default_image

5 years ago

November 7, 2020

दिल्लीले इतिहास रच्न सुधार गर्नुपर्ने पाँच पक्ष

186 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स पहिलो पटक प्रतियोगिताको फाइनल पुगेर नयाँ इतिहास रच्नबाट मात्र एक कदम टाढा छ ।

आइतबार आइपिएलको दोस्रो क्वालिफायरमा दिल्ली र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ । पराजित हुने टोली बाहिरिने छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुँदै सोझै फाइनलमा पुग्ने अवसर गुमाएको दिल्ली हैदराबादलाई हराउँदै पहिलो पटक फाइनलमा पुग्न चाहन्छ । त्यसको लागि दिल्लीले उत्कृष्ट प्रर्दशन गर्नुको साथै टोलीमा परिवर्तन गर्न आवश्यक देखिन्छ ।

हैदराबाद दिल्लीलाई हराउँदै तेस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछ । एलिमिनेटरमा बेंगलोरलाई हराएको हैदराबाद पछिल्लो चार खेलमा लगातार विजयी भएको छ । हैदराबाद आफ्नो लयलाई निरन्तरता दिदै सबैलाई आश्चर्य पार्दै फाइनलमा पुग्न चाहन्छ । पछिल्लो खेलमा दिल्लीको प्रर्दशन भने सन्तोषजनक छैन ।

पछिल्ला ६ खेल मध्य ५ खेलमा दिल्ली पराजित भएको छ । दिल्लीका केहि खेलाडी बाहेक अन्यको प्रर्दशन चिन्ताजनक छ । दिल्लीले लय गुमाएको छ । उपाधिको दाबेदार मध्यको एक दिल्लीलाई फाइनलमा स्थान बनाउन हैदराबादविरुद्ध धेरै कुरामा परिवर्तन र सुधार गर्नुपर्ने देखिन्छ । दिल्लीले पहिलो पटक फाइनलमा पुग्दै इतिहास रच्न हैदराबादविरुद्ध यी पाँच कुरा सुधार र परिवर्तन आवश्यक देखिन्छ ।

५. छक्कामा जोखिम उठाउन आवश्यक

टि२० लाई ब्याटिङको खेल भनिन्छ । टि२० छक्काको महत्व धेरै हुन्छ । दिल्लीका ब्याट्सम्यानले पछिल्ला खेलमा ठूला सटमा खासै जोखिम उठाएको देखिदैन । बेंगलोरलाई लिग चरणमा हराउँदा दिल्लीबाट २ छक्का मात्रै प्रहार भएका थिए ।

त्यसअघि मुम्बईसँग ९ विकेटले पराजित हुँदा दिल्लीका ब्याट्सम्यानले कमजोर ब्याटिङ गरेका थिए । दिल्लीका ब्याट्सम्यानले कुल तीन छक्का प्रहार गरेका थिए । हैदराबादसँग ८८ रनले पराजित हुँदा पनि दिल्लीका ब्याट्सम्यानले कमजोर प्रर्दशन गरेका थिए । हैदराबादविरुद्ध दिल्लीका ब्याट्सम्यानले कुल तीन छक्का मात्रै प्रहार गरेका थिए ।

दिल्लीका ब्याट्सम्यानले छक्कामा जोखिम उठाएको खासै देखिदैन । छक्का विना विशाल योगफल बनाउन कठिन पर्छ । जसले गर्दा कमजोर बलमा दिल्लीले ब्याट्सम्यानले छक्काको जोखिम उठाउन आवश्यक देखिन्छ । जोखिम नउठाई ठूलो योगफल बनाउन कठिन पर्छ ।

४. ब्याट्सम्यानबाट जिम्मेवारी ब्याटिङ आवश्यक

हैदराबादलाई हराउन दिल्लीका ब्याट्सम्यानले जिम्मेवारीका साथ ब्याटिङ गर्न आवश्यक देखिन्छ । दिल्लीले पछिल्ला ६ खेल मध्य पाँचमा हार्नुको मुख्य कारण कमजोर ब्याटिङ हो । पहिलो क्वालिफायरमा मुम्बईविरुद्ध दिल्लीका शिखर धवन, अजिंक्या रहाणे र पृथ्वी शा शून्यमा आउट भएका थिए ।

रहाणे र शा आउट हुनुमा गैर जिम्मेवारी ब्याटिङ थियो । धवनलाई उत्कृष्ट योर्करमा जस्प्रित बुमराले आउट गरेका थिए । कप्तान श्रेयस ऐर जस्प्रित बुमराहको बलमा खराब सट खेल्दै रोहित शर्माबाट १२ रनमा क्याच आउट भएका थिए ।

विकेटकिपर ऋषभ पन्त खराब लयका कारण पछिल्लो समय भारतको सीमित ओभरको क्रिकेटमै छैनन् । दिल्लीका सबै ब्याट्सम्यानलाई जिम्मेवारी प्रर्दशनको आवश्यक देखिन्छ । दिल्लीका ब्याट्सम्यानको जिम्मेवार ब्याटिङ गर्न निकै आवश्यक देखिन्छ ।

