गरेका शाह नहुँदा हैदराबादले विकेटकिपर श्रीवात्स गोस्वामीलाई खेलाएको छ ।
बेंगलोरले टोलीमा चार परिर्वत गरेको छ । बेंगलोरमा चोटका कारण प्रमुख तीव्र अलराउन्डर क्रिस मोरिस आज टोलीमा छैनन् । त्यस्तै शहबाज अहमदको स्थानमा नवदीप सैनीले लिएका छन् । जोश फिलिपे टोलीमा नहुँदा आरोन फिन्चले मौका पाएका छन् । मोरिसको स्थानमा लेग स्पिनर एडम जाम्पालाई मौका दिएको छ । त्यस्तै इसुरु उडानालाई बेन्चमा राख्दै मोईन अलीलाई मौका दिएको छ ।
यस खेलको विजेता टोली दोस्रो क्वालिफायरमा पुग्ने छ । पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बई इन्डियन्स फाइनलमा पुगि सकेको छ । यस खेलको विजेताले फाइनलमा पुग्न दोस्रो क्वालिफायरमा आइतबार दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । हैदराबाद तेस्रो र बेंगलोर चौथो स्थानमा रहेर एलिमिनेटरमा स्थान बनाएका हुन् ।
लिग चरणको पहिलो खेलमा बेंगलोर १० रनले विजयी हुँदा दोस्रो खेलमा हैदराबादसँग ५ विकेटले पराजित भएको थियो । हैदराबाद पछिल्ला तीन खेलमा लगातार जित निकाल्दै प्ले अफमा स्थान बनाएको हो । बेंगलोर पछिल्ला चार खेलमा लगातार पराजित भएको छ ।
हैदराबादको प्लेइङ ११ : डेभिड वार्नर (कप्तान), श्रीवात्स गोस्वामी (विकेटकिपर), मनिष पान्डे, केन विलियम्सन, प्रियम गर्ग, अब्दुल सामद, जेसन होल्डर, शहबाज नदीम, राशिद खान, टि नटराजन र सन्दीप शर्मा ।
बेंगलोरको प्लेइङ ११ : देवदत्त पाडिक्कल, आरोन फिन्च, विराट कोहली (कप्तान), एबी डिभिलियर्स (विकेटकिपर), एडम जाम्पा,, नवदीप सैनी, मोहम्मद शिराज, युजभेन्द्र चहल, वासिन्टन सुन्दर, मोईन अली, शिवम दुबे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]