5 years ago
December 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्तगर्त प्रदेश नम्बर २ छनोटको समूह ‘ए’ को खेलमा महोत्तरीले लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगिता दोस्रो दिन महोत्तरीले सिराहलाई ५५ रनले पराजित गर्दै सेमिफाइनल यात्रा सहज बनाएको छ ।

जितका लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको सिराह ३६ ओभर १ सय १ रनमा अल आउट भयो । सिराहका सुमन गतराज २०, अभिनव यादव ८, राकेश कामत ५, अशोक यादव ९, प्रदीप प्रन्डित ७ रनमा आउट भए । दीलिप यादव १३ रनमा अविजित रहे । रुपेश सिंह २३ र मनोज यादव ६ रनमा आउट भए । महोत्तरीका पुरज ढुंगेलले ८ ओभरमा १ मेडन राख्दै २६ रन खर्चेर ४ विकेट लिए । अरुण ठाकुरले २, निसान राउत ३ र राहुल प्रताव सिंहले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको महोत्तरी ४१.५ ओभरमा १ सय ५६ रनमा अल आउट भएको थियो । महोत्तरीका रवि सिंहले ७० बलमा ८ चौका सहित सर्वाधिक ५७ रनको योगदान दिए । कप्तान राहुल प्रताप सिंहले ६९ बलमा ३ चौका सहित ३० रनको योगदान दिए । ओपनर अविनाश अधिकारी १९ र राज कुमार साहनी १३ रनमा आउट भए । अन्यले राम्रो प्रर्दशन गर्न सकेन् । महोत्तरीले अतिरिक्त २४ रन पाएको थियो ।
सिराहका पार्थिव यादवले ७.५ ओभरमा २८ रन खर्चेर ५ विकेट लिए । टोली पराजित भएपनि पार्थिव ‘म्यान अफ द म्याच’ चुनिए । रुपेश सिंह र प्रदीप पासवानले २-२ विकेट लिए । दीलिप यादवको नाममा एक विकेट रह्यो ।
महोत्तरीले पहिलो खेलमा धनुषालाई ७ विकेटले हराएको थियो । प्रधानमत्री कपको लागि प्रदेश २ को छनोटमा बिहिबार देखी पुष ५ सम्म आठ टोलीले दुई समूहमा प्रतिस्पर्धा गर्ने छन् । समूह ‘ए’ मा धनुषा, महोत्तरी, सिराह र सप्तरी छन् । समूह ‘बी’ मा सर्लाही, पर्सा, बारा र रौतहट छन् । समूह चरणमा सबै टोलीले एक अर्का टोलीबीच खेल्ने छन् ।
समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल खेल्ने छन् । यस प्रतियोगिताको प्रर्दशनलाई आधार मान्दै पुष दोस्रो साता देखि काठमाडौंमा सुरु हुने प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय कपको लागि प्रदेश २ ले आफ्नो टोली घोषणा गर्ने छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]