5 years ago
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले आज भर्चुअल (अनलाइनल) को माध्यमबाट बोर्ड बैठक बस्दैछ ।

असोज ६ पछि पहिलो पटक हुन लागेको क्यानको बोर्ड बैठकमा आज खेलाडीको केन्द्रिय सम्झौता विवाद अन्त्यदेखि बार्षिक साधरण सभा मिति तय, घरेलु प्रतियोगिता सन्चालन लगायतका विभिन्न विषयमा छलफल हुँदै छ । क्यानले आगमी अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजलाई पनि प्राथमिकतामा राखेको छ । आजको बैठकले केन्द्रिय खेलाडी सम्झौता विवादलाई कसरी सुल्झाउछ भन्ने विशेष महत्वका साथ हेरिएको छ ।
असोजमा चितवनमा सम्पन्न बोर्ड बैठकले गरेको राष्ट्रिय तथा महिला टोलीको केन्द्रिय खेलाडी सम्झौता र वर्गिकरण चौतर्फी आलोचनापछि क्यानले खेलाडी छनोट र वर्गीकरण पुनः गर्ने जनाएको थियो । तर अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेल दुबैलाई कोरोनो भाइरस संक्रमण पुष्टि भएपछि बोर्ड बैठक बस्न सकिरहेको थिएन ।
कोरोना महामारी बढ्दै गएपछि क्यानले भर्चुअलको माध्यमबाट बोर्ड बैठक गर्ने निर्णय लिएको हो । क्यानका अध्यक्ष चन्दले खेलाडी सम्झौता, वर्गिकरण र पारिश्रमिक विवाद आज टुङ्गो लाग्ने हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।
चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय १८ पुरुष र १९ महिला टोलाई केन्द्रिय सम्झौतामा राख्दै वर्गीकरण गरेको थियो । तर क्यानको उक्त खेलाडी वर्गिकरण र खेलाडी सम्झौतालाई लिएर चौतर्फी आलोचना भएपछि खेलाडी वर्गिकरण निर्धारण समितिलाई पुन सुझाव सहितको वर्गीकरण आगामी बोर्ड बैठकमा पेश गर्न चन्दले आग्रह गरेका थिए ।
क्यानले पुनः खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष राष्ट्रिय क्रिकेट टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग आवश्यक छलफल गर्दै सुझाव सहितको वर्गिकरण प्रतिबेदन आगमी बोर्डमा पेश गर्न अनुरोध गरेको थियो । त्यसले आज क्यानले यस विषयमा कस्तो निर्णय गर्छ त्यो महत्वपूर्णका साथ रुपमा हेरिएको छ ।

उक्त बोर्ड बैठकले राष्ट्रिय एकदिवसिय पुरुष तथा महिला प्रतियोगिता मंसिरमा गर्ने निर्णय गरेको थियो । तर हालसम्म कुनै तयारी गरेको छैन । जसले गर्दा राष्ट्रिय प्रतियोगिता कहिले गर्ने आयोजना गर्ने पनि निर्णय हुने अनुमान गरिएको छ । डिसेम्बरमा क्यानले टियु मैदानमा त्रिकोणात्मक सिरिजको तयारी गरेको जनाएको थियो । तर अध्यक्ष चन्दले कोरोना महामारीको कारण उक्त समय घरेलु मैदानमा सिरिज नहुने पक्का भएको जनाएका छन् ।
आजको बोर्ड बैठकमा विदेशी प्रशिक्षक नियुक्तिबारे पनि चर्चा चल्ने छ । क्यानको भदौंमा मुख्य प्रशिक्षक, महाप्रबन्ध, वित्त प्रमुख, क्रिकेट ब्यवस्थापक र स्थानिय (लोकल) प्रशिक्षकको लागि आवेदन माग गरेको थियो । जसमा आज केहि पदको निर्धारण गर्न सक्ने अनुमान गरिएको छ । नेपालको मुख्य प्रशिक्षक बन्न विभिन्न देशका ७२ जनाको आवेदन दिदा क्यानले २५ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) लाई पठाएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]