default_image

3 years ago

November 12, 2020

दिल्लीमा सन्दीप : आवश्यकता र रणनीतिको उपज

भुपेन्द्र जिसी, काठमाडौं इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पुरै खेलमा दिल्ली क्यापिटल्स बेन्चमा बसेर स्वदेश फर्किनु पर्यो । यसअघिका दुई सिजनमा थोरै खेलमा मौका पाएका सन्दीपले यो सिजनमा पहिला भन्दा बढी मौका पाउन सक्ने धेरैको आशा थियो । आइपिएल सुरु हुन भन्दा एक हप्ता अघि वेस्टइन्डिजमा सम्पन्न क्यारेबियन प्रिमियर […]

46 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पुरै खेलमा दिल्ली क्यापिटल्स बेन्चमा बसेर स्वदेश फर्किनु पर्यो ।

यसअघिका दुई सिजनमा थोरै खेलमा मौका पाएका सन्दीपले यो सिजनमा पहिला भन्दा बढी मौका पाउन सक्ने धेरैको आशा थियो । आइपिएल सुरु हुन भन्दा एक हप्ता अघि वेस्टइन्डिजमा सम्पन्न क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलावाजमा गरेको राम्रो प्रर्दशनले संयुक्त अरब इमिरेट्स (यूएई) मा सन्दीपको सम्भावना झनै बढेको थियो ।

सिपिएलको प्रर्दशन आइपिएलको तयारीको रुपमा समेत हेरिएको थियो । नेपाली समर्थक र शुभचिन्तक सिपिएलको प्रभावशाली प्रर्दशनले आइपिएलमा सन्दीपलाई हेर्न उत्साहित र आतुर थिए । तर आइपिएलको तीन वर्षे यात्रामा उनले पहिलो पटक कुनै खेलमा मौका पाउन सकेनन् ।

आइपिएल सुरु भएयता सबैको प्रतीक्षा सन्दीपले कहिलेबाट खेल्छन् भन्ने थियो । खेल बित्दै जाँदा विभिन्न सम्भावना र समिकरण केलाउँदै अब खेल्छन् कि भन्ने आशामा बित्यो । फाइनलसम्म आइपुग्दा पनि उनको सम्भावनाबारे चर्चा सेलाएको थिएन । अन्तत: आइपिएल सकियो र सन्दीपले एक खेल पनि खेल्न पाएनन् ।

पहिलो पटक आइपिएलको फाइनलमा पुगेको दिल्ली मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भयो । दिल्लीले प्रतियोगितामा सर्वाधिक १७ खेल खेल्यो । जसमा चार विदेशी कोटामा प्रायः तिनै खेलाडीलाई मैदान उतार्यो । तीब्र गतिका बलर कागिसो रबाडा र अलराउन्डर मार्कस स्टोइनिसले पुरै १७–१७ खेल खेले ।

त्यस्तै एनरिच नोर्कियाले १६ खेल खेल्दा शिम्रन हेटमायर १२, विकेटकिपर एलेक्स केरी र तीब्र गतिका बलर ड्यानिल साम्सले ३–३ खेल खेले । सन्दीपले मौका नपाउनुको मुख्य कारण भारतीय तीब्र गतिका बलर कमजोर हुनु रह्यो । जसले गर्दा दिल्लीले आफ्नो बलिङ आक्रामण बलियो बनाउन दुई विदेशी खेलाडी खेलाई रह्यो ।

दक्षिण अफ्रिकी बलरद्वय रबाडा र एनरिच नोर्कियाले उच्च प्रर्दशन पनि गरे । रबाडाले ३० विकेट लिँदै पर्पल क्याप जित्दा नोर्कियाले २२ विकेट लिदै उत्कृष्ट प्रभाव छाडे । अलराउन्डर मार्कस स्टोइनिसको अलराउन्ड प्रर्दशन पुरै १७ खेलमा रह्यो । शिम्रन हेटमायरको स्थानमा भने एलेक्स केरीलाई तीन खेलमा मौका दिएको थियो । ऋषभ पन्त घाइते हुँदा हेटमायरलाई बेन्चमा राखेको थियो । ड्यानियल साम्सलाई मौका दिँदा पनि हेटमायरनै टोली बाहिर रहे ।

दिल्लीले सुरुवाती ९ खेलमा २ खेलमा मात्रै हादै १४ अंकका साथ शीर्षस्थानमा थियो । एक खेल जितेको भए प्ले अफमा पुग्ने थियो । बाँकी चार खेलमा मौका नपाएका खेलाडीलाई अवसर दिन सक्थ्यो । तर दिल्लीले लगातार चार खेलमा पराजित भयो । जसले गर्दा अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई हराउँदै प्ले अफमा स्थान पक्का गरेको थियो । पहिलानै एक खेल जितेको भए बाँकी चार खेलमा सन्दीप खेल्ने सम्भावना रहन्थ्यो ।

