5 years ago
November 8, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० का सबै खेलमा दिल्ली क्यापिटल्सको बेन्चमा बसेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आइतबार दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादविरुद्ध खेल्ने सम्भावना रहेको छ ।

दिल्लीले आइतबार साँझ दोस्रो क्वालिफायरमा हैदराबादसँग प्रतिस्पर्धा गर्दै छ । पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससँग ५७ रनले पराजित हुँदा दिल्लीका ब्याट्सम्यान र बलर दुबैले कमजोर प्रर्दशन गरेका थिए । दिल्लीले लिग चरणका १४ र पहिलो क्वालिफायर गरि कुल १५ खेल खेलि सक्दा सन्दीप भने बेन्चमा रहँदै आएका छन् । पहिलो पटक फाइनलमा पुग्ने लक्ष्य राखेको दिल्लीले आज टोलीमा केहि परिवर्तन गर्ने सम्भावना छ ।
चार विदेशी खेलाडी खेलाउन पाउने नियम र कमजोर भारतीय तीव्र गतिका बलर हुँदा सन्दीपले दिल्लीमा मौका पाउन सकि रहेका छैनन् । कमजोर भारतीय बलिङकै कारण दिल्लीले पछिल्ला दुई खेलमा तीन विदेशी तीव्र गतिका बलर मैदान उतारेको थियो । तर दिल्लीको रणनीति सफल हुन सकेन । जसले गर्दा दिल्ली सन्दीपका साथ अघि बढ्ने सम्भावना देखिन्छ ।
दिल्लीले कागिसो रबाडा र एनरिच नोर्कियालाई जारी सिजनमा पहिलो रोजाईमा उतार्दै आएको छ । जसमा रबाडाले २५ र नोर्कियाले २० विकेट लिई सकेका छन् । पछिल्ला दुई खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई इन्डियन्सविरुद्ध अष्ट्रेलियाका तीव्र गतिका बलर ड्यानियल साम्सलाई बलिङ बलियो गराउन मौका दिएको थियो । साम्सलाई मौका दिदा ब्याट्सम्यान शिम्रन हेटमायरलाई बेन्चमा राखेको थियो । तर साम्सले दुबै खेलमा खराब प्रर्दशन गरेपछि बलिङ बलियो बनाउन सन्दीपले मौका पाउन सक्ने सम्भावना दखिन्छ ।

साम्सले बेंगलोरविरुद्ध ४० र मुम्बईविरुद्ध ४४ रन खर्चेका थिए । साम्सलाई टोलीमा मौका दिनुको मुख्य कारण तीव्र गतिको बलिङ बलियो बनाउन थियो । तर त्यो रणनीति सफल हुन सकेन । साम्सको स्थानमा दिल्लीले सन्दीप वा शिम्रन हेटमायर मध्य एकलाई मौका दिने छ । सन्दीप लेगस्पिनर हुँदा हेटमायर आक्रामक सटका लागि परिचित वेस्टइन्डिजका युवा ब्याट्सम्यान हुन् । हेटमायरलाई पछिल्लो खेलमा राशिद खानले १६ रनमा बोल्ड आउट गरेका थिए । पहिलो खेलमा हैदराबादविरुद्ध हेटमायर २६ रनमा आउट भएका थिए ।
आबूधाबीको पिच स्पिनर सहयोगी मानिन्छ । बल टर्न हुने गर्दछ । दिल्लीसँग स्पिनरमा पछिल्लो खेलमा अनुभवी अफ स्पिनर रविचन्द्रन आश्विनले मुम्बईविरुद्ध ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिएका थिए । मध्यक्रममा दिल्लीलाई लेग स्पिनरको आवश्यक देखिन्छ । अमित मिश्रा चोटका कारण बाहिरिएसँगै लेग स्पिनरको अभाव दिल्लीले महसुस गर्दै आएको छ । दिल्लीले उक्त अभाव अन्त्य गर्न युवा लेग स्पिनर प्रविन दुबेलाई मुम्बईविरुद्ध लिग चरणमा डेब्यू गराएका थियो । तर दुबेले ३ ओभरमा २९ रन खर्चिदा विकेट लिन सकेका थिएनन् । अव दिल्लीसँग सन्दीप भन्दा अर्को विकल्प पनि छैन ।
पछिल्लो दुई खेलमा दिल्लीले हेटमायरलाई बेन्चमा राखेर साम्सलाई खेलाउने निर्णय लिनु बलिङ बलियो बनाउन थियो । भारतीय तीव्र गतिका बलरले लगातार कमजोर प्रर्दशन गरेपछि उक्त निर्णय लिएको थियो । जसले गर्दा साम्सले कमजोर प्रर्दशन गर्दा सन्दीप त्यसका विकल्प हुन् । वेस्टइन्डिजका अलराउन्डर किमो पलको पनि झिनो सम्भावना रहन्छ । मध्य गतिमा बलिङ गर्ने पलले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्ने गर्दछन् ।

आबूधाबीको पिच पनि स्पिनर उपयोगी मानिन्छ । त्यसैले सन्दीप दिल्लीको रोजाईमा पर्ने सम्भावना देखिन्छ । पछिल्लो खेलमा मुम्बईविरुद्ध रबाडाले ४२ रन खर्चिदा विकेट बिहिन बनेका थिए । एनरिच नोर्कियाले एक विकेट लिदा ५० रन खर्चेका थिए । जसले गर्दा बलिङ बलियो बनाउने रणनीतिमा दिल्ली हुने छ । जसमा सन्दीपको सम्भावना देखिन्छ ।
आज दिल्लीले सन्दीपलाई मौका दिदा थप एक भारतीय तीव्र गतिका बलर खेलाउन सक्छ । जसमा खराब प्रर्दशन गरेका ओपनर पृथ्वी शा को स्थानमा हर्षल पटेलको सम्भावना देखिन्छ । शा ले पछिल्ला ७ खेलमा तीनमा खाता खोल्न सकेका छैनन् । मुम्बईविरुद्ध पनि शून्यमा आउट भएका थिए । पछिल्ला आठ खेलमा शाले ४९ रन मात्रै जोडेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]