default_image

5 years ago

November 6, 2020

बेंगलोरलाई हराउँदै हैदराबाद क्वालिफायरमा

181 views

0 Bookmark

एजेन्सी – सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) क्वालिफायरमा पुगेको छ । शुक्रबार राती सम्पन्न एलिमिनेटर खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको हो ।

हैदराबादले फाइनल प्रवेशको लागि दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्ने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्स दिल्लीलाई हराउँदै फाइनलमा पुगि सकेको छ । जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

हैदराबादको जितमा जेसन होल्डरले लगातार नवदीप सैनीलाई दुई चौका प्रहार गर्दै जित पक्का गरेका थिए । होल्डर २० बलमा ३ चौका सहित २४ रनमा अविजित रहे । केन विलियम्सन ४४ बलमा २ चौका र २ छक्का सहित ५० रनमा अविजित रहँदै क्वालिफायरमा स्थान पक्का गरे ।

डेभिड वार्नर १७, मनिष पान्डे २४ र प्रियम गर्ग ७ रनमा आउट भए । बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो । बेंगलोरका एबी डिभिलियर्सले ४३ बलमा ५ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिएपनि जितको लागि पर्याप्त भएन । आरोन फिन्चले ३२ रन जोडे । अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । बेंगलोरका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बेंगलोरले आजको खेलमा विराट कोहली र देवदत्त पाडिक्कललाई ओपनिङ गराएको थियो । मध्य गतिका बलर जेसन होल्डरको दोस्रो ओभरको दोस्रो बलमा कप्तान विराट कोहली विकेटकिपर श्रीवात्स गोस्वामीबाट ६ रनमा क्याच आउट हुन पुगे । कोहली सिजनमा पहिलो पटक ओपनरका रुपमा उत्रिएका थिए । होल्डरलेनै चौथो ओभरको तेस्रो बलमा अर्का ओपनर पाडिक्कललाई १ रनमा प्रियम गर्गबाट क्याच आउट गराउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

तेस्रो विकेटका लागि आरोन फिन्च र एबी डिभिलियर्सले ४१ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए । तर स्पिनर शहबाज नदीमको ११ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका फिन्च कभरमा अब्दुल सामदबाट ३२ रनमा क्याच आउट भएका थिए ।

फिन्चले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे । फिन्च आउट भएको दुई बलपछि मोईन अली शून्यमा रन आउट हुँदा बेंगलोर ६२–४ को कमजोर अवस्थामा पुगेको थियो । बेंगलोरका तल्लोक्रमका ब्याट्सम्यानले पनि क्रिजमा टिकेर रन बनाउन सकेनन् ।

होल्डरले १६ औं ओभरको चौथो बलमा शिवम् दुबेलाई कप्तान डेभिड वार्नरबाट ८ रनमा क्याच आउट गराए । वासिन्टन सुन्दर ५ रनमा क्याच आउट भए । तीव्र गतिका बलर टि नटराजनले १८ औं ओभरको पाँचौ बलमा योर्करमा बोल्ड आउट गरेपछि बेंगलोर बलियो योगफलको सम्भावना टाढिएको थियो । नवदीप सैनी ९ र मोहम्मद शिराज १० रनमा अविजित रहे ।

हैदराबादका जेसन होल्डरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए । शहबाज नदीमको नाममा एक विकेट रह्यो । दोस्रो क्वालिफायर आइतबार र फाइनल मंगलबार हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.