5 years ago
November 27, 2020
एजेन्सी – तीन टि२० आई खेलको सिरिजको पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डले वेस्टइन्डिजविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

इडेन पार्क अकल्यान्डमा न्युजिल्यान्डका कार्यवाहक कप्तान टिम साउथीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । न्युजिल्यान्डले टोलीमा दुई खेलाडीलाई डेब्यू गराएको छ । तीव्र गतिका बलिङ अलरान्डर काइल जामिसन र ब्याट्सम्यान डेभन कन्वेलाई डेब्यू गराएको छ ।
नियमित कप्तान केन विलियम्सनलाई यस सिरिजमा विश्राम दिएको हुँदा कन्वेले डेब्यूको मौका पाएका हुन् । जामिसनले टेष्ट र ओडिआईमा भने आफ्नो प्रभाव छोडिसकेका छन् ।
न्युजिल्यान्डको प्लेइङ ११ : मार्टिन गुप्टिल, टिम सिफर्ट (विकेटकिपर), डेभव कन्वे, ग्लेन फिलिप्स, रस टेलर, जेम्स निसम, मिचेल सान्टनार, टिम साउथी (कप्तान), काइल जामिसन, लोकी फर्गुसन, हमिस बेनेट
वेस्टइन्डिजको प्लेइङ ११ : ब्रेन्डन किंग, आन्द्रे फ्लेक्चर, शिम्रन हेटमायर, निकोलस पुरन (विकेटकिपर), रोवमान पोवेल, काइरन पोलार्ड (कप्तान), फबिएन एलेन, किमो पल, शेल्डन कटरेल, केस्रिक विलियम्स, र ओशेन थोमस
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]