5 years ago
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो साता देखि थाल्ने तयारी गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंसिर १० देखि प्रशिक्षणको अनुमति दिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । राखेपले प्रशिक्षको लागि अनुमती दिएसँगै क्यानले कोरोना महामारीको नौं महिनापछि प्रशिक्षणमा बोलाउने तयारी गरेको हो ।
‘प्रशिक्षण सुरुगर्न साथीहरु काठमाडौंमा लागि परेका छन् । मंसिर १० देखि खेलाडीलाई प्रशिक्षणमा बोलाउने भनेका छौं । राखेपले मंसिर १० गतेदेखि प्रशिक्षण गर्नलाई अनुमती दिएको छ । त्यसमा एक दुईदिन तलमाथि हुनसक्छ । त्यो आफ्नो ठाउँमा छ’, चन्द्रले हाम्रो खेलकुदसँग भने ।
शनिबार क्यानको बोर्ड बैठक भर्चुअल (अनलाइन माध्यम) बाट हुँदैछ । त्यसबाट पनि धेरै कुरा निर्धारण हुने चन्द बताउँछन् । नेपालले जनवरी सुरुदेखि आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने सम्भावना छ । कोरोनाका कारण नेपालका तीन आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजहरु स्थगित भइसकेका छन् ।
यता विदेशी प्रशिक्षक डिसेम्बरअघि नेपाल आउने सम्भावना कम छ । क्यानले राष्ट्रिय टोलीको प्रशिक्षकका लागि केहि समयअघि खुल्ला दरखास्त आव्हान गरेको थियो । जसमा कुल ७२ जनाको आवेदन पर्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई २५ जनाको नाम पठाएको चन्दले बताए । उक्त २५ जनाबाट नेपालले प्रशिक्षक पाउने छ ।

टेष्टका सबै १२ देशसँगै, स्कटल्यान्ड, नेदरल्याड्स लगायतका थुप्रै देशबाट नेपालको प्रशिक्षक बन्न आवेदनहरु परेको बुझिएको छ । गत माघमा नेपालमा सम्पन्न ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजबाट भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका थिए । त्यसयता नेपाली टोलीको प्रशिक्षक कार्यवाहकको रुपमा जगत टमटाले सम्हालेका थिए ।
नेपालले पछिल्लो पटक अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता फागुन १७ देखि २३ सम्म थाईल्यान्डमा एसिसी इस्टर्न रिजन २०२० प्रतियोगिता खेलेको थियो । त्यसपछि भने कोरोना महामारीको कारण नेपाली क्रिकेट टोलीको गतिबिधि शून्य बन्दै आएको छ । केहि खेलाडी व्यक्तिगत रुपमा प्रशिक्षण भने गर्दै आएका छन् ।
यस अघि क्यानले भदौ १ गतेदेखि २२ देखि २४ खेलाडी प्रशिक्षणमा बोलाउने तयारी गरेको थियो । प्रशिक्षणकै लागि टीयू मैदानभित्र परिसरमै क्वारेन्टाइन, खाना र बस्ने ब्यवस्था गर्ने जनाएको थियो । खेलाडी र टीयू मैदानका सबै कर्मचारीको कोरोना परिक्षण पिसिआर गर्ने बताएपनि अन्तिममा यस वर्ष अन्तर्राष्ट्रिय कुनै खेल नभएको भन्दै क्यानले प्रशिक्षण स्थगित गरेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]