5 years ago
November 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले तीव्र गतिका बलर सोमपाल कामीलाई केन्द्रिय खेलाडी सम्झौतामा बी बाट ए ग्रेडमा राख्ने निर्णय गरेको छ । चौतर्फी आलोचनापछि क्यानले यसअघिको निर्णयलाई सुधार गर्दै सोमपाल कामीलाई ए ग्रेडमा राख्ने निर्णय गरेको हो ।

शनिबार बसेको क्यानको भर्चुअल बोर्ड बैठकले सोमपाललाई ए मा राख्ने निर्णय गरेको हो । यसअघि केन्द्रिय खेलाडी सम्झौतामानै नराखेका ललित नारायण राजवंशीलाई बी ग्रेडमा राख्ने निर्णय गरेको छ । त्यस्तै क्यानले तीव्र गतिका बलर अभिनाश बोहरालाई ग्रेड सी बाट बी मा राख्ने निर्णय गरेको छ । युवा ब्याट्सम्यान सन्दीप जोरालाई सी मा राख्ने निर्णय गरेको छ ।
त्यस्तै महिला क्रिकेटतर्फ क्यानले यस अघि नराखेका सरस्वती चौधरीलाई बी ग्रेडमा राखेको छ । ममता चौधरी र सुमन खतिवडालाई ग्रेड सीमा राख्ने निर्णय गरेको छ ।
क्यानले २०२० मा खेलाडीलाई पारिश्रमिक सुरुवाती ६ महिनाको लागि मात्र दिने भएको छ । बाँकी ६ महिनाको लागि भने नयाँ ग्रेड हुने क्यानका कोषाध्यक्ष तथा खेलाडी वर्गिकरण छनोट समितिका संयोजक रोशनकुमार सिंहले हाम्रो खेलकुदलाई जानकारी दिए । सिंहका अनुसार कोरोना महामारीलाई मध्यनजर गर्दै यस सम्झौतामा रहेका सुरुवाती ६ महिनाको पारिश्रमिक पाउने बताएका छन् ।

बाँकी ६ महिनाको भने नयाँ सम्झौता हुने सिंहले बताएका छन् । कोरोना महामारीलाई मध्यनजर गर्दै ६ महिनाको मात्रै सम्झौता गरेको सिंहले जानकारी दिएका हुन् ।
गत असोजमा क्यानले पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीको नामावली सार्वजनिक गरेको थियो । क्यानले तीन ग्रेडमा खेलाडी वर्गीकरण गर्दै पुरुषतर्फ प्रत्येक ग्रेडमा पारिश्रमिकमा १५ हजारले वृद्धि गरेको छ ।
पुरुष खेलाडीको ए ग्रेडका खेलाडीले ५० हजार बी ग्रेडका खेलाडीले ४० हजार र सी ग्रेडका खेलाडीले ३० हजार प्राप्त गर्ने निर्णय गरेको छ । यसै वर्षदेखि समावेश गरिएको महिलातर्फ ए ग्रेडमा रहेका खेलाडीले मासिक १५ बी ले १२ हजार र सी ग्रेडका खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।
पुरुष ग्रेड :
ग्रेड ए : ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सोमपाल कामी ।
ग्रेड बी : सुशन भारी, आरिफ शेख, पवन सरार्फ , अभिनाश बोहोरा र ललित नारायण राजवंशी ।
सी ग्रेड : सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, कमलसिंह ऐरी र सन्दीप जोरा
महिला ग्रेड :
ग्रेड ए : रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी
बी ग्रेड : ज्योती पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ, सरस्वती चौधरी सरिता मगर
सी ग्रेड : कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, शोभा आले, सुमन खतिवडा र ममता चौधरी ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]