5 years ago
November 28, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भारतीय क्रिकेट टोलीका खेलाडीलाई कारवाही गरेको छ । पहिलो ओडिआई खेलमा शुक्रबार अष्ट्रेलियाविरुद्ध पराजित हुने क्रममा भारतीय खेलाडीले ‘स्लो ओभर रेट’ का कारण २० प्रतिशत म्याच फि काटिने भएको छ ।

आइसिसीका इलिट प्यानलका म्याच रेफ्रि डेभिड बुनले विराट कोहलीको कप्तानी रहेको भारतले सिड्नीमा अष्ट्रेलियासँग पहिलो ओडिआई खेलमा निर्धारित समय भन्दा एक ओभर ढिला गरेको हुँदा कारवाही गर्नुपरेको जनाएका छन् । जसका कारण म्याच फि वापत सबै खेलाडीको २० प्रतिशत रकम काटिएको छ ।
आइसिसीको नियम २.२२ का अनुसार एक ओभर निर्धारित समयभन्दा ढिला भएमा २० प्रतिशत म्याच फि रकम काटिने गर्दछ । कप्तान विराटले यस गल्ती स्वीकार गरेका छन् ।
भारत अष्ट्रेलियासँग पहिलो ओडिआई खेलमा ६६ रनले पराजित भएको थियो । सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ७४ रन बनाएको थियो ।
उक्त विजयी लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८ रन बनाएको थियो । अष्ट्रेलियाको जितमा आरोन फिन्चले १ सय १४ र स्टिभ स्मिथले १ सय ५ रनको शतकीय इनिङ खेल्दा बलिङमा स्पिनर एडम जाम्पाले ४ र जोश हेजलवुडले तीन विकेट लिएका थिए ।
तीन खेलको ओडिआई सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । दोस्रो खेल सिड्नीमा आइतबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]