रबाडा र नोर्कियालाई बलिङ तथा हेटमायर र स्टोइनिसलाई ब्याटिङ बलियो बनाउन पहिलो रोजाईमा खेलाइरह्यो । यी चार मध्य एकलाई बेन्चमा राखेर सन्दीपलाई मौका दिँदा टोली सन्तुलन बिग्रिने थियो । दिल्लीमा सुरुवाती समय लेगस्पिनर अमित मिश्रा र रविचन्द्रन आश्विन हुँदा पनि सन्दीपलाई कठिन बनेको थियो ।

तर मिश्रा चोटका कारण बाहिरिएपछि सन्दीपले मौका पाउन सक्ने सम्भावना बढेको थियो । दिल्लीले हेटमायरलाई बेन्चमा राख्दै तीन तीब्र गतिका बलरलाई मैदान उतार्यो । तर स्पिनर खेलाएन । किनकी स्पिनरमा आश्विन र अक्षर पटेल टोलीमा थिए । दिल्लीमा स्पिनर नभएर तीब्र गतिका बलर आवश्यक थियो ।

अष्ट्रेलियन क्रिकेटका सर्वाधिक सफल पूर्व कप्तान रिकी पोन्टिङको रोजाईमा सन्दीप परेनन् । दुई पटकका विश्वकप च्याम्पियन प्रशिक्षक पोन्टिङको प्लेइङ ११ मा सन्दीप नपरेपनि उनीबाट ड्रेसिङ रुममा विषयमा सिक्ने मौका पाएको अनुमान गर्न सकिन्छ । पोन्टिङ विश्व क्रिकेटमा वर्तमान समयका एक उत्कृष्ट प्रशिक्षक मानिन्छन् ।

नेपाल जस्ता देशका खेलाडीले पोन्टिङसँग अभ्यास गर्न पाउनुनै आफैमा ठूलो अवसर मानिन्छ । हुन त सन्दीपले पोन्टिङबाट पहिलो वर्ष प्रशिक्षण लिएका भने होईनन् । सन् २०१८ देखिनै दिल्ली पोन्टिङले सम्हाल्दै आएका छन् । तर दिल्लीको ड्रेसिङ रुमको वातावारण र त्यहाँ सिक्ने अवसरले करिअरमा धेरै फाइदा पुग्न सक्छ। यस पक्षबाट सन्दीप खुसी नै हुनुपर्छ ।

सन्दीपको दिल्लीसँग तीन वर्षे सम्झौता भएको कारण पनि यो सिजन निकै महत्त्वपूर्ण थियो । आगामी वर्षको अक्सनमा यस वर्षको प्रर्दशनलाई हेदै खेलाडीमाथि मूल्य लाग्ने गर्दछ । जसले गर्दा सन्दीप उत्कृष्ट प्रभाव छाड्न चाहन्थे ।

२०१८ मा पहिलो आइपिएल खेल्ने नेपाली खेलाडी बनेका सन्दीपले अन्तिम समयमा मौका पाएका थिए । दिल्ली लिग चरणबाट बाहिरिएपछि सन्दीपले अन्तिमका तीन खेलमा मौका पाउँदा पाँच विकेट लिएका थिए । दिल्लीले २०१९ मा टोलीमै राख्दै ६ खेलमा मौका दिएको थियो ।

दिल्लीले घरेलु मैदान फिरोजशाह कोटला मैदानमा सन्दीपलाई धेरै खेलमा मौका दिएको थियो । नयाँ दिल्लीमा रहेको फिरोजशाह कोटला क्रिकेट स्टेडियम स्पिनरको दरबार मानिन्छ । सन्दीपले मौका पाएपनि औसत प्रर्दशन गर्दै ८ विकेट लिएका थिए । २०२० मा सन्दीपलाई दिल्लीले टोलीमै राख्ने निर्णय लिएको थियो । ।

यो सिजनमा झन्डै एक दर्जन विदेशी खेलाडी बेन्चमा बस्नु पर्यो । जसमा बेन्चमा बस्ने सन्दीपमात्रै प्रमुख स्पिनर हुन् । अन्य सबै प्रमुख स्पिनरले मौका पाएका थिए । दिल्लीसँग सन्दीपको तीन वर्षे सम्झौता सकिएको छ । अब सन्दीप अर्को टोलीबाट खेल्न सक्छन् ।

अर्को वर्ष वर्ष आइपिएल मार्च अप्रिलमै हुने छ । यो वर्ष कोरोना महामारीको कारण सेप्टेम्बर नोभेम्बरमा हुन पुगेको थियो । कोरोना महामारीको कारण आर्थिक संकट चलिरहँदा आगमी वर्ष आइपिएलको मेगा अक्सन नहुने चर्चा पनि छ । तर बिसिसिआईले हालसम्म औपचारिक रुपमा कुनै पुष्टि गरेको छैन ।

