5 years ago
November 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोली ९ महिनापछि प्रशिक्षणमा फर्किएको छ । बिहिबार नेपालको एकमात्र अन्तर्राष्ट्रिय मैदान टीयू क्रिकेट मैदानमा ९ खेलाडीसँगै अभ्यास सुरु भएको हो ।

क्यानले सुरुमा २२ र पछि थप पाँच गरि कुल २७ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । मंगलबार १६ खेलाडीको पिसिआर परिक्षण हुँदा कप्तान ज्ञानेन्द्र मल्ल, रोहित कुमार पौडेल र उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई कोरोना संक्रमण देखिदा आइसोलेसनमा बसेका छन् । उक्त तीन खेलाडीको सम्पर्कमा आएका अन्य ६ खेलाडीलाई पनि आइसोलेसनमा राखिएको छ ।
आगामी तीन चार दिनभित्रमा ती खेलाडीको पुनः पिसिआर परिक्षण हुने कार्यवाहक व्यवस्थापक तथा फिजियो विक्रम न्यौपानेले जनाएका छन् । कोरोना संक्रमित खेलाडीको नजिक आएका सन्दीप जोरा, अभिनाश बोहरा, कमल सिंह ऐरी, राशिद खान, किशोर महतो र कुशल भुर्तेललाई होटलको आइसोलेसनमा राखिएको छ ।
विक्रम शोब, रित गौतम र करण केसी पनि काठमाडौं आइसकेका छन् । अनिलकुमार शाह पहिलो दिन अभ्यासमा जोडिसकेका छन् । तीन खेलाडी पिसिआर रिपोर्ट आएपछि प्रशिक्षणमा सामेल हुने छन् । क्यानले साहायक कोचका रुपमा मनोज कटवाललाई बोलाएको छ । पहिलो दिन झन्डै चार घण्टा टोलीले अभ्यास गरेको थियो । फिटनेसदेखि ब्याटिङ अभ्यासमा बिताएको थियो ।
पहिलो दिन प्रशिक्षक जगत टमटा, फिजियो बिक्रम र फिटनेश ट्रेनर आयश हत्कर टीयू मैदानमा रहेका थिए । पारस खड्का, सोमपाल कामी, विनोद भण्डारी, सुशन भारी, ललित नारायण राजवंशी, पवन सरार्फ, भुवन कार्की, आरिफ शेख र अनिलकुमार शाह अभ्यासमा पहिलो दिन सहभागी हुने खेलाडी हुन् ।
मंगलबार पिसिआर परिक्षणमा शरद भेषावकरसँगै युवा ब्याट्सम्यान कुशल मल्ल, ओपनर सुवास खकुरेल, तीव्र गतिका बलर करण केसी, स्पिनर सन्दीप लामिछाने र अनुभवी स्पिनर वसन्त रेग्मी सहभागी थिएनन् । वसन्त कोरोना संक्रमण, कुशल कक्षा १२ को परिक्षा हुँदा अन्यले व्यक्तिगत कारण देखाएका छन् ।
क्यानले युवा ब्याट्सम्यान रित गौतम, लोकेश बम, अनिल कुमार शाह, कुशल भुर्तेल र विक्रम शोबलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको थियो । लोकेश १३ गतेपछि टोलीमा उपलब्ध हुने छन् । अन्य ती खेलाडी पिसिआर परिक्षणको नतिजा आएपछि सामेल हुनेछन् । नेपालले पछिल्लो पटक फागुनमा थाईल्यान्डमा भएको एसिसी इस्टर्न रिजनको लागि बन्द प्रशिक्षण गरेको थियो । त्यसपछि कोरोना महामारीको कारण नेपाली क्रिकेट ठप्प थियो । नेपालले आगमी कुन सिरिज खेल्छ अझै निश्चित भने भई सकेको छैन ।
२५ दिनको प्रशिक्षणपछि एक हप्ता बिदा हुनेछ । उक्त समयमा प्रधानमन्त्री एकदिवसिय कप हुने सम्भावना छ । बन्द प्रशिक्षणको समयमा ए, बी र सी टोली बनाएर अभ्यास खेल खेलाउने तयारी गरिरहेको छ । जसमा भारतमा रहेका नेपाली मुलका खेलाडी आउन सक्ने सम्भावना छ । मार्चमा ओमानमा आइसिसी एक दिवसिय विश्वकप त्रिकोणात्मक सिरिज नभएको खण्डमा नेपालले विदेशमा बलियो टोलीसँग अभ्यास गर्ने क्यानले जनाएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]