default_image

5 years ago

November 27, 2020

अष्ट्रेलियाविरुद्ध कोहलीको परिक्षा

154 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सन् २०१८/१९ को अष्ट्रेलिया भ्रमणमा इतिहास रच्दै स्वदेश फर्किएका थिए । जुन समय कोहली भारतबाट अष्ट्रेलियामा ओडिआई र टेष्ट सिरिज जित्ने पहिलो कप्तान बनेका थिए ।

तीन ओडिआई खेलको सिरिज २–१ र चार टेष्ट खेलको सिरिज भारतले २–१ ले जितेको थियो । तीन टि२० सिरिज १–१ को बराबरीमा सकिएको थियो । यसले कोहलीको कप्तानी चर्चा थप चुलिएको थियो । भारतले शुक्रबारदेखि तीन ओडिआई खेलको पहिलो खेलसँगै अष्ट्रेलिया भ्रमण २०२०/२१ को सुरुवात गर्ने छ । अष्ट्रेलियामा भारतले तीन ओडिआई, तीन टि२० आई तथा चार टेष्ट खेल्ने कार्यक्रम छ । जसमा कोहलीलाई यस अघिको नतिजा दोहोराउन प्रमुख चुनौती हुने छ ।

बल टेम्परिङ काण्डको कारण प्रमुख दुई ब्याट्सम्यान स्टिभ स्मिथ र डेभिड वार्नरलाई एक वर्षको प्रतिबन्ध लागेपछि अष्ट्रेलिया एक समय ४० वर्ष यताकै खराब अवस्थामा पुगेको थियो । स्मिथ र वार्नर नहुनुको फाइदा भारतले उठाउँदै ओडिआई र टेष्ट सिरिज जितेको थियो । तर यस पटक अष्ट्रेलिया टोलीमा वार्नर र स्मिथ दुबै प्रमुख हतियारको रुपमा छन् ।

यतिमात्र होईन कोहली त्यो बेला अष्ट्रेलिया भ्रमणमा छन् जुन समय भारतीय क्रिकेटमा अहिले ओपनर रोहित शर्मालाई समिति ओभरको कप्तान बनाउनु पर्ने आवज उठि रहेको छ । यसै महिना सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि मुम्बई इन्डियन्सले जितेसँगै रोहितलाई बनाउनु पर्ने आवज उठेको हो ।

रोहितले मुम्बईलाई पाँच पटक आइपिएल उपाधि जिताउँदा कोहलीले हालसम्म सकेका छैनन् । अष्ट्रेलिया भम्रणमा भारतले सिरिज जित्न सकेको खण्डमा कोहलीलाई हटाउनु पर्ने मागमा मर्थर हुन सक्छ । अन्यथा रोहितको कप्तानी माग झनै बढ्न सक्ने अनुमान गरिएको छ । कोहलीको प्रर्दशनले थप प्रभाव पार्ने छ । भारतको जित वा हार कुन किसिमको हुन्छ त्यसले पनि निर्धारण गर्दछ ।

यस रोहित पटक अष्ट्रेलिया भ्रमणमा भारतीय टोलीमा छैनन् । सिमित ओभरमा टोलीमै नभएका रोहित टेष्टको सुरुवाती दुई खेल गुमाउने छन् । हिटम्यान रोहित नहुँदा भारत केहि कमजोर देखिन्छ । अर्कोतर्फ सन् २०१८ मा अष्ट्रेलियामा ओडिआई सिरिज जिताउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै ‘प्लेयर अफ द सिरिज’ चुनिएका विकेटकिपर तथा पूर्व कप्तान महेन्द्रसिंह धोनीले सन्न्यास लिई सकेका छन् ।

धोनी र रोहितबाट कठिन समयमा विराटले लिने सल्लाह यस पटक अष्ट्रेलिया भम्रणमा पाउने छैनन् । प्रर्दशनमा पनि त्यतिनै असर पर्न सक्छ । कोहलीले रोहित नहुँदा जिम्मेवारी थप उठाउनुपर्ने हुन्छ । अर्कोतर्फ कोहली पहिलो टेष्ट पछि भारत फर्किने छन् ।

पहिलो सन्तानको बुबा बन्न लागेका कोहली स्वदेश फर्किदा बाँकी तीन टेष्टमा भारत थप समस्यामा पर्न सक्छ । किनभने भारत पछिल्लो समय शीर्ष तीन ब्याट्सम्यानमा धेरै निर्भर रहँदै आएको छ । तल्लोक्रम बलियो बनाउन राहुलाई ओडिआईमा पाँचौ नम्बरमा ब्याटिङ गराउँदै आएको छ ।

वार्नर र स्मिथ सम्मिलित अष्ट्रेलियाले पछिल्लो दुई वर्षमा खेलाडीमा धेरै परिवर्तन गरि सकेको छ । युवा ब्याट्सम्यान मार्नस लाबुसेनको लय उसको थप हतियार हो । स्मिथ र वार्नरको प्रतिबन्धले सन् २०१८ मा अष्ट्रेलिया टेष्ट टोलीमा डेब्यूको मौका पाएका लाबुसेनले लगातार उत्कृष्ट प्रर्दशन गर्दै आइसिसी वरियतामा तेस्रो स्थानमा छन् । लाबुसेनको टेष्ट औसत ६३ छ ।

स्मिथ पहिलो स्थानमा र कोहली दोस्रो स्थानमा छन् । लाबुसेन स्मिथ र कोहली दुबैलाई पछि पार्दै शीर्षस्थानमा पुग्न चाहन्छन् । जसले गर्दा थप उत्कृष्ट प्रर्दशन गर्ने अनुमान गरिएको छ । अर्कोतर्फ भारतले सन् २०१८ मा सिरिज जित्दा अष्ट्रेलिया प्रमुख तीब्र गतिका बलर मिचेल स्टार्क चोटका कारण टोलीमा थिएनन् । यस पटक स्टार्क पनि टोलीमा रहँदा बलिङ युनिट मजबुत छ । टेष्टका शीर्ष स्थानमा बलर प्याट कमिन्सले स्विङले थप आर्कषित गर्ने छ । मार्कस स्टोइनिसको उच्च लय अर्को बलियो पक्षको रुपमा छ ।

अष्ट्रेलिया घरेलु मैदानमा सिरिज विरलै गुमाउने गर्दछ । अष्ट्रेलिया र भारतबीच इतिहास देखिनै आफ्नो साख जोगाउन निकै प्रतिस्पर्धा हुने गर्दछ । यस पटक बलियो अष्ट्रेलियालाई हराउँदै सिरिज जित्न कोहलीलाई सहज देखिदैन । सन् २०१८ मा कमजोर टोलीलाई हराएको भारतले यस पटक बलियो टोलीलाई हराउन कोहलीको कप्तानीको असली अग्नी परिक्षा हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.