default_image

5 years ago

November 9, 2020

गौतमबुद्ध रंगशालामा खेलेर मात्र सन्यास लिने पारसको इच्छा

180 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको अवलोकन गरेका छन् ।

पारससँगै नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रिय सदस्य छुम्बी लामा, बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले सोमबार चितवनमा पुगेर गौतमबुद्ध निर्माणधिन रंगशाला अवलोकन गरेका हुन् । पारसले रंगशालाको अवोलोकनपछि फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) लाई सोचभन्दा धेरै राम्रो काम भएको बताएका थिए ।

पारसले यस रंगशालामा खेलेपछि मात्र सन्यास लिन पाए राम्रो हुने बताएका थिए । उनले राम्रो कामको सुरुवात हुनुको साथै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाहिएको पनि बताएका थिए । सोच भन्दा धेरै राम्रो काम भई रहेको र समयमै सम्पन्न गर्न सबै क्षेत्रलाई सहयोग गर्न समेत पारसले अनुरोध गरेका थिए ।

‘यस रंगशालमा खेल्न म उत्साहित छु । यस सुरुवातलाई निरन्तरतामा ध्यान दिनु नै ठूलो कुरा हो । धुर्मुस सुन्तली तपाईं बधाईको पात्र हुनुहुन्छ । सहयोग गर्ने सबैलाई धन्यवाद । सबैले यसमा सहयोग गर्न आग्रह गर्दछु । यहाँ खेल्ने मेरो पनि रहर छ । १७ वर्षे क्रिकेट यात्रा पुगिसकेको छ । अब यहाँ पनि खेलेर सन्यास लिन पाए झनै राम्रो हुन्थ्यो,’ पारसले भनेका थिए ।

धुर्मुसले पारस रंगशालामा आउँदा सबैभन्दा ठूलो सहयोग मिल्नुको साथै झनै उत्साहित र हौसला बढेको बताएका थिए । गौतमबुद्ध रंगशाला निर्माणकार्य एक वर्षदेखि निरन्तर जारी छ । कोरोना महामारीको समयमा पनि रंगशाला काम निरन्तर चल्दै आएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.