default_image

5 years ago

November 8, 2020

फाइनलमा पुग्न दिल्ली र हैदराबाद भिड्दै

134 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ ।

दिल्ली पहिलो पटक र हैदराबाद तेस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छन् । हैदराबादले उत्कृष्ट लय समाउँदा दिल्लीले संघर्ष गरिरहेको छ । पहिलो क्वालिफायरमा दिल्ली मुम्बई इन्डियन्ससँग पराजित हुन पुगेको थियो । हैदराबादले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गर्दै दिल्लीसँग भेट पक्का गरेको हो ।

हैदराबाद पछिल्ला चार खेलमा अपराजित छ । दिल्ली पछिल्ला ६ खेलमा पाँचमा हारको सामना गर्नु परेको छ । आजको विजेताले आइपिएलको फाइनलमा मुम्बई इन्डियन्ससँग खेल्ने छ । दिल्ली हालसम्म आइपिएलको फाइनलमा पुग्न सकेको छैन । दिल्ली हैदराबादविरुद्ध जित निकाल्दै उक्त फाइनलको खडेरी तोड्न चाहन्छ । हैदराबाद सन् २०१६ को विजेता हैदराबाद र २०१८ को फाइनलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो ।

दिल्ली मुम्बईसँग ५७ रनले पराजित हुँदै सोझै फाइनलमा पुग्ने अवसर गुमाएको थियो । दिल्लीलाई फाइनलमा पुग्ने यो अन्तिम अवसर हो । मुम्बईविरुद्ध अजिंक्या रहाणे, शिखर धवन र पृथ्वी शा शून्यमा आउट भएका थिए । लगातार खराब प्रर्दशन गर्दै आएका शालाई आजको खेलमा बेन्चमा राख्ने सम्भावना छ ।

शालाई बेन्चमा राखेर एक तीव्र गतिका बलर थप्ने सम्भावना देखिन्छ । शाले पछिल्ला ८ खेलमा ४९ रन मात्रै बनाएका छन् । जसमा हर्षल पटेलको सम्भावना देखिन्छ । आजको खेलमा मार्कस स्टोइनिस र शिखर धवनले ओपनिङ गर्ने सम्भावना छ ।

स्टोइनिसले लगातार उच्च प्रर्दशन गर्दै आएका छन् । अजिंक्या रहाणे, कप्तान श्रेयस ऐर र ऋषभ पन्तलाई उच्च प्रर्दशन गर्न आवश्यक देखिन्छ । संघर्ष गरि रहेका पन्तलाई जिम्मेवारीका साथ ठूलो इनिङ खेल्न आवश्यक देखिन्छ ।

आज टोलीमा शिम्रन हेटमायर खेल्ने सम्भावना देखिन्छ । हेटमायर फर्किदा ब्याटिङ युनिट बलियो बन्ने छ । मुम्बईविरुद्ध ४ ओभरमा ४४ रन खर्चेका ड्यानियल साम्सको स्थानमा हेटमायरलाई मौका दिन सक्ने सम्भावना छ । मुम्बईविरुद्ध ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिएका रविचन्द्रन आश्विनको लय दिल्लीलाई सकरात्मक पक्ष हो ।

अक्षर पटेलले मुम्बईविरुद्ध ४२ रनको योगदान दिएका थिए । अक्षरबाट दिल्ली बलमा पनि त्यस्तै उत्कृष्ट प्रर्दशन चाहन्छ । कागिसो रबाडा पछिल्लो खेलमा विकेट बिहिन बनेका थिए । जारी सिजनमा २५ विकेट लिई सकेका रबाडालाई आजको खेलमा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । दिल्ली एनरिच नोर्कियाबाट नयाँ बलमा उत्कृष्ट सुरुवात चाहन्छ । ड्यानियल साम्सको स्थानमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको पनि सम्भावना देखिन्छ ।

हैदराबादले पछिल्लो खेलमा बेंगलोरलाई एलिमिनेटरमा ६ विकेटले हराएको थियो । उक्तक्रममा केन विलियम्सन ५० र जेसन होल्डर २४ रनमा अविजित रहँदै जित पक्का गरेका थिए । कप्तान डेभिड वार्नर हैदराबादका प्रमुख हतियार हुन् । उनको उच्च प्रर्दशन बिना हैदराबादलाई जित कठिन पर्ने देखिन्छ ।

बेंगलोरविरुद्ध अर्का ओपनर ऋद्धिमान शाह घाइते हुन पुगेका थिए । उत्कृष्ट लयमा रहेका शा टोलीमा फर्किए हैदराबाद थप मजबुत बन्ने छ । केन विलियम्सनसँगै मनिष पान्डेलाई मध्यक्रममा उत्कृष्ट प्रर्दशन गर्न आवश्यक देखिन्छ । तल्लोक्रममा अब्दुल सामद र होल्डरबाट हैदराबाद उत्कृष्ट प्रर्दशन चाहन्छ ।

कमजोर तल्लोक्रम ब्याटिङ हैदराबादको कमजोरी हो । तीव्र गतिका बलरमा सन्दीप शर्मा र टिनटराजन पहिलो रोजाईमा खेल्ने छन् । जारी सिजनमा यी दुबै बलरले उच्च प्रर्दशन गर्दै आएका छन् । स्पिनरमा राशिद खान र शहबाज नदीमलाई खेलाउने छ । हैदराबादमा शाह फिट नभएको अवस्थामा टोली परिवर्तनको सम्भावना कम छ । राशिद खान दिल्लीमाथि हाबी हुँदै आएका छन् । उनले दिल्लीविरुद्ध पछिल्ला पाँच खेलमा १० विकेट लिएका छन् । दिल्लीका ब्याट्सम्यान राशिद देखि सजग हुन आवश्यक देखिन्छ ।

यसअघि लिग चरणको दुबै खेलमा दिल्ली हैदराबादसँग पराजित भएको छ । हैदराबाद पहिलो खेलमा १५ रन र दोस्रो खेलमा ८८ रनले विजयी भएको थियो । त्यस्तै आबूधाबीमा टस पनि निर्णाय बन्न सक्छ । पछिल्ला ९ खेलमा पहिला ब्याटिङ गर्ने टोली ८ खेलमा पराजित भएको छ । आइपिएलमा यी दुई टोलीबीच हालसम्म १७ खेल भएको छ । जसमा हैदराबाद ११ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.