5 years ago
November 25, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी स्पिनर वसन्त रेग्मीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

वसन्तले मंसिर पाँच गते लक्षण देखिएपछि स्वास्थ्य परिक्षण गराएको र नतिजा पोजेटिभ देखिएको हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । वसन्त त्यसैको कारण बन्द प्रशिक्षणमा आएका थिएनन् । वसन्तको रिपोर्ट पोजेटिभ आएकै दिन क्यानले बन्द प्रशिक्षणमा बोलाउने २२ खेलाडीको नाम सार्वजनिक गरेको थियो ।
अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको वसन्तले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । वसन्त गृहजिल्ला भैरवाहमा घरमै आइसोलेसनमा बसिरहेका छन् । ‘लक्षण देखिपछि परिक्षण गराएको थिए । रिपोर्ट पोजेटिभ आयो । पहिला भन्दा अहिले स्वास्थ्यमा धेरै सुधार पनि भएको छ । लक्षण बिस्तारै हराउँदै गएको छ’, वसन्तले भने ।
राष्ट्रिय टोलीमा कोरोना संक्रमण देखिने खेलाडीको संख्या चार पुगेको छ । मंगलबार टीयू मैदानमा पिसिआर परिक्षण गराएका कप्तान ज्ञानेन्द्र मल्लसँगै उप कप्तान दीपेन्द्रसिंह ऐरी र युवा ब्याट्सम्यान रोहित कुमार पौडेललाई कोरोना संक्रमण देखिएको नेपाल क्रिकेट संघ (क्यान) ले पुष्टि गरेको छ । त्यस्तै चालक प्रदीप लामालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । चार खेलाडीमा कोरोना संक्रमण देखिएसँगै क्यानले थप पाँच खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
युवा ब्याट्सम्यान रित गौतम, विकेटकिपर तथा ओपनर अनिल कुमार शाह, आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल, युवा ब्याट्सम्यान लोकेश बम र तीव्र गतिका बलर बिक्रम शोबलाई बन्द प्रशिक्षणमा बोलाएको क्यानले जनाएको छ । यी पाँच खेलाडीको कोरोना परिक्षण गराएपछि बन्द प्रशिक्षणमा सामेल हुने छन् ।
क्यानले बन्द प्रशिक्षणमा बोलाइएका २२ मध्य १६ खेलाडी मात्रै मंगलबार पिसिआर परिक्षणको लागि टीयू मैदानमा उपस्थित रहेका थिए । मंगलबार भएको पिसिआर परिक्षणमा शरद भेषावकरसँगै युवा ब्याट्सम्यान कुशल मल्ल, ओपनर सुवास खकुरेल, तीव्र गतिका बलर करण केसी, स्पिनर सन्दीप लामिछाने र अनुभवी स्पिनर वसन्त रेग्मी सहभागी थिएनन् । वसन्त कोरोनाको कारण उपस्थित नहुँदा कुशल कक्षा १२ को परिक्षा हुदा आउन नसकेको जानकारी दिएका थिए ।
अन्य चार खेलाडीले ब्यक्तिगत कारण देखाएको कार्यवाहक व्यवस्थापक तथा फिजियो विक्रम न्यौपानेले जानकारी दिएका छन् । क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण बिहिबारदेखिनै सुरु हुने जनाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]