३. शालाई बेन्चमा

ओपनर पृथ्वी शाले जारी सिजनमा लगातार खराब प्रर्दशन गरि रहेका छन् । उनीमाथि थप विश्वास देखाउनु टोलीमाथि घातक बन्न सक्छ । उनले खराब प्रर्दशनका बाबजुद लगातार मौका पाउँदा पनि कमजोर प्रर्दशन गरेका छन् ।

लगातार कमजोर प्रर्दशन गरेको कारण उनको सट छनोट र मनोबल पनि मुम्बईको खेलमा कमजोर देखिएको थियो । शाले पछिल्लो ७ खेलमा क्रमश ०:, ९, १०, ७, ०, ०, ४ रनमा आउट भएका छन् । दिल्लीले ओपनिङमा मार्कस स्टोइनिस र शिखर धवन वा धवन र रहाणे मध्य एकलाई गराउनु पर्ने देखिन्छ ।

यसअघि रहाणेले ओपनिङमा कमजोर प्रर्दशन गर्दा तेस्रो नम्बरमा ब्याटिङ गराउँदै आएको छ । शाको स्थानमा एक भारतीय तीव्र गतिका बलर खेलाउन आवश्यक देखिन्छ । हर्षल पटेल दिल्लीका लागि सहि विकल्प हुन सक्छन् ।

२. साम्सको स्थानमा सन्दीप वा हेटमायर

दिल्लीले पछिल्ला दुई खेलमा तीन विदेशी तीव्र गतिका बलर खेलाउँदा प्रमुख ब्याट्सम्यान शिम्रन हेटमायरलाई बेन्चमा राखेको छ । हेटमायरको स्थानमा खेलेका साम्सले पछिल्ला दुबै खेलमा खराब प्रर्दशन गरेका थिए । मुम्बईविरुद्ध ४ ओभरमा ४४ रन खर्चिदा बेंगलोरविरुद्ध ४० रन खर्चेका थिए । दुबै खेलमा इकोनमी १० भन्दामाथि रह्यो ।

दिल्लीले तीव्र गतिको बलिङमा कागिसो रबाडा र एनरिच नोर्कियालाई निरन्तरता दिनुपर्छ । पछिल्ला खेलमा दिल्लीले कमजोर ब्याटिङ गरेको छ । ब्याटिङ बलियो बनाउन हेटमायरनै सहि विकलप हुन् । पन्तको लय कमजोर छ ।

जारी सिजनमा पन्तले बनाएको उच्च योगफल कोलकाता नाइट राइडर्सविरुद्ध ३८ रन छ । जसले गर्दा शीर्षक्रमका ब्याट्सम्यान सस्तैमा आउट हुँदा तल्लोक्रममा उत्कृष्ट इनिङ खेल्ने आवश्यक ब्याट्सम्यान चाहिन्छ । दिल्ली अलराउन्डरमा निर्भर हुनुभन्दा हेटमायरलाई खेलाउन उचित देखिन्छ ।

अर्कोतर्फ दिल्लीले बलिङ बनाउन हेटमायरलाई बेन्चमा राखेर साम्सलाई खेलाएको थियो । बलिङ बलियो बनाउन नेपाली लेगस्पिनर सन्दीप लामिछाने त्यसको सहि विकल्प हुन सक्छन् । दिल्लीमा दुई अफ स्पिनर अक्षर पटेल र रविचन्द्रन आश्विनलाई खेलाउँदै आएको छ । दिल्लीमा लेग स्पिनरको अभाव देखिन्छ । लगातार बेन्चमा बस्दै आएका सन्दीप पनि अवसरको पर्खाइमा रहेका छन् । जुन अवसर सन्दीप पनि खेल फाल्न चाहदैनन् ।

१. स्टोइनिसका साथ ओपनिङ

पछिल्लो समय अष्ट्रेलियाका अलराउन्डर मार्कस स्टोइनिस उच्च लयमा छन् । मुम्बईविरुद्ध दिल्लीका ब्याट्सम्यानले विर्सनलायक प्रर्दशन गर्दा स्टोइनिसले ६५ रनको उत्कृष्ट इनिङ खेलेका थिए । जारी सिजनमा स्टोइनिसले तल्लोक्रममा ब्याटिङ गर्दै तीन अर्ध शतक प्रहार गरेका छन् ।

स्टोइनिसले नयाँ बलका साथ ओपनिङमा उच्च प्रर्दशन गर्ने क्षमता राख्ने गर्दछन् । गत वर्षको बिग ब्यास लिगमा स्टोइनिसले मेलबर्न स्टार्सबाट खेल्दै ७ सय ५ रन बनाएका थिए । जसमा उनको उत्कृष्ट प्रर्दशन १ सय ४७ रनको अविजित इनिङ थियो । दिल्लीको कमजोर ओपनिङ समस्या समाधान गर्ने अन्तिम विकल्प स्टोइनिसनै देखिन्छ ।

राम्रो सुरुवात विना कुनै पनि टोलीले ठूलो योगफल बनाउन सक्दैन । स्टोइनिस आक्रामक ब्याटिङका लागि परिचित छन् । जसले गर्दा पृथ्वी शालाई बेन्चमा राख्दै स्टोइनिस र धवनका साथ ओपनिङ गर्दा दिल्लीको समस्या समधान हुन सक्छ । ओपनरले उच्च प्रर्दशन गर्दा मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानलाई खेल्न पनि सहज हुन सक्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.