default_image

5 years ago

November 7, 2020

बेंगलोरले हार्नुको प्रमुख तीन कारण

142 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) को एलिमिनेटरबाटै बाहिरिएको छ । शुक्रबार राती सम्पन्न एलिमिनेटर खेलमा बेंगलोर सनराइजर्स हैदराबादसँग ६ विकेटले पराजित हुँदै बाहिरिन पुग्यो ।

बेंगलोरले जारी सिजनमा सुरुवात उत्कृष्ट गरेको थियो । सुरुवाती १० खेलमा ७ मा जित निकाल्दै उपाधिको दाबेदार प्रस्तुत गरेको थियो । त्यसपछि भने लगातार चार खेलमा पराजित भएपछि बेंगलोर अंक तालिकामा नेट रनरेटको आधारमा कोलकाता नाइट राइडर्सलाई पछि पार्दै अन्तिम चारमा रहेर प्ले अफ खेल्नु परेको थियो ।

एलिमिनेटर खेलमा पनि हारको सिलसिला नरोकिएपछि अघिल्लो चरणको सम्भावना सकियो । बेंगलोरले पछिल्ला पाँच खेलमा जित निकाल्न सकेन । हैदराबादसँगको खेलमा बेंगलोरले हार्नुका प्रमुख तीन कारण यस प्रकार छन् ।

विराट ओपनिङमा आउनु

बेंगलोर हैदराबादविरुद्ध प्रमुख चार ब्याट्सम्यानका साथ मैदान उत्रेको थियो । जसले गर्दा शीर्षक्रमका चार ब्याट्सम्यानको उच्च प्रर्दशन विना बलियो योगफलको सम्भावना कठिन थियो । यस अघिका सबै खेलमा तेस्रो नम्बरमा ब्याटिङ गरेका कप्तान विराट कोहली ओपनिङ आउने गलत निर्णय लिएका थिए । जसले बेंगलोरको मध्यक्रम ब्याटिङ झन कमजोर हुन पुग्यो ।

कोहली ओपनिङ आउनुको मुख्य कारण ठूलो इनिङ खेल्दै विशाल लक्ष्य बनाउनु थियो । तर कोहली दोस्रो ओभरमै ६ रनमा क्याच आउट हुन पुगे । बेंगलोरसँग प्रमुख ओपनर आरोन फिन्च हुँदा हुँदै कोहली ओपनिङमा आउने निर्णय पक्कै सहि थिएन । फिन्चमाथि कोहलीलाई विश्वास थिएन भने प्लेइङ–११ मा स्थान किन दिए भन्ने प्रश्न उठ्छ ।

ओपनिङमा जोश फिलिपेलाईनै खेलाउन सक्थे । फिन्चले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ३२ रन जोडे । कोहलीले तेस्रो नम्बरमा खेलेको भए ओपनरहरुको प्रर्दशनको आधारमा त्यसै अनुसार ब्याटिङ गर्न सक्थें र नतिजा फरक आउन सक्थ्यो ।

असन्तुलित टोली

बेंगलोरको प्लेइङ–११ हैदराबादविरुद्ध असन्तुलन थियो । बेंगलोरले प्रमुख चार ब्याट्सम्यानमात्रै खेलाएको थियो । तीन प्रमुख र एक अलराउन्डर गरि कुल चार स्पिनर खेलाएको थियो । मोईन अली अलराउन्डरको रुपमा खेल्दा, युजभेन्द्र चहल, एडम जाम्पा र वासिन्टन सुन्दर प्रमुख स्पिनरको रुपमा खेलेका थिए ।

बेंगलोरको ब्याटिङ शीर्ष तीन ब्याट्सम्यान देवदत्त पाडिक्कल, विराट र एबी डिभिलियर्समा निर्भर रहँदै आएको थियो । ब्याटिङ मजबुत गराउन स्पिनरको ठाउँमा दुई ब्याट्सम्यान खेलाउन सक्थ्यो । कमजोर ब्याटिङ समस्यालाई सुधार गर्न प्रमुख ६ ब्याट्सम्यान मैदान उतार्न सक्नुपथ्र्यो । शीर्षक्रम सस्तैमा आउट हुँदा तल्लोक्रममा सम्हाल्ने ब्याट्सम्यान बेंगलोरमा थिएनन् । मोईन अलीको स्थानमा जोश फिलिपे राम्रो विकल्प थिए ।

वासिंगटन सुन्दर र शिवम दुबे मध्य एकको स्थानमा पार्थिव पटेललाई खेलाएको भए तल्लोक्रम बलियो हुन सक्थ्यो । सुन्दरले २ ओभर बलिङ गर्दा २१ रन खर्चेका थिए । दुबेले १ ओभर बलिङ गर्दा ७ रन खर्चेका थिए । थप दुई प्रमुख ब्याट्सम्यान खेलाएको भए सम्भव त नतिजा बेंगलोरकै पक्षमा आउन सक्थ्यो ।

कमजोर डेथ ओभर बलिङ

सामान्य योगफलमा पनि एक समय बेंगलोरले हैदराबादलाई दबाबमा राखेको थियो । १२ औं ओभरको पाँचौं बलमा प्रियम गर्ग ७ रनमा आउट हुँदा हैदराबाद ६७–४ को कमजोर अवस्थामा थियो । जुन अवस्थामा बेंंगलोरले थप दुई विकेट लिन सकेको भए नतिजा बेंगलोरको पक्षमा आउन सक्थ्यो ।

तल्लोक्रमको कमजोर ब्याटिङ हैदराबादको प्रमुख कमजोरी हो । केन विलियम्सन र जेसन होल्डर क्रिजमा थिए । यी दुबै ब्याट्सम्यानलाई आउट गर्न सकेको भए हैदराबादमा अब्दुल सामद र राशिद खानमा निर्भर रहनुपर्ने थियो । दबाबमा यी दुई अलराउन्डरलाई खेल्न सहज हुने थिएन । तर १२ ओभरपछि बेंगलोरका बलरले विकेट लिन सकेनन् ।

जसको कारण दुई बल अगाडि हैदराबादले जित निकाल्न सफल भयो । विलियम्सन ५० रन र होल्डर २४ रनमा अविजित रहे । पाँचौं विकेटका लागि होल्डर र विलियम्सनले ६५ रनको अविजित साझेदारी गरेका थिए । जुन जितको आधार बन्यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.