आइपिएलको मेगा अक्सन भएमा सन्दीप लिलामी अक्सनमा जाने निश्चित छ । नियम अनुसार एक टोलीले बढीमा पाँच खेलाडी मेगा अक्सनको वर्षमा टोलीमै राख्न सक्छन् । मेगा अक्सन नभएको खण्डमा भने दिल्लीले सन्दीपसँग आन्तरिक समझदारीमा पारिश्रमिक बढाउँदै सम्झौता पनि गर्न सक्छ ।

तीब्र गतिका बलर कागिसो रबाडा, कप्तान श्रेयस ऐर र विकेटकिपर ऋषभ पन्तलाई दिल्लीले बेच्ने छैन । अबको अक्सनमा २० लाख भारतीय रुपैयाँबाट करोडको मूल्यमा बिक्न सक्ने सम्भावनाका लागि सन्दीपको बाटो खुलेको छ ।

कतिपय समर्थकहरु दिल्लीले सन्दीपलाई मौका नदिँदा अन्य विदेशी लिगको सम्भावना पनि कम हुन गएको चिन्ता व्यक्त गरिरहेका छन् । दिल्लीको सामाजिक सञ्जालमा आक्रोश पोख्ने नेपाली समर्थक र शुभचिन्तकहरुको भिड पनि ठुलै छ ।

खेलाडीले टोलीमा मौका पाउने वा नपाउने छिनोफानो टोलीको आवश्यकता र रणनीतिमा निर्भर रहन्छ । टोलीको आवश्यकता छैन भने जतिसकुै स्टार खेलाडी पनि प्लेइङ ११ बाहिर रहनुपर्छ । यसपटक सन्दीप त्यसैकारण बाहिर बस्न बाध्य भए ।

सन्दीप पछिल्लो दुई बर्षमा अन्य विदेशी फ्रेन्चाइज लिगहरुमा भने पहिलो रोजाईमा खेल्दै आएका छन् । जसको मुख्य श्रेय आइपिएललाई नै जान्छ । सन्दीपले तीन सातापछि बिग ब्यास लिग खेल्दैछन् । जुन आइपिएल पछिको सर्वाधिक ठूलो फ्रेन्चाइज लिग मानिन्छ । जहाँ सन्दीपले उच्च प्रर्दशन गर्नुपर्ने हुन्छ ।

आगामी अक्सनमा महँगो मूल्यमा बिक्न सन्दीपले अबका अन्य विदेशी फ्रेन्चाइज लिग र नेपालको अन्तर्राष्ट्रिय खेलमा कस्तो प्रर्दशन गर्छन् त्यसले ठूलो प्रभाव पार्ने छ । सन्दीपले एक सिजन दिल्लीमा खेल्न नपाउँदैमा उनको अन्य विदेशी लिग र आगामी आइपिएलको भविष्यमा प्रश्न उठाउने ठाउँ रहन्न । सन्दीपले यसलाई सकरात्मक प्रेरणाको रुपमा लिँदै आफ्नो उत्कृष्ट प्रर्दशनमा ध्यान दिनुपर्छ ।

टोलीको आवश्यकता भन्दा एउटा खेलाडी महत्वपूर्ण हुन सक्दैन भन्ने सन्दीपले पनि बुझेका छन् । टोलीमा आवश्यकता एउटा र क्षमता भएको खेलाडी अर्कै छ भने प्लेइङ ११ मा स्थान बनाउन सक्दैन । खेलाडीको क्षमता उत्कृष्ट भएर मात्र टोलीमा पर्न सकिदैन आवश्यकता पनि त्यति नै हुनुपर्छ । सन्दीपको हकमा यसपटक त्यस्तै भयो ।

April 24, 2024

वेस्ट इन्डिज ‘ए’ आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्ट इन्डिज ‘ए’ टोली बुधबार नेपाल आइपुगेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट मेनेजर विनोद दासले वेस्ट इन्डिज टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। कीर्तिपुरस्थित त्रिवि मैदानमा […]

April 24, 2024

कोशीलाई हराए पनि गण्डकी पनि बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी–ट्वान्टी च्याम्पिनसिपमा पुछारमा रहेको कोशी प्रदेशलाई बुधबार ४ विकेटले पराजित गरेको छ । गण्डकीको यो दोस्रो जित हो । जितका बाबजुद गण्डकी लिग चरणबाटै बाहिरिसकेको छ । लगातारको पाँचौ हार बेहोरेको कोशीले अंकको खाता खोल्न सकेको छैन । कर्णाली पनि लिग चरणबाटै बाहिरिएको छ । […]

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

Success

Thank you for